Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालको जनसङ्ख्या

  • Bikash Shrestha
  • September 10, 2025
  • 3009

नेपालको जनसङ्ख्या

Population of Nepal

 

नेपालमा वि.सं. १९६८ (सन् १९११) देखि जनगणना सुरु भएको हो। त्यसपछि लगभग प्रत्येक १०–१० वर्षको अन्तरालमा नियमित रूपमा जनगणना सञ्चालन हुँदै आएको छ। वि.सं. १९९८ सम्मका जनगणनाहरू सामान्य व्यक्तिगणनामा सीमित थिए। तर, वि.सं. २००९–२०११ (सन् १९५२/५४) देखि अन्तर्राष्ट्रिय रूपमा तुलनायोग्य वैज्ञानिक जनगणना गर्न थालियो।

यस क्रममा, वि.सं. २०६८ को राष्ट्रिय जनगणना नेपालको एघारौँ जनगणना तथा १०० वर्षको जनगणनाको इतिहाससँग सम्बन्धित महत्त्वपूर्ण घटना हो। प्रत्येक वर्ष असार ८ गतेलाई "जनगणना दिवस" मानिन्छ।

वि.सं. २०७८ को राष्ट्रिय जनगणनामा नयाँ नक्साअनुसार सम्पूर्ण भूभाग समेटिएको छ। यसअनुसार नेपालको जनसङ्ख्या २,९१,६४,५७८ पुगेको छ, जुन वि.सं. २०६८ को जनसङ्ख्या २,६४,९४,५०४ भन्दा २६,७०,०७४ ले बढी हो। यसरी १० वर्षमा जनसङ्ख्या १०.०८% ले वृद्धि भएको देखिन्छ। यो अवधिमा वार्षिक औसत वृद्धिदर ०.९२% रहेको छ, जुन अघिल्लो जनगणनामा १.३५% थियो।

२०७८ को जनगणनामा कुल जनसङ्ख्यामध्ये १,४२,५३,५५१ पुरुष (४८.८७%) र १,४९,११,०२७ महिला (५१.१३%) रहेका छन्। वि.सं. २०६८ को जनगणनामा भने पुरुष ४८.५% र महिला ५१.५% थिए। हालको नतिजाअनुसार लैङ्गिक अनुपात (प्रति १०० महिलामा पुरुषको सङ्ख्या) ९५.५९ पुगेको छ, जुन अघिल्लो जनगणनामा ९४.१६ मात्र थियो।

भौगोलिक आधारमा जनसङ्ख्याको वितरण हेर्दा—

  • तराई क्षेत्रमा २०६८ मा ५०.२७% जनसङ्ख्या थियो, जुन २०७८ मा बढेर ५३.६१% पुगेको छ।

  • हिमाली क्षेत्रमा २०६८ मा ६.७३% थियो, जुन घटेर ६.०८% भएको छ।

  • पहाडी क्षेत्रमा २०६८ मा ४३.०१% थियो, जुन घटेर ४०.३१% पुगेको छ।

लैङ्गिक अनुपातको हिसाबले २०६८ मा हिमाल, पहाड र तराईमा क्रमशः ९४, ९१ र ९७ थियो। २०७८ सम्म आइपुग्दा यो बढेर क्रमशः ९७.२८, ९४.६५ र ९६.११ भएको छ।

वार्षिक जनसङ्ख्या वृद्धिदर क्षेत्रगत रूपमा हेर्दा—

  • हिमाली क्षेत्रमा –०.०५% (ऋणात्मक वृद्धि),

  • पहाडी क्षेत्रमा ०.३०% (सामान्य वृद्धि),

  • तराई क्षेत्रमा १.५४% (उच्च वृद्धि) देखिन्छ।

यसैगरी, जनसङ्ख्याको वृद्धिदर, भौगोलिक, क्षेत्रगत तथा जिल्लागत विवरण, ग्रामीण र शहरी जनसङ्ख्याको अवस्था सम्बन्धी जानकारी विभिन्न तालिकामा प्रस्तुत गरिएको छ।

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1197
  • Vacancy 1
  • Past Questions 155
  • Nepal Police 10

Latest Blogs

Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 120
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 35
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 174
Ballon d'Or 2026
Current Affairs

बैलन डी'ओर, २०२६

  • Oct 27, 2026
  • 154
Best Bank Award, 2026
Current Affairs

बेष्ट बैंक अवार्ड, २०२६

  • Oct 26, 2026
  • 167
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA