Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

काठमाडौं (नेपाली) उपत्यकाको उत्पत्ति

  • Bikash Shrestha
  • September 22, 2025
  • 789

काठमाडौं (नेपाली) उपत्यकाको उत्पत्ति

Origin of Kathmandu (Nepali) Valley

 

लिच्छविकालभन्दा अघिको प्राचीन इतिहासलाई स्पष्ट रूपमा बुझ्न पर्याप्त र विश्वसनीय स्रोतहरू उपलब्ध छैनन्। त्यसकारण यो कालखण्डको अध्ययन प्रायः वंशावली र पुराणहरूमा आधारित हुन्छ। यी ग्रन्थहरूले काठमाडौं उपत्यकाको उत्पत्तिसम्बन्धी धेरै रोचक कथाहरू वर्णन गरेका छन् । यी स्रोतहरूका अनुसार प्राचीन समयमा काठमाडौं उपत्यका घना जंगलले ढाकिएको थियो र यसको मध्य भागमा एउटा विशाल ताल थियो। यसलाई नागहरूको वासस्थान भएकोले नागदह भनिन्थ्यो। यो स्थानमा विभिन्न कालमा विपश्वी बुद्ध, शिखी बुद्ध, विश्वंभू बुद्ध, मञ्जुश्री बोधिसत्व, क्रकुच्छन्द बुद्ध जस्ता महात्माहरू तपस्या गर्न आउने जाने गर्थे ।


विपश्वी बुद्ध

वंशावली र पुराणहरूका अनुसार उपत्यकामा आउने पहिलो महात्मा विपश्वी बुद्ध थिए। उनी आफ्नो स्थायी निवास बन्धुमती नगरबाट सत्ययुगमै यहाँ आएका थिए भन्ने विश्वास गरिन्छ ।उनी नागार्जुन पर्वतमा बसे र चैत्र शुक्ल पूर्णिमाको दिन नागदहको बीचमा कमलको बीज रोपे। आजसम्म पनि हरेक चैत्र शुक्ल पूर्णिमामा नागार्जुन पर्वतमा मेला लाग्ने चलन छ, जसलाई विपश्वी बुद्धको सम्झनामा आयोजना गरिएको मानिन्छ ।


शिखी बुद्ध 

विपश्वी बुद्धले रोपेको बीजबाट छ महिनापछि आश्विन शुक्ल पूर्णिमाको दिन एउटा अलौकिक फूल फुलेर त्यसको बीच भागमा ज्योतिर्मय भगवान् स्वयम्भू प्रकट भए । स्वयम्भूको आगमनको खबर सुनेर अरुणपुरका शिखी बुद्ध यहाँ आए र स्वयम्भूको आराधना गर्दै अन्ततः उहाँमा नै विलीन भए । शिखी बुद्ध बसेको स्थानलाई अहिले धिनो च्व गिरि भनिन्छ। हरेक माघ १ गते त्यहाँ लाग्ने मेला शिखी बुद्धकै सम्झनामा मानिन्छ ।


विश्वंभू बुद्ध

विश्वंभू बुद्ध त्रेतायुगमा यहाँ आएका थिए। उनले धेरै फूल भएको पहाडमा आश्रम बनाएर बसे, जसलाई अहिले फुलो च्व गिरि भनिन्छ । यिनै बुद्धले पहिलोपटक उपत्यकाको पानी बाहिर पठाउने उपायबारे आफ्ना चेलालाई जानकारी दिएका थिए।


मञ्जुश्री बोधिसत्व

विश्वंभू बुद्ध फर्केको केही समयपछि त्रेतायुगमै चीनबाट मञ्जुश्री बोधिसत्व काठमाडौं आए । स्वयम्भूको दर्शन पाएपछि उनले उपत्यकाको पानी बाहिर निकाल्ने निर्णय गरे । कटुवाल नामक स्थानमा पानी बाहिर जाने मार्ग बनाइ उपत्यकालाई बसोबासयोग्य बनाए । त्यसपछि उनले स्वयम्भूदेखि गुह्येश्वरीसम्मको क्षेत्रलाई समेटेर एउटा ठूलो सहर निर्माण गरे र धर्माकर नामक व्यक्तिलाई नेपालको पहिलो राजा बनाए । मञ्जुश्री फर्केपछि उनका चेलाले त्यस सहरलाई मञ्जुपत्तन नाम दिए । आज पनि हरेक श्रीपञ्चमीको दिन स्वयम्भूमा लाग्ने चैत्य मेला मञ्जुश्रीकै सम्झनामा मानिन्छ ।


क्रकुच्छन्द बुद्ध

मञ्जुश्री फर्केपछि क्रकुच्छन्द बुद्ध स्वयम्भू ज्योतिको दर्शन गर्न यहाँ आए । त्यस समयमा काठमाडौंमा पानीको अभाव देखेर उनले गुह्येश्वरीसँग प्रार्थना गरे, जसपछि गुह्येश्वरीले शिवपुरीबाट बागमती नदी उत्पन्न गरिन् भन्ने वंशावलीमा उल्लेख पाइन्छ । धर्माकर सन्तानविहीन भएका कारण क्रकुच्छन्द बुद्धले धर्मपाललाई राजा नियुक्त गरेको उल्लेख छ ।


धर्मपाल वंश र मिथिलासँगको सम्बन्ध

धर्मपालपछि उनका वंशज सुधन्वाले त्रेतायुगको अन्तसम्म काठमाडौं उपत्यकामा शासन गरे । सीताको स्वयंवरमा जनकपुर गएका बेला सुधन्वा जनकका भाइ कुशध्वजद्वारा मारिएको उल्लेख वंशावलीमा पाइन्छ। त्यसपछि केही समय उपत्यका मिथिलाको नियन्त्रणमा रह्यो ।


गौडेशका राजा प्रचण्डदेव

द्वापरयुगको अन्ततिर गौड देशका राजा प्रचण्डदेव स्वयम्भू र गुह्येश्वरीको दर्शन गर्न काठमाडौं आए । त्यस अवसरमा उनले स्वयम्भूको वरिपरि वसुपुर, अग्निपुर, वायुपुर, नागपुर र शान्तिपुर नामका पाँच कुटी निर्माण गरे । कलियुगको सुरुवात भएको थाहा पाउँदा उनले कलियुगका मानिस स्वयम्भू ज्योतिको दर्शन गर्न योग्य नहुने विश्वास गर्दै स्वयम्भूलाई पत्थरले ढाकेर त्यसमाथि एक चैत्य निर्माण गरे । त्यही समयमा उपत्यकाको सिंहासन खाली भएकोले प्रचण्डदेवका छोरा शक्तिदेवले यहाँ शासन स्थापन गरे । वंशावलीअनुसार शक्तिदेवपछि गुणकामदेव, पुनः शक्तिदेव र सिंहल आदिले क्रमशः उपत्यकाको शासन सम्हाले ।

Categories

  • Current Affairs 724
  • Gorkhapatra 327
  • Others 1123
  • Vacancy 1
  • Past Questions 108
  • Nepal Police 8

Latest Blogs

Asia
Others

एसिया महादेश

  • Jul 28, 2026
  • 97
World Hepatitis Day, 2026
Current Affairs

विश्व हेपाटाइटिस दिवस, २०२६

  • Jul 28, 2026
  • 77
Major grasslands of the world and their locations
Others

विश्वका प्रमुख घाँसेमैदानहरू र अवस्थिति

  • Jul 27, 2026
  • 61
Gandaki Province, 5th Level Sub-Engineer (Civil/Sanitary/Irrigation) - 2083/03/29
Past Questions

गण्डकी प्रदेश, ५औँ तह सब-इन्जिनियर (सिभिल/स्यानिटरी/इरिगेशन) - २०८३/०३/२९

  • Jul 27, 2026
  • 110
Gandaki Province, Sub-Engineer (B.Arch) Examination - 2083/04/04
Past Questions

गण्डकी प्रदेश, सब-इन्जिनियर (B.Arch) परीक्षा - २०८३/०४/०४

  • Jul 27, 2026
  • 51
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA