Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालको जनसङ्ख्या

  • Bikash Shrestha
  • September 10, 2025
  • 2623

नेपालको जनसङ्ख्या

Population of Nepal

 

नेपालमा वि.सं. १९६८ (सन् १९११) देखि जनगणना सुरु भएको हो। त्यसपछि लगभग प्रत्येक १०–१० वर्षको अन्तरालमा नियमित रूपमा जनगणना सञ्चालन हुँदै आएको छ। वि.सं. १९९८ सम्मका जनगणनाहरू सामान्य व्यक्तिगणनामा सीमित थिए। तर, वि.सं. २००९–२०११ (सन् १९५२/५४) देखि अन्तर्राष्ट्रिय रूपमा तुलनायोग्य वैज्ञानिक जनगणना गर्न थालियो।

यस क्रममा, वि.सं. २०६८ को राष्ट्रिय जनगणना नेपालको एघारौँ जनगणना तथा १०० वर्षको जनगणनाको इतिहाससँग सम्बन्धित महत्त्वपूर्ण घटना हो। प्रत्येक वर्ष असार ८ गतेलाई "जनगणना दिवस" मानिन्छ।

वि.सं. २०७८ को राष्ट्रिय जनगणनामा नयाँ नक्साअनुसार सम्पूर्ण भूभाग समेटिएको छ। यसअनुसार नेपालको जनसङ्ख्या २,९१,६४,५७८ पुगेको छ, जुन वि.सं. २०६८ को जनसङ्ख्या २,६४,९४,५०४ भन्दा २६,७०,०७४ ले बढी हो। यसरी १० वर्षमा जनसङ्ख्या १०.०८% ले वृद्धि भएको देखिन्छ। यो अवधिमा वार्षिक औसत वृद्धिदर ०.९२% रहेको छ, जुन अघिल्लो जनगणनामा १.३५% थियो।

२०७८ को जनगणनामा कुल जनसङ्ख्यामध्ये १,४२,५३,५५१ पुरुष (४८.८७%) र १,४९,११,०२७ महिला (५१.१३%) रहेका छन्। वि.सं. २०६८ को जनगणनामा भने पुरुष ४८.५% र महिला ५१.५% थिए। हालको नतिजाअनुसार लैङ्गिक अनुपात (प्रति १०० महिलामा पुरुषको सङ्ख्या) ९५.५९ पुगेको छ, जुन अघिल्लो जनगणनामा ९४.१६ मात्र थियो।

भौगोलिक आधारमा जनसङ्ख्याको वितरण हेर्दा—

  • तराई क्षेत्रमा २०६८ मा ५०.२७% जनसङ्ख्या थियो, जुन २०७८ मा बढेर ५३.६१% पुगेको छ।

  • हिमाली क्षेत्रमा २०६८ मा ६.७३% थियो, जुन घटेर ६.०८% भएको छ।

  • पहाडी क्षेत्रमा २०६८ मा ४३.०१% थियो, जुन घटेर ४०.३१% पुगेको छ।

लैङ्गिक अनुपातको हिसाबले २०६८ मा हिमाल, पहाड र तराईमा क्रमशः ९४, ९१ र ९७ थियो। २०७८ सम्म आइपुग्दा यो बढेर क्रमशः ९७.२८, ९४.६५ र ९६.११ भएको छ।

वार्षिक जनसङ्ख्या वृद्धिदर क्षेत्रगत रूपमा हेर्दा—

  • हिमाली क्षेत्रमा –०.०५% (ऋणात्मक वृद्धि),

  • पहाडी क्षेत्रमा ०.३०% (सामान्य वृद्धि),

  • तराई क्षेत्रमा १.५४% (उच्च वृद्धि) देखिन्छ।

यसैगरी, जनसङ्ख्याको वृद्धिदर, भौगोलिक, क्षेत्रगत तथा जिल्लागत विवरण, ग्रामीण र शहरी जनसङ्ख्याको अवस्था सम्बन्धी जानकारी विभिन्न तालिकामा प्रस्तुत गरिएको छ।

Categories

  • Current Affairs 724
  • Gorkhapatra 327
  • Others 1123
  • Vacancy 1
  • Past Questions 108
  • Nepal Police 8

Latest Blogs

Asia
Others

एसिया महादेश

  • Jul 28, 2026
  • 98
World Hepatitis Day, 2026
Current Affairs

विश्व हेपाटाइटिस दिवस, २०२६

  • Jul 28, 2026
  • 78
Major grasslands of the world and their locations
Others

विश्वका प्रमुख घाँसेमैदानहरू र अवस्थिति

  • Jul 27, 2026
  • 61
Gandaki Province, 5th Level Sub-Engineer (Civil/Sanitary/Irrigation) - 2083/03/29
Past Questions

गण्डकी प्रदेश, ५औँ तह सब-इन्जिनियर (सिभिल/स्यानिटरी/इरिगेशन) - २०८३/०३/२९

  • Jul 27, 2026
  • 110
Gandaki Province, Sub-Engineer (B.Arch) Examination - 2083/04/04
Past Questions

गण्डकी प्रदेश, सब-इन्जिनियर (B.Arch) परीक्षा - २०८३/०४/०४

  • Jul 27, 2026
  • 51
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA