Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

दोस्रो विश्वयुद्ध — लोकसेवा परिक्षाको लागि सबैभन्दा बेस्ट नोट्स

  • Ajnabee Khadka
  • July 20, 2026
  • 41

दोस्रो विश्वयुद्ध — लोकसेवा परिक्षाको लागि सबैभन्दा बेस्ट नोट्स

World War II — The best notes for the civil service exam
  • दोस्रो विश्वयुद्धको सुरुवात मिति: सन् १९३९ सेप्टेम्बर १ (जर्मनीले पोल्याण्डमाथि आक्रमण गरेपछि)
  • दोस्रो विश्वयुद्धको  अन्त मिति: सन् १९४५ सेप्टेम्बर २ (जापानले औपचारिक रूपमा आत्मसमर्पण पत्रमा हस्ताक्षर गरेपछि)
  • दोस्रो विश्वयुद्धको  कुल अवधि: ६ वर्ष १ दिन
  • दोस्रो विश्वयुद्धको प्रमुख कारणहरू: भर्सायको सन्धि (Treaty of Versailles), उग्र राष्ट्रवाद र तानाशाहीको उदय, राष्ट्रसङ्घ (League of Nations) को असफलता आदि
  • दोस्रो विश्वयुद्धको तात्कालिक कारण: जर्मनीद्वारा पोल्याण्डमाथि आक्रमण
  • दोस्रो विश्वयुद्धमा संलग्न दुई प्रमुख गुटहरू:
    १.) धुरी राष्ट्रहरू (Axis Powers): मुख्य नेतृत्व जर्मनी, इटाली र जापान
    २.) मित्र राष्ट्रहरू (Allied Powers): मुख्य नेतृत्व संयुक्त अधिराज्य अर्थात् बेलायत, सोभियत सङ्घ, संयुक्त राज्य अमेरिका, चीन र फ्रान्स

मित्र राष्ट्रहरू (Allied Powers) र तिनका नेतृत्वकर्ता:

राष्ट्र नेतृत्वकर्ता
संयुक्त राज्य अमेरिका  युद्धको अधिकांश समय: फ्र्याङ्कलिन डी. रुजवेल्ट (Franklin D. Roosevelt) र युद्धको अन्त्यतिर मुख्यत जापान माथि परमाणु बम आक्रमण गर्ने: ह्यारी एस. ट्रुम्यान (Harry S. Truman)
संयुक्त अधिराज्य अर्थात् बेलायत विन्स्टन चर्चिल (Winston Churchill)
सोभियत सङ्घ (USSR) जोसेफ स्टालिन (Joseph Stalin)
चीन  च्याङ काइ-शेक (Chiang Kai-shek)
फ्रान्स  चार्ल्स डी गोल (Charles de Gaulle)

धुरी राष्ट्रहरू (Axis Powers) र तिनका नेतृत्वकर्ता:

राष्ट्र नेतृत्वकर्ता
जर्मनी एडोल्फ हिटलर (Adolf Hitler)
इटाली बेनिटो मुसोलिनी (Benito Mussolini)
जापान सम्राट हिरोहितो (Emperor Hirohito)
  • मुख्य तीन राष्ट्रबाहेक युद्धका क्रममा धुरी गठबन्धनलाई साथ दिने अन्य केही राष्ट्र र तिनका शासकहरू:
    • हंगेरी (Hungary): मिक्लोस होर्थी (Miklós Horthy)
    • रोमानिया (Romania): आयन एंतोनेस्कु (Ion Antonescu)
    • बुल्गेरिया (Bulgaria): जार बोरिस तेस्रो (Tsar Boris III)

दोस्रो विश्वयुद्ध (१९३९–१९४५) का प्रमुख घटनाक्रमहरू:

मिति घटना
१९३९ सेप्टेम्बर १ नाजी जर्मनीद्वारा पोल्याण्डमाथि आक्रमण — आधिकारिक रूपमा दोस्रो विश्वयुद्धको सुरुवात
१९३९ सेप्टेम्बर ३
बेलायत र फ्रान्सद्वारा जर्मनीविरुद्ध युद्धको घोषणा
१९४० अप्रिल – जुन
जर्मनीको आक्रमणबाट डेनमार्क, नर्वे, बेल्जियम, नेदरल्याण्ड र अन्ततः फ्रान्सको पतन
१९४० जुन १०
इटालीद्वारा जर्मनीको पक्षबाट युद्धमा सामेल भएको घोषणा
२२ जुन, १९४१ विश्व इतिहासको सबैभन्दा ठुलो सैन्य अभियानको रुपमा 'Operation Barbarossa' को सुरुवात — नाजी जर्मनीद्वारा सोभियत संघमाथि आक्रमण
१९४१ डिसेम्बर ७ जापानद्वारा संयुक्त राज्य अमेरिकाको नौसैनिक अखडा 'पर्ल हार्बर (Pearl Harbour)' माथि हवाई आक्रमण
८ डिसेम्बर, १९४१
जापान विरुद्ध संयुक्त राज्य अमेरिकाको युद्ध घोषणा
१९४२ अगस्ट २३ – १९४३ फेब्रुअरी २
स्टेलिनग्रादको युद्ध (Battle of Stalingrad) — जर्मनी र सोभियत संघबीच भएको इतिहासकै सबैभन्दा घातक युद्ध
१९४४ जुन ६ D-Day को लडाई अर्थात् Operation Overlord — फ्रान्सलाई नाजीहरूको कब्जाबाट मुक्त गराउने लक्ष्यका साथ अमेरिकी, बेलायती र क्यानेडाली सेनाद्वारा फ्रान्सको नर्मन्डी (Normandy) तटमा इतिहासकै सबैभन्दा ठूलो एकीकृत सैन्य अवतरण
१९४५ फेब्रुअरी ४–११
याल्टा सम्मेलन (Yalta Conference) — रुजवेल्ट (अमेरिका), चर्चिल (बेलायत) र स्टालिन (सोभियत सङ्घ) बीच युद्धपछिको युरोपको पुनर्गठनका लागि शीर्ष बैठक
१९४५ अप्रिल ३०
नाजी जर्मनीका तानाशाही अडोल्फ हिटलरद्वारा आत्महत्या
८ मे, १९४५ नजी जर्मनीको बिना सर्त आत्मसमर्पण (यस दिनलाई युरोपमा V-E Day (Victory in Europe Day) का रूपमा मनाइन्छ,)
१९४५ अगस्ट ६
संयुक्त राज्य अमेरिकाद्वारा जापानको हिरोसिमा सहरमा विश्वकै पहिलो परमाणु बम "लिटिल बोय (Little Boy)" प्रहार
१९४५ अगस्ट ९
संयुक्त राज्य अमेरिकाद्वारा जापानको नागासाकी मा दोस्रो परमाणु बम "फ्याट म्यान (Fat Man)" प्रहार
१९४५ अगस्ट १५
जापानी सम्राट हिरोहितोद्वारा आत्मसमर्पणको घोषणा
१९४५ सेप्टेम्बर २ अमेरिकी युद्धपोत 'मिसौरी' (USS Missouri) मा जापानले औपचारिक रूपमा आत्मसमर्पण पत्रमा हस्ताक्षर गरेसँगै दोस्रो विश्वयुद्धको आधिकारिक रूपमा अन्त्य

जापानमाथि भएको परमाणु बम प्रहार (Atomic Bombings)

  • बम प्रहार गरिएका सहर:
    • हिरोसिमा (Hiroshima): सन् १९४५ अगस्ट ६ (बिहान ८:१५ बजे)
    • नागासाकी (Nagasaki): सन् १९४५ अगस्ट ९ (बिहान ११:०२ बजे)
  • बम खसाल्ने देश: संयुक्त राज्य अमेरिका (USA)
  • बम खसाल्न आदेश दिने अमेरिकी राष्ट्रपति: ह्यारी एस. ट्रुम्यान (Harry S. Truman)
  • परमाणु बम निर्माणको परियोजनाको नाम: म्यानह्याटन प्रोजेक्ट (Manhattan Project)
  • "परमाणु बमका पिता" (Father of the Atomic Bomb): जे. रोबर्ट ओपेनहाइमर (J. Robert Oppenheimer)
  • परमाणु बमको पहिलो परीक्षण: सन् १९४५ जुलाई १६ मा अमेरिकाको न्यु मेक्सिकोस्थित मरुभूमिमा; यसलाई "ट्रिनिटी टेस्ट" (Trinity Test) कोड नाम दिइएको,
परमाणु बमको बाम विवरण
लिटिल बोय (Little Boy)
  • खसालिएको मिति: सन् १९४५ अगस्ट ६
  • खसालिएको क्षेत्र: जापानको हिरोसिमा (Hirosima) सहर
  • प्रकार: युरेनियम-२३५ (Uranium-235) मा आधारित बम
  • बम बोक्ने विमान: एनोला गे (Enola Gay) नामक B-29 बमवर्षक विमान
  • विमानका चालक (पाइलट): कर्नेल पल टिबेट्स (Col. Paul Tibbets)
फ्याट म्यान (Fat Man)
  • खसालिएको मिति: सन् १९४५ अगस्ट ९
  • खसालिएको क्षेत्र: जापानको नागासाकी (Nagasaki) सहर
  • प्रकार: प्लुटोनियम-२३९ (Plutonium-239) मा आधारित बम
  • बम बोक्ने विमान: बक्सकार (Bockscar) नामक B-29 बमवर्षक विमान
  • विमानका चालक (पाइलट): मेजर चार्ल्स सुइनी (Major Charles Sweeney)
 
दोस्रो विश्वयुद्धमा सबैभन्दा बढी मानवीय क्षति बेहोर्ने शीर्ष ५ राष्ट्रहरू:
क्रम
राष्ट्र
कुल मृत्यु (नागरिक र सैन्य)
१.
सोभियत संघ (USSR)
२,४०,००,०००
२.
चीन
२,००,००,०००
३.
जर्मनी
६६,००,००० - ८८,००,०००
४.
पोल्याण्ड
५६,००,०००
५.
डच इस्ट इन्डिज
३०,००,००० - ४०,००,०००

दोस्रो विश्वयुद्धमा नेपालको पृष्ठभूमि र भूमिका:

  • दोस्रो विश्वयुद्धको समयमा नेपालको राजा: त्रिभुवन वीर विक्रम शाह
  • दोस्रो विश्वयुद्धको समयमा नेपालको प्रधानमन्त्री: जुद्ध शमशेर ज.ब.रा
  • घोषणा तत्कालको कदम: सन् १९३९ सेप्टेम्बर ३ मा अंग्रेजहरूले जर्मनीविरुद्ध युद्धको घोषणा गरेलगत्तै प्रधानमन्त्री जुद्ध शमशेरले बेलायती राजदूत मार्फत सहयोगको प्रस्ताव पठाएका,
  • प्रारम्भिक सैन्य सहयोग: ८,००० सैनिक (सुरुवाती चरणमा); सुरुवाती चरणमा नेपाली सेनालाई भारतमा भइरहेको स्वतन्त्रता आन्दोलन दबाउन वा भारतीय आन्दोलनकारीहरूको विरोधमा प्रयोग नगर्ने सर्तमा पालो-पहरा अर्थात् सुरक्षा गार्डको रुपमा मात्र खटाइएको,
  • सन् १९४२ मा जापानले सिंगापुर कब्जा गरेपछि नेपाली सेनालाई प्रत्यक्ष रूपमा युद्धको अग्रपंक्ति (Frontline) मा खटाइएको,
  • युद्ध मोर्चामा प्रतक्ष्य खटाइएको समग्र नेपाली फौजको नेतृत्व: जनरल बहादुर शमशेर ज.ब.रा.
  • दोस्रो विश्वयुद्धमा नेपालीहरूले बर्मा, सिंगापुर र भारतका अतिरिक्त उत्तर अफ्रिका (ट्युनिसिया, लिबिया), युरोप (इटाली, सान मारिनो), मध्य पूर्व (सिरिया, इराक), ग्रिस र मलायाका मोर्चाहरूमा भाग लिएका,
  • दोस्रो विश्वयुद्धमा भिक्टोरिया क्रस (VC) बाट सम्मानित ब्रिटिस गोर्खा रेजिमेन्टका नेपाली/गोर्खाली सैनिकहरूको संख्या: १० जना
  • दोस्रो विश्वयुद्धमा भिक्टोरिया क्रस (VC) बाट सम्मानित पहिलो नेपाली: गजे घले
  • युद्ध समाप्त भएपछि सन् १९४६ मा बेलायतको लण्डनमा आयोजित ऐतिहासिक विजय परेड (Victory Parade) मा भाग लिने नेपाली सैन्य टोलीको नेतृत्व: बबर शमशेर ज.ब.रा.

दोस्रो विश्वयुद्ध पश्च्यातको प्रमुख परिणामहरू:

  • प्रथम विश्वयुद्धपछि स्थापित 'राष्ट्रसङ्घ' (League of Nations) को असफलतालाई सुधार्दै विश्वमा पुनः अर्को महायुद्ध हुन नदिन १९४५ अक्टोबर २४ मा संयुक्त राष्ट्रसङ्घ (United Nations) को स्थापना,
  • पूँजीवादी र प्रजातान्त्रिक विचारधाराको नेतृत्वमा संयुक्त राज्य अमेरिका (USA) र साम्यवादी विचारधाराको नेतृत्व सोभियत सङ्घ (USSR) बीच शीतयुद्ध (Cold War) को सुरुवात
  • पराजित जर्मनीलाई मित्र राष्ट्रहरूले पूर्वी जर्मनी (सोभियत सङ्घको नियन्त्रणमा) र पश्चिमी जर्मनी (अमेरिका, बेलायत र फ्रान्सको नियन्त्रणमा) गरी दुई भागमा विभाजित
  • मेरिकाले जापानमा परमाणु बम प्रहार गरेपछि विश्वमा आणविक युगको सुरुवात (Nuclear Age)
  • उपनिवेशवाद (Coloniolism) को अन्त्य र साम्राज्यवाद (Imperialism) को सुरुवात

Categories

  • Current Affairs 716
  • Gorkhapatra 325
  • Others 1115
  • Vacancy 1
  • Past Questions 101
  • Nepal Police 8

Latest Blogs

Equator
Others

भूमध्यरेखा

  • Jul 21, 2026
  • 61
Poles
Others

ध्रुवहरु

  • Jul 21, 2026
  • 59
World War II — The best notes for the civil service exam
Others

दोस्रो विश्वयुद्ध — लोकसेवा परिक्षाको लागि सबैभन्दा बेस्ट नोट्स

  • Jul 20, 2026
  • 40
Kyoto Protocol
Others

क्योटो प्रोटोकल

  • Jul 20, 2026
  • 182
FIFA World Cup, 2026
Current Affairs

फिफा विश्वकप, २०२६

  • Jul 20, 2026
  • 165
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA