क्योटो प्रोटोकल
- परिभाषा: जलवायु परिवर्तन न्यूनीकरण र हरितगृह ग्याँस (Greenhouse Gases) को उत्सर्जन कटौतीका लागि विश्वव्यापी रूपमा चालिएको सबैभन्दा पहिलो कानुनी र बन्धनकारी कदम
- पारित गरिएको मिति: सन् १९९७ डिसेम्बर ११ (जापानको क्योटोमा सम्पन्न COP 3 को क्रममा)
- लागू भएको मिति (Entry into Force): सन् २००५ फेब्रुअरी १६
- पक्ष राष्ट्रहरू: १९२ पक्ष राष्ट्रहरू
- मुख्य उद्देश्य: औद्योगिक राष्ट्रहरू र संक्रमणकालीन अर्थतन्त्र भएका देशहरूलाई हरितगृह ग्यास (Greenhouse gases - GHGs) उत्सर्जन घटाउन कानूनी रूपमा बाध्यकारी लक्ष्यहरू तोक्नु,
- प्रतिबद्धता अवधि र लक्ष्यहरू:
- पहिलो प्रतिबद्धता अवधि (२००८–२०१२): ३७ औद्योगिक राष्ट्रहरू र युरोपेली संघले हरितगृह ग्यास उत्सर्जनलाई सन् १९९० को स्तरभन्दा औसत ५ प्रतिशतले घटाउने लक्ष्य राखेका,
- दोस्रो प्रतिबद्धता अवधि (२०१३–२०२०): दोहा संशोधन मार्फत उत्सर्जनलाई सन् १९९० को स्तरभन्दा कम्तीमा १८ प्रतिशतले घटाउने लक्ष्य राखिएको,
- क्योटो प्रोटोकलको Annex A ले सुरुमा ६ वटा प्रमुख हरितगृह ग्यासहरूको न्यूनीकरणलाई समेटेको;
१.) कार्बन डाइअक्साइड (CO₂)
२.) मिथेन (CH₄)
३.) नाइट्रस अक्साइड (N₂O)
४.) हाइड्रोफ्लुरोकार्बन (HFCs)
५.) परफ्लुरोकार्बन (PFCs)
६.) सल्फर हेक्साफ्लोराइड (SF₆)
७.) नाइट्रोजन ट्राइफ्लोराइड (NF₃) — (सन् २०१२ को दोहा संशोधनमा थप गरिएको,) - नेपालद्वारा क्योटो प्रोटोकल अनुमोदन: सन् २००५ सेप्टेम्बर १६ मा
- नेपालमा क्योटो प्रोटोकल लागू: सन् २००५ डिसेम्बर १४ देखि