Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३

  • Ajnabee Khadka
  • May 07, 2026
  • 526

सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३

Prevention of Money Laundering (Third Amendment) Ordinance, 2083
अध्यादेशको आधारभूत तथ्यपत्र
  • अध्यादेशको नाम: सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३
  • नेपाल राजपत्रमा प्रकाशित मिति: २०८३/०१/१८
  • अध्यादेश नम्बर: संवत् २०८३ सालको अध्यादेश नं. ०३
  • जारी गर्ने अधिकारी: मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति
  • संवैधानिक आधार: नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम
  • संशोधन गरिएको मूल ऐन: सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४
मुख्य संशोधन तथा व्यवस्थाहरू:
  • क्षेत्राधिकार र सूचनाको दायरा (दफा १३): तस्करी (भन्सार, अन्तःशुल्क र कर सहित), प्रत्यक्ष वा अप्रत्यक्ष कर, धितोपत्र वा कमोडिटिज बजारको मार्केट म्यानिपुलेसन वा इन्साइडर ट्रेडिङ, मुद्रा, बैंकिङ, वित्तीय, विदेशी विनिमय र बीमा सम्बन्धी कसूरहरूसँग सम्बन्धित सम्पत्ति शुद्धीकरणको सूचना विभागमा दिनुपर्ने व्यवस्था गरिएको,
  • सरकारी वकील र अदालत सम्बन्धी व्यवस्था (दफा २२):
    • विभागको अनुसन्धानको हकमा नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोकेको सरकारी वकील कार्यालयले मुद्दा हेर्ने,
    • विभागले गरेको अनुसन्धानबाट मुद्दा चल्ने देखिएमा सरकारी वकीलले विशेष अदालतमा मुद्दा दायर गर्ने,
  • अभियोजन सम्बन्धी स्पष्टता (दफा २९): विभागले अनुसन्धान गर्दा आफ्नो क्षेत्राधिकारको कुनै सम्बद्ध कसूरमा मुद्दा नचलेको अवस्थामा पनि सो कसूरको समेत मागदावी लिई अभियोजनको राय प्रस्ताव गर्न बाधा नपर्ने व्यवस्था थप गरिएको,

Categories

  • Current Affairs 804
  • Gorkhapatra 345
  • Others 1189
  • Vacancy 1
  • Past Questions 149
  • Nepal Police 9

Latest Blogs

National Day Collection (2083, Vaisakh-Asoj)
Current Affairs

राष्ट्रिय दिवस सङ्गालो (वि.सं. २०८३ वैशाख–असोज)

  • Sep 24, 2026
  • 68
Kavidanda National Short Story Award-2082
Current Affairs

कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार-२०८२

  • Sep 24, 2026
  • 214
Nepal Rastra Bank issues Rs. 1,000 note with new features
Current Affairs

नेपाल राष्ट्र बैंकद्वारा नयाँ विशेषतासहितको रु. १,००० को नोट जारी

  • Sep 24, 2026
  • 227
International Sign Language Day, 2026
Current Affairs

अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस, २०२६

  • Sep 23, 2026
  • 95
The number of countries with which Nepal has established diplomatic relations has reached 186
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८६ पुगेको

  • Sep 23, 2026
  • 133
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA