Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

ध्रुवहरु

  • Ajnabee Khadka
  • July 21, 2026
  • 84

ध्रुवहरु

Poles
  • के हुन्? पृथ्वीको भ्रमण अक्ष (Axis of rotation) का सबैभन्दा उत्तरी र दक्षिणी अन्तिम छेउ वा बिन्दुहरू
  • ध्रुवहरू दुई प्रकारका हुन्छन्: उत्तरी ध्रुव (North Pole) र दक्षिणी ध्रुव (South Pole) — यी बिन्दुहरूलाई भौगोलिक ध्रुवहरू (Geographical Poles) पनि भनिन्छ,
  • पृथ्वी आफ्नो अक्षमा तीव्र गतिले घुम्दा उत्पन्न हुने केन्द्रविमुख बल (Centrifugal Force) का कारण भूमध्यरेखामा केही फुलेको (Bulged) र ध्रुवहरूमा थिचिएको (Flattened) छ; यसको यही विशिष्ट र असमान वास्तविक आकारलाई 'जियोइड (Geoid)' वा 'अण्डाकार (Oblate Spheroid)' भनिन्छ,
  • यी बिन्दुहरू पृथ्वीको भौगोलिक स्थिति निर्धारण गर्ने प्रमुख आधार,
  • ध्रुवहरूको अक्षांशीय (Longitudinal) अवस्थिति: दुवै ध्रुवहरू ९० डिग्री (90°) अक्षांशमा अवस्थि — उत्तरी ध्रुव ९०° उत्तर (90° N) र दक्षिणी ध्रुव ९०° दक्षिण (90° S) मा
  • गुरुत्वाकर्षण (Gravity): पृथ्वीको केन्द्रको निकटताले गर्दा ध्रुवहरूको गुरुत्वाकर्षण बल भूमध्य रेखाको तुलनामा बढी रहेको,
  • केन्द्रापसारी बल (Centrifugal Force): शून्य (Zero)
  • भ्रमण गति (Rotation Speed): शून्य (Zero)
  • दिन र रातको अवधि: पृथ्वीको साढे ६६ डिग्री (६६.५°) अक्षीय ढल्काइका कारण दुवै ध्रुवहरूमा ६ महिना दिन र ६ महिना रात हुन्छ;
    • उत्तरी ध्रुवमा दिन: मार्च २१ देखि सेप्टेम्बर २३ सम्म (६ महिना लगातार दिन)
    • उत्तरी ध्रुवमा रात: सेप्टेम्बर २३ देखि मार्च २१ सम्म (६ महिना लगातार रात)
    • दक्षिणी ध्रुवमा यसको ठीक विपरित चक्र हुन्छ,
  • सबै देशान्तर रेखाहरू उत्तरी र दक्षिणी ध्रुवमा गएर जोडिन्छन् वा केन्द्रित (Converge) हुन्छन्; ध्रुवहरूमा देशान्तर रेखाहरू बीचको दूरी शून्य (Zero) हुन्छ,
  • दिशा परिवर्तन: ध्रुवहरू यस्ता बिन्दु हुन् जहाँबाट दिशा परिवर्तन हुन्छ; एउटै देशान्तर रेखामा हिँड्दा ध्रुव पुगेपछि दिशा स्वतः बदलिन्छ,
  • चुम्बकीय ध्रुव (Magnetic Poles): भौगोलिक ध्रुव बाहेक पृथ्वीमा 'उत्तरी चुम्बकीय ध्रुव (North Magnetic Pole)' र 'दक्षिणी चुम्बकीय ध्रुव (South Magnetic Pole)' पनि हुन्छन्, जसले दिशा सूचक यन्त्र (Compass) लाई निर्देशित गर्छन्,
  • १८० डिग्री देशान्तर रेखा ध्रुवदेखि ध्रुवसम्म फैलिएको पृथ्वीको मिति परिवर्तनको काल्पनिक आधार रेखा: अन्तर्राष्ट्रिय तिथि रेखा (International Date Line - IDL)

उत्तरी ध्रुव र दक्षिणी ध्रुव: तुलनात्मक अध्ययन 

विशेषता
उत्तरी ध्रुव (North Pole)
दक्षिणी ध्रुव (South Pole)
भौगोलिक स्थिति
पृथ्वीको भ्रमण अक्षको उत्तरी अन्तिम बिन्दु
पृथ्वीको भ्रमण अक्षको दक्षिणी अन्तिम बिन्दु
अक्षांश (Latitude)
९०° उत्तर (90° N)
९०° दक्षिण (90° S)
धरातलीय स्वरूप
यो सुमेरु महासागर (Arctic Ocean) को बीचमा अवस्थित छ; यहाँ जमिन छैन, केवल हिउँले बनेको तह रहेको,
यो अन्टार्कटिका (Antarctica) महादेशमा अवस्थित छ; यहाँ हिउँले ढाकिएको ठोस जमिन रहेको,
समुद्र सतहदेखि उचाइ
समुद्र सतह बराबर (० मिटर)
समुद्र सतहबाट लगभग २,८३५ मिटर उचाईमा
तापक्रम
तुलनात्मक रूपमा कम चिसो (हिउँदमा लगभग -४०°C)
अत्यधिक चिसो (हिउँदमा लगभग -६०°C सम्म)
दिशा पत्ता लगाउने आधार
उत्तरी गोलार्धमा ध्रुवतारा (Polaris/Northern Star) सधैं उत्तरी ध्रुवको ठीक माथि (Vertical) देखिन्छ,
दक्षिणी गोलार्धमा ध्रुवतारा देखिँदैन; यहाँ 'सदर्न क्रस (Southern Cross)' को सहयोग लिइन्छ,
दिन र रात
६ महिना दिन र ६ महिना रात हुन्छ — मार्च २१ देखि सेप्टेम्बर २३ सम्म दिन हुन्छ र सेप्टेम्बर २३ देखि मार्च २१ सम्म रात हुन्छ,
६ महिना दिन र ६ महिना रात हुन्छ — सेप्टेम्बर २३ देखि मार्च २१ सम्म दिन हुन्छ र मार्च २१ देखि सेप्टेम्बर २३ सम्म रात हुन्छ,
चुम्बकीय ध्रुव
यहाँ उत्तरी भू-चुम्बकीय ध्रुव (North Geomagnetic Pole) रहेको,
यहाँ दक्षिणी भू-चुम्बकीय ध्रुव (South Geomagnetic Pole) रहेको,
वरिपरि रहेका भूभाग
रसिया, क्यानाडा, ग्रीनल्याण्ड, अलास्का
कुनैपनि देशको सिमाना नपर्ने

लोकसेवा परीक्षाका लागि अति-महत्त्वपूर्ण प्रतिगामी तथ्यहरू (Quick GK Facts)

  • पहिलो मानव पाइला (First Explorers):
    • उत्तरी ध्रुव पुग्ने पहिलो व्यक्ति: अमेरिकी नागरिक रोबर्ट पियरी (Robert Peary) - सन् १९०९ अप्रिल ६ मा
    • दक्षिणी ध्रुव पुग्ने पहिलो व्यक्ति: नर्वेका नागरिक रोल्ड एमुन्डसेन (Roald Amundsen) - सन् १९११ डिसेम्बर १४ मा
  • दुवै ध्रुव पुग्ने पहिलो व्यक्ति: बेलायतका सर रानाउल्फ फिएनेस (Sir Ranulph Fiennes) - सन् १९७९-१९८२ मा 'Transglobe expedition' मार्फत यो कीर्तिमान राखेका,
  • अन्टार्कटिका महादेश (दक्षिणी ध्रुवीय क्षेत्र) पुग्ने पहिलो नेपाली: भुवनसिंह विश्वकर्मा
  • उत्तरी र दक्षिणी दुवै ध्रुव पुग्ने पहिलो नेपाली: रवीन्द्र बस्नेत 
  • ध्रुवको आकाशमा देखिने रंगीन प्राकृतिक प्रकाशलाई ध्रुवीय ज्योति भनिन्छ; उत्तरी ध्रुवीय ज्योतिलाई अहोरा बोरेयालिस (Aurora Borealis) वा 'Northern Lights' र दक्षिणी ध्रुवीय ज्योतिलाई अहोरा अष्ट्रालिस (Aurora Australis) वा 'Southern Lights' भनिन्छ,

Categories

  • Current Affairs 716
  • Gorkhapatra 325
  • Others 1116
  • Vacancy 1
  • Past Questions 101
  • Nepal Police 8

Latest Blogs

Latitude of Nepal
Others

नेपालको अक्षांशीय अवस्थिति

  • Jul 21, 2026
  • 39
Equator
Others

भूमध्यरेखा

  • Jul 21, 2026
  • 80
Poles
Others

ध्रुवहरु

  • Jul 21, 2026
  • 83
World War II — The best notes for the civil service exam
Others

दोस्रो विश्वयुद्ध — लोकसेवा परिक्षाको लागि सबैभन्दा बेस्ट नोट्स

  • Jul 20, 2026
  • 45
Kyoto Protocol
Others

क्योटो प्रोटोकल

  • Jul 20, 2026
  • 187
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA