नेपालको अक्षांशीय अवस्थिति
- नेपाल २६°२२' उत्तरी अक्षांशदेखि ३०°२७' उत्तरी अक्षांशसम्म फैलिएको,
- अक्षांशका आधारमा नेपाल पूर्ण रूपमा उत्तरी गोलार्द्ध (Northern Hemisphere) मा पर्दछ,
- नेपालको अवस्थिति कर्कट रेखा (२३.५° उत्तर) भन्दा उत्तरमा पर्दछ,
- नेपालको अधिकांश भाग उष्ण (Torrid / Tropical Zone) र समशीतोष्ण मण्डल (Temperate Zone) को सीमावर्ती क्षेत्रमा पर्दछ,
- नेपालको सबैभन्दा दक्षिणी विन्दु: झापाको लोदावारी (२६° २२' उत्तरी अक्षांशमा)
- नेपालको सबैभन्दा उत्तरी विन्दु: हुम्लाको चाङ्ला भञ्ज्याङ (३०° २७' उत्तरी अक्षांशमा)