Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

रेल यातायात

  • Bikash Shrestha
  • August 13, 2025
  • 710

रेल यातायात

Rail transport

 

सामाजिक तथा आर्थिक विकास, सामाजिक समायोजन, सेवा विस्तार र पहुँचका साथै देशको समग्र आर्थिक समुन्नतिको अभिन्न अङ्गका रूपमा रेल्वे क्षेत्रको पहिचान भएको छ। विगतमा यसलाई कम प्राथमिकतामा राखी नगण्य सुविधा प्रदान गरिएको भए पनि हाल यसको महत्त्व स्पष्ट रूपमा पहिचान गरिएको छ।

अब पूर्व (मेची) देखि पश्चिम (महाकाली) सम्म, काठमाडौं–पोखरा–तराई, भारत सीमासँग जोडिएका महत्वपूर्ण औद्योगिक तथा व्यापारिक सहर र क्षेत्रहरूमा रेल सेवा सञ्चालन गर्ने, चीन (तिब्बत) बाट काठमाडौंसम्म रेल सेवा निर्माण तथा विस्तार गर्ने, साथै खस्कँदो अवस्थामा रहेको जनकपुर–जयनगर रेल सेवाको सुदृढीकरण गर्ने कार्यलाई अघि बढाउने स्पष्ट योजना बनेको छ।

नेपालमा रेलको इतिहास सन् १९२३ बाट सुरु हुन्छ, जब तत्कालीन राणा प्रधानमन्त्रीले वन विभागको प्रशासनिक व्यवस्था गर्न भारतको वन सेवाका जे.भी. कोलियरलाई लिएर, नेपाली काठ भारतमा ढुवानी गर्नका लागि कुसहा–अमलेखगन्ज रेलमार्ग निर्माण गराएका थिए। ब्रिटिशहरूले सन् १९२७ मा २ फिट ६ इन्च (७६२ मि.मि.) गेजको यो पहिलो रेलमार्ग ब्रिटिश भारतको रक्सौलदेखि नेपालको अमलेखगन्जसम्म जडान गरेका थिए। त्यसपछि सन् १९३७ मा ब्रिटिशहरूले जनकपुरदेखि जयनगरसम्म दोस्रो रेलमार्ग निर्माण गरे।

आर्थिक सर्वेक्षण २०८०/०८१ अनुसार, पूर्व–पश्चिम विद्युतीय रेलमार्ग अन्तर्गत बर्दिवास–निजगढ खण्डमा २०८० फागुनसम्म ६३ किलोमिटर ट्र्याकबेड र १३ रेल्वे पुल निर्माण सम्पन्न भएको छ। अन्तर्देशीय रेलमार्ग अन्तर्गत जयनगर–जनकपुर–बिजलपुरा ५२ किलोमिटरमा रेल सेवा सञ्चालन भइसकेको छ। त्यस्तै, जोगबनीदेखि विराटनगरसम्म १० किलोमिटर रेलमार्ग निर्माण भई, हाल भारतको बथनाहाबाट नेपालको विराटनगर कस्टम यार्डसम्म कार्गो रेल सञ्चालन भइरहेको छ।

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1197
  • Vacancy 1
  • Past Questions 155
  • Nepal Police 10

Latest Blogs

Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 129
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 42
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 183
Ballon d'Or 2026
Current Affairs

बैलन डी'ओर, २०२६

  • Oct 27, 2026
  • 159
Best Bank Award, 2026
Current Affairs

बेष्ट बैंक अवार्ड, २०२६

  • Oct 26, 2026
  • 178
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA