Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

वि.सं. २०८२ का प्रमुख राजनीतिक घटनाक्रमको तालिका

  • Ajnabee Khadka
  • May 03, 2026
  • 33

वि.सं. २०८२ का प्रमुख राजनीतिक घटनाक्रमको तालिका

Table of major political events of 2082
मिति (वि.सं.)
राजनीतिक/प्रशासनिक घटनाक्रम
विवरण
वैशाख ८
उच्चस्तरीय सुशासन आयोग गठन
  • मुलुकमा सुशासन प्रवर्द्धन गर्ने, कार्यक्षेत्र निर्धारण गर्ने र प्राथमिकताका आधारमा सुशासनका कार्यसूचीहरू अगाडि बढाउने उदेश्यका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा १५ सदस्यीय 'उच्चस्तरीय सुशासन आयोग' गठन गर्ने निर्णय गरेको,
  • यस आयोगमा निजी क्षेत्रको समेत प्रतिनिधित्व रहने व्यवस्था गरिएको,
वैशाख १९
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
  • राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सङ्घीय संसद्को संयुक्त बैठकमा आ.व. २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत,
जेठ ६
राष्ट्र बैंकको १८ औँ गभर्नर नियुक्त
  • अर्थशास्त्री डा. विश्व पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औँ गभर्नरमा नियुक्त,
जेठ १५
आ.व. २०८२/०८३ को बजेट प्रस्तुत
  • उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ (सन् २०२५/२६) को पूर्ण बजेट २०८२ जेठ १५ गते (सन् २०२५ मे २९) संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेका,
  • यस बजेटलाई प्रतिनिधि सभाले २०८२ असार १० गते बहुमतले पारित गरेको,
असार १५
सङ्घीय निजामती सेवा विधेयक पारित
  • २०८२ असार १५ गते प्रतिनिधि सभाले सङ्घीय निजामती सेवा विधेयक बहुमतले पारित गरेको,
  • असार १५ मा पारित भएको यस विधेयकमा अवकाश उमेर ६० वर्ष र अवकाशपछि दुई वर्षसम्म कुनै पनि संवैधानिक वा कूटनीतिक नियुक्ति लिन नपाउने (कूलिङ पिरियड) प्रावधान राखिएको,
  • अवकाश उमेर: ६० वर्ष (चरणबद्ध रूपमा लागू हुने)
  • प्रवेश उमेर: पुरुषका लागि ३२, महिलाका लागि ३५ र अपाङ्गता भएका व्यक्तिका लागि ३९ वर्ष
  • नयाँ संरचना: अतिरिक्त सचिव (१३ औँ तह) को नयाँ पद प्रस्ताव गरिएको छ
भदौ २३
जेनजी (Gen-Z) आन्दोलन र परिवर्तन
  • भ्रष्टाचार विरोध र सामाजिक सञ्जाल प्रतिबन्ध विरुद्ध भदौ २३ मा 'जेनजी (GenZ)' पुस्ताले सशक्त आन्दोलन गरेका; गृहमन्त्री रमेश लेखकद्वारा राजिनामा,
भदौ २४
प्रधानमन्त्रीको राजीनामा
  • आन्दोलनको दबाबका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका,
भदौ २७
पहिलो महिला प्रधानमन्त्रीको नियुक्ति
  • सुशीला कार्की नेपालको इतिहासमा पहिलो महिला प्रधानमन्त्री (अन्तरिम) नियुक्त,
भदौ २९
पहिलो महिला महान्यायाधिवक्ता
  • सविता भण्डारी नेपालको पहिलो महिला महान्यायाधिवक्ता पदमा नियुक्त,
असोज ५
न्यायिक जाँचबुझ आयोग गठन
  • जेनजी आन्दोलनका घटना अनुसन्धान गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय आयोग गठन,
कात्तिक १७
आन्दोलनका मृतकलाई सहिद घोषणा
  • जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा गर्ने सरकारको निर्णय,
कात्तिक १९
वामपन्थी पार्टीबीच एकता
  • माओवादी केन्द्र र एकीकृत समाजवादी लगायत १० पार्टीबीच एकता भई 'नेपाली कम्युनिस्ट पार्टी' घोषणा,
मङ्सिर ८
मुख्य सचिव नियुक्ति
  • सुमनराज अर्याल नेपालको २९ औँ मुख्य सचिवमा नियुक्त,
मङ्सिर ११
'चुच्चे नक्सा' सहितको नोट
  • नेपालको नयाँ राजनीतिक नक्सा (चुच्चे नक्सा) अंकित रु. १०० दरका नयाँ नोटहरू औपचारिक रूपमा प्रचलनमा ल्याएको,
मङ्सिर १९
मधेश प्रदेशको नयाँ मुख्यमन्त्री
  • नेपाली कांग्रेसका कृष्णप्रसाद यादव मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त,
माघ ११
राष्ट्रिय सभा सदस्य निर्वाचन
  • राष्ट्रिय सभाका सदस्यहरूको रिक्त पदका लागि निर्वाचन सम्पन्न,
माघ १३
बीमा प्राधिकरण अध्यक्ष
  • मन्त्रिपरिषद् बैठक मार्फत चन्द्रकला पौडेललाई नेपाल बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको,
  • चन्द्रकला पौडेल बीमा प्राधिकरणको इतिहासमा पहिलो महिला अध्यक्ष बनेकी,
फागुन २१
प्रतिनिधि सभा निर्वाचन २०८२
  • आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १८२ सिटसहित दुई-तिहाइ बहुमत प्राप्त गरेको,
फागुन २४
जाँचबुझ आयोगको प्रतिवेदन पेस
  • गौरीबहादुर कार्कीको आयोगले भाद्रको आन्दोलन सम्बन्धी प्रतिवेदन सरकारलाई बुझाएको,
चैत १३
नयाँ प्रधानमन्त्रीको नियुक्ति
  • बालेन्द्र शाह नेपालको ४३ औँ प्रधानमन्त्रीका रूपमा नियुक्त र शपथ ग्रहण,
चैत २२
सभामुख नियुक्ति
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति समेत रहेका डोलप्रसाद (डिपी) अर्याललाई नयाँ सभामुखका रूपमा चयन गरिएको,
चैत २६
उपसभामुखको निर्वाचन
  • रुबी कुमारी ठाकुर नेपालको इतिहासकै कान्छी र पहिलो मधेसी महिला उपसभामुख निर्वाचित,
चैत २७
नयाँ मन्त्रीमण्डल गठन
  • प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १६ सदस्यीय नयाँ मन्त्रीमण्डल विस्तार,

 

Categories

  • Current Affairs 588
  • Gorkhapatra 302
  • Others 969
  • Vacancy 1
  • Past Questions 70

Latest Blogs

Open Competitive Written Examination for the Post of Nayab Subba or Similar Post (Date: 2083/1/20)
Past Questions

नायब सुब्बा वा सो सरह पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (मिति: २०८३/१/२०)

  • May 03, 2026
  • 40
Table of major political events of 2082
Current Affairs

वि.सं. २०८२ का प्रमुख राजनीतिक घटनाक्रमको तालिका

  • May 03, 2026
  • 32
Detailed description of various aspects of Nepal's economy according to the Economic Survey 2081/82
Others

आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार नेपालको अर्थतन्त्रका विभिन्न पक्षहरूको विस्तृत विवरण

  • May 03, 2026
  • 94
World Press Freedom Day, 2026
Current Affairs

विश्व प्रेस स्वतन्त्रता दिवस, २०२६

  • May 03, 2026
  • 64
Proposed new names for some federal government ministries
Current Affairs

संघीय सरकारका केही मन्त्रालयहरूको प्रस्तावित नयाँ नामाकरण

  • May 02, 2026
  • 122
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA