Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

कपिलवस्तुमा रहेको शाक्यहरूको गणराज्य

  • Bikash Shrestha
  • June 11, 2025
  • 583

कपिलवस्तुमा रहेको शाक्यहरूको गणराज्य

The Republic of the Shakyas in Kapilvastu

कपिलवस्तुमा रहेको शाक्यहरूको गणराज्य
कपिलवस्तु जिल्लामा अवस्थित ‘तिलौराकोट’ नामक स्थान प्राचीन शाक्यहरूको राजधानी रहेको ठानिन्छ। विभिन्न प्राप्त ऐतिहासिक प्रमाणका आधारमा तिलौराकोट नै शाक्य वंशको प्राचीन कपिलवस्तु नगरी थियो।

प्राचीन गणराज्यहरूमध्ये शाक्यहरूको राज्य विशेष रूपमा चर्चित थियो, किनभने यसै स्थानमा कनकमुनी, सिद्धार्थ गौतम (महात्मा बुद्ध) लगायतका बुद्धहरूको जन्म भएको थियो। सिद्धार्थ गौतमलाई नै बुद्ध धर्म प्रवर्तक महापुरुषको रूपमा चिनिन्छ।

त्यो समयको कपिलवस्तु शहर पञ्चभुजाकार दुर्गाका रूपमा बसाइएको थियो। व्यापारिक मार्गको रूपमा प्रयोग हुने एक प्रमुख राजमार्ग उत्तरतिरको श्रावस्तीदेखि दक्षिणपूर्वतिरको राजगिरिसम्म फैलिएको थियो, जुन कपिलवस्तु राज्यभित्रबाट पनि गुज्रन्थ्यो।

शाक्यहरूको कपिलवस्तु राज्य एक गणराज्य थियो, जहाँ शासन व्यवस्था प्राचीन उत्तर भारतीय गणराज्यहरूको जस्तै थियो। शासन सञ्चालनका लागि दुई मुख्य निकायहरू थिए:

  1. साधारण सभा – यो राज्यको कार्यकारी सभाको रूपमा काम गथ्र्यो।

  2. भारदारी सभा – यो पनि शासनमा संलग्न महत्वपूर्ण निकाय थियो।

कार्यकारी सभाका प्रमुख व्यक्तिलाई 'राजा' भनिन्थ्यो। सिद्धार्थ गौतम बुद्धको जन्मताका कार्यकारी सभाका प्रमुख शुद्धोधन थिए। शुद्धोधनपछि, कार्यकारी सभाको नेतृत्व तथा राज्य प्रमुखका रूपमा महानामलाई निर्वाचित गरिएको थियो।

कपिलवस्तु राज्यको पछिल्लो कालमा कोशल राज्यका राजाको आक्रमणका कारण पतन भएको इतिहासमा उल्लेख छ।

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1197
  • Vacancy 1
  • Past Questions 155
  • Nepal Police 10

Latest Blogs

Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 141
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 54
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 192
Ballon d'Or 2026
Current Affairs

बैलन डी'ओर, २०२६

  • Oct 27, 2026
  • 171
Best Bank Award, 2026
Current Affairs

बेष्ट बैंक अवार्ड, २०२६

  • Oct 26, 2026
  • 192
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA