Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

सिम्रौनगढको कर्णाटक राज्य

  • Bikash Shrestha
  • September 24, 2025
  • 500

सिम्रौनगढको कर्णाटक राज्य

सिम्रौनगढको कर्णाटक राज्य

सिम्रौनगढ मधेश प्रदेशको हालको बारा जिल्लामा पर्दछ। यसको पुरानो नाम सिमरा–वनगढ थियो। त्यस समयमा ठूला बस्तीहरूलाई सुरक्षा गर्ने उद्देश्यले गढ (किल्ला)को रूपमा विकास गरिन्थ्यो। यस्ता किल्लाहरू जंगलको बीचमै समेत बनाइन्थे। जंगलभित्र बनेको गढलाई वनगढ वा वनदुर्ग भनिन्थ्यो। सिमराको वनमा बनेको गढका कारण यो ठाउँलाई सिमरा–वनगढ भनियो, जसको अपभ्रंश भएर पछि सिम्रौनगढ नाम प्रचलनमा आयो । सिम्रौनगढ वरपरको सम्पूर्ण क्षेत्रलाई त्यतिबेला तिरहुते नामले चिनिन्थ्यो। तर काठमाडौ उपत्यकाका तत्कालीन अभिलेखहरूमा भने यस क्षेत्रलाई डोय राज्य भनिएको पाइन्छ। “डोय” शब्दको अर्थ तल्लो जातका मानिसहरूको बस्ती भन्ने बुझिन्छ । पश्चिमतर्फ खस राज्य स्थापना भएको बेलामा नै दक्षिण र पूर्वी तराईतर्फ कर्णाटक वंशको तिरहुते राज्य खडा भएको देखिन्छ । यसको राजधानी सिम्रौनगढ (सिमरा–वनगढ) नै थियो। कर्णाटक वंशका शासक नान्यदेवले वि.सं. ११५४ (इ.सं. १०९७) मा यो राज्य स्थापना गरेका थिए। यो राज्य करिब २२९ वर्ष टिक्यो र इ.सं. १३२६ मा अन्त्य भयो। यस राज्यका प्रमुख शासकहरू नान्यदेव हरिसिंहदेव थिए ।

नान्यदेव र कर्णाटक वंश

नान्यदेव दक्षिण भारतको कर्णाटक क्षेत्रका बासिन्दा थिए। उनी चालुक्य शासक विक्रमादित्य छैटौंका सेनापति थिए। विक्रमादित्यले उत्तर भारततर्फ विजय अभियान चलाउँदा नान्यदेव पनि यसतर्फ आएका थिए। पछि उनले सिम्रौनगढलाई केन्द्र बनाएर यहाँ राज्य स्थापना गरे । नान्यदेवपछि गङ्गादेव, नरसिंहदेव, रामसिंहदेव, शक्तिसिंहदेव, भूपालसिंहदेव र अन्तिम शासक हरिसिंहदेवले शासन गरे। हरिसिंहदेवको शासनकालमा दिल्लीका सुलतान गयासुद्दिन तुग्लकले आक्रमण गरी यो राज्य ध्वस्त पारे ।

तुलजा भवानी र उपत्यकामा कर्णाटकको प्रभाव

उपत्यकाका मल्ल राजाहरूले पूजा गर्ने कुलदेवी तुलजा भवानी वास्तवमा कर्णाटक राजाहरूको कुलदेवी हुन्। हरिसिंहदेवकी रानी देवलदेवी जब शरणार्थी भएर उपत्यकामा आइन्, उनले तुलजा भवानीको कलश पनि सँगै ल्याएकी थिइन्। त्यसपछि उपत्यकामा पनि तुलजा भवानीको पूजा सुरु भयो । हरिसिंहदेवको मृत्यु दोलखामा भएको समयमा उपत्यकामा रुद्रमल्ल र अरिमल्लको संयुक्त शासन थियो। अरिमल्ल नाम मात्रका शासक थिए भने वास्तविक शासन रुद्रमल्लले गर्थे। उनले देवलदेवी र उनका छोरा जगतसिंहलाई दरबारमा शरण दिए । देवलदेवीले ल्याएको तुलजा भवानीको कलश दरबारमै स्थापना गरियो, र पछि नेपालका शासकहरू पनि तुलजाका उपासक बने । देवलदेवीका छोरा कुमार जगतसिंहको विवाह मल्ल राजकुमारी नायकदेवीसँग भयो। यस जोडीबाट राजल्लदेवी जन्मिइन्, जससँग जयस्थिति मल्लको विवाह भएको थियो ।

Categories

  • Current Affairs 724
  • Gorkhapatra 327
  • Others 1123
  • Vacancy 1
  • Past Questions 108
  • Nepal Police 8

Latest Blogs

Asia
Others

एसिया महादेश

  • Jul 28, 2026
  • 94
World Hepatitis Day, 2026
Current Affairs

विश्व हेपाटाइटिस दिवस, २०२६

  • Jul 28, 2026
  • 77
Major grasslands of the world and their locations
Others

विश्वका प्रमुख घाँसेमैदानहरू र अवस्थिति

  • Jul 27, 2026
  • 61
Gandaki Province, 5th Level Sub-Engineer (Civil/Sanitary/Irrigation) - 2083/03/29
Past Questions

गण्डकी प्रदेश, ५औँ तह सब-इन्जिनियर (सिभिल/स्यानिटरी/इरिगेशन) - २०८३/०३/२९

  • Jul 27, 2026
  • 110
Gandaki Province, Sub-Engineer (B.Arch) Examination - 2083/04/04
Past Questions

गण्डकी प्रदेश, सब-इन्जिनियर (B.Arch) परीक्षा - २०८३/०४/०४

  • Jul 27, 2026
  • 51
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA