Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालमा योजनाबद्ध विकास

  • Bikash Shrestha
  • July 03, 2025
  • 1295

नेपालमा योजनाबद्ध विकास

Planned Development in Nepal

नेपालमा योजनाबद्ध विकास
नेपालमा योजनाबद्ध विकास भनेको निश्चित लक्ष्य र उद्देश्यहरू प्राप्त गर्न निश्चित समयावधिभित्र केन्द्रीय अधिकारीहरूद्वारा नियोजित रूपमा गरिने अर्थतन्त्रको नियन्त्रण तथा निर्देशन हो। यसको उद्देश्यहरूमा पूर्ण रोजगार प्राप्ति, गरिबी घटाउने, असमानता कम गर्ने, साधनस्रोतको सदुपयोग गर्ने, आर्थिक विकासको गति तीव्र बनाउने, सन्तुलित विकासलाई प्रोत्साहन गर्ने, आत्मनिर्भरताको दिशा तर्फ अग्रसर हुने र सामाजिक सुरक्षा तथा आर्थिक स्थिरता प्रदान गर्ने कुरा पर्दछन् । नेपालमा योजनाबद्ध विकासको इतिहास धेरै पुरानो भने होइन। १०४ वर्षसम्म नेपालको शासन राणा शासकहरूको हातमा भए पनि योजनाबद्ध विकासका लागि खासै प्रयास भएनन्। यद्यपि, राणा प्रधानमन्त्री जुद्धशमशेरले २० वर्षे योजनाको घोषणा गरेका थिए, तर त्यसलाई कार्यान्वयनमा ल्याउन सकेनन् । २००७ सालपछि राजनीतिक स्थिरता र स्पष्ट दिशाको अभावका कारण आर्थिक योजना तुरुन्तै सुरु गर्न नसकिए पनि यस सम्बन्धमा पर्याप्त गृहकार्य भयो। २००८ सालमा पहिलो पटक बजेटको व्यवस्था गरियो। अन्ततः वि.सं. २०१३ सालदेखि नेपालमा योजनाबद्ध विकासको औपचारिक थालनी भएको हो।

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1197
  • Vacancy 1
  • Past Questions 155
  • Nepal Police 10

Latest Blogs

Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 133
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 46
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 187
Ballon d'Or 2026
Current Affairs

बैलन डी'ओर, २०२६

  • Oct 27, 2026
  • 166
Best Bank Award, 2026
Current Affairs

बेष्ट बैंक अवार्ड, २०२६

  • Oct 26, 2026
  • 182
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA