Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

प्रधानमन्त्री बालेन्द्र शाह र उनको मन्त्रिपरिषद् (२०८२)

  • Ajnabee Khadka
  • March 30, 2026
  • 2015

प्रधानमन्त्री बालेन्द्र शाह र उनको मन्त्रिपरिषद् (२०८२)

Prime Minister Balendra Shah and his Council of Ministers (2082)
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ट नेता तथा काठमाडौँ महानगरपालिका पूर्व मेयर बालेन्द्र शाह (बालेन) ले वि.सं. २०८२ चैत्र १३ (२७ मार्च २०२६) मा नेपालको ४०औँ प्रधानमन्त्रीका रूपमा शपथ लिनुभएको,
  • झापा-५ मा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गर्दै बालेन्द्र शाह (बालेन) प्रतिनिधिसभामा निर्वाचित भएका,
  • वि.सं.२०८२ सालको भदौ २३ र २४ मा भएको "जेन-जी" (Gen Z) आन्दोलन र त्यसपछिको राजनीतिक परिवर्तनपछि, वि.सं. २०८२ फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा बालेन्द्र शाह आबद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बहुमत (१८२ सिट) हासिल गरेसँगै नेपालको संविधानको धारा ७६ को उपधारा १ बमोजिम, राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त गर्ने संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको,
  • नेपालको संविधान (२०७२) जारी भएपश्चात् पहिलो पटक धारा ७६ (१) अनुसार प्रधानमन्त्री बन्ने पहिलो व्यक्तित्व,
  • वि.सं. २०८२ चैत्र १४ (२७ मार्च २०२६) मा समयअनुसार १२:३४ बजे शीतल निवासमा नेपालको संविधानको धारा ८० को व्यवस्था बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको,  
  • शपथग्रहण समारोहको आरम्भमा शङ्खनाद गरिएको थियो भने १०८ बटुकहरूले स्वस्तिवाचन र १०८ बौद्ध लामाहरूले मङ्गलपाठ गरेका,
  • बालेन्द्र शाह व्यक्तिका आधारमा, कार्यकालका आधारमा, निर्वाचित कार्यकालको आधारमा र नेपालको संविधान (२०७२) को आधारमा क्रमशः ४० औँ, ७० औँ, ४७ औँ र ६ औँ प्रधानमन्त्री,
  • वि.सं. २०४६ मा नेपालमा बहुदलीय व्यवस्था पुर्नस्थापित भएपछि सरकारको नेतृत्व गर्ने १५औँ व्यक्ति,
  • ३६ वर्षीय बालेन्द्र शाह (बालेन) नेपालको बहुदलीय प्रजातान्त्रिक इतिहासमा निर्वाचित कार्यकारी प्रमुख हुने सबैभन्दा कान्छा व्यक्तित्व,

प्रधानमन्त्री बालेन्द्र शाह र उनको १४ सद्सीय मन्त्रपरिषद् (२०८२):

  • नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्री नियुक्त भएपछि बालेन्द्र शाह (बालेन) को सिफारिसमा राष्ट्रपतिले समावेशी सिद्धान्त बमोजिम प्रधानमन्त्री सहित बढीमा २५ जना मन्त्री रहेको मन्त्रपरिषद् गठन गर्ने व्यवस्था रहेको,
  • सोही व्यवस्था अनुसार बालेन्द्र शाहले १४ सदस्यीय मन्त्रपरिषद् गठन गर्नुभएको,
मन्त्रालय मन्त्री
प्रधानमन्त्री (तथा रक्षा र उद्योग मन्त्रालय) बालेन्द्र शाह
अर्थ मन्त्रालय डा. स्वर्णिम वाग्ले
गृह मन्त्रालय सुदन गुरुङ
परराष्ट्र मन्त्रालय शिशिर खनाल
कानुन, न्याय तथा संसदीय मामिला सोबिता गौतम
ऊर्जा, जलस्रोत तथा सिँचाइ विराज भक्त श्रेष्ठ
शिक्षा, विज्ञान तथा प्रविधि (र युवा तथा खेलकुद) सस्मित पोखरेल
भौतिक पूर्वाधार, यातायात तथा सहरी विकास सुनील लम्साल
स्वास्थ्य तथा जनसंख्या (र खानेपानी) निशा मेहता
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन खड्ग राज (गणेश) पौडेल
सञ्चार तथा सूचना प्रविधि विक्रम तिमिल्सिना
संघीय मामिला, सामान्य प्रशासन तथा भूमिसुधार प्रतिभा रावल
कृषि, पशुपन्छी, वन तथा वातावरण गीता चौधरी
श्रम, रोजगार तथा सामाजिक सुरक्षा दीपक कुमार साह
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सीता बादी

 

Categories

  • Current Affairs 804
  • Gorkhapatra 345
  • Others 1189
  • Vacancy 1
  • Past Questions 149
  • Nepal Police 9

Latest Blogs

National Day Collection (2083, Vaisakh-Asoj)
Current Affairs

राष्ट्रिय दिवस सङ्गालो (वि.सं. २०८३ वैशाख–असोज)

  • Sep 24, 2026
  • 67
Kavidanda National Short Story Award-2082
Current Affairs

कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार-२०८२

  • Sep 24, 2026
  • 202
Nepal Rastra Bank issues Rs. 1,000 note with new features
Current Affairs

नेपाल राष्ट्र बैंकद्वारा नयाँ विशेषतासहितको रु. १,००० को नोट जारी

  • Sep 24, 2026
  • 218
International Sign Language Day, 2026
Current Affairs

अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस, २०२६

  • Sep 23, 2026
  • 95
The number of countries with which Nepal has established diplomatic relations has reached 186
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८६ पुगेको

  • Sep 23, 2026
  • 133
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA