Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३

  • Ajnabee Khadka
  • May 07, 2026
  • 95

केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३

Ordinance to amend certain Nepal Acts, 2083
अध्यादेशको आधारभूत जानकारी
  • अध्यादेशको नाम: केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३
  • नेपाल राजपत्रमा प्रकाशित मिति: २०८३/०१/२०
  • अध्यादेश नम्बर: संवत् २०८३ सालको अध्यादेश नं. ०७
  • संवैधानिक आधार: नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट जारी भएको,
  • प्रारम्भ मिति: यो अध्यादेश तुरुन्त प्रारम्भ हुने व्यवस्था गरिएको,
  • उद्देश्य: केही नेपाल ऐनलाई तत्काल संशोधन गर्न वाञ्छनीय भएको र संघीय संसद्को अधिवेशन नभएकोले यो अध्यादेश ल्याइएको,
  • कतिवटा ऐनहरुमा संशोधन गरिएको?: १९ वटा

केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ मार्फत विभिन्न १९ वटा ऐनहरूमा गरिएका संशोधनहरूको संक्षिप्त विवरण तालिका:

क्र.सं.
संशोधन गरिएको ऐनको नाम
गरिएका प्रमुख संशोधन तथा थप व्यवस्थाहरू
१
कर्मचारी सञ्चय कोष ऐन, २०१९
  • कोषको रकम धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त म्युचुअल फण्ड, प्राइभेट इक्विटी फण्ड र भेन्चर क्यापिटल फण्डका धितोपत्र इकाइमा लगानी गर्न पाउने व्यवस्था गरिएको,
२
जग्गा (नाप जाँच) ऐन, २०१९
  • ऐनमा रहेका "मालपोत कार्यालय" भन्ने शब्दहरूलाई "भूमि प्रशासन कार्यालय" मा रूपान्तर गरिएको,
३
भूमि सम्बन्धी ऐन, २०२१
  • जोखिमयुक्त स्थान वा नदी किनारमा रहेका भूमिहीन दलित वा सुकुम्बासीलाई अन्यत्र बसोबासको व्यवस्था मिलाउनुपर्ने र उनीहरूको पहिचानका लागि केन्द्र तथा जिल्ला तहमा समिति वा कार्यदल गठन गर्न सकिने प्रावधान थपिएको,
४
शिक्षा ऐन, २०२८
  • "शैशिक कार्यक्रम" को परिभाषा विस्तार गरी विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त विदेशी शैक्षिक कार्यक्रम वा शिक्षण कोर्स सञ्चालनलाई समेत समेटिएको,
५
मालपोत ऐन, २०३४
  • "भूमि प्रशासन अधिकृत" को नयाँ परिभाषा राखिएको,
  • रजिष्ट्रेशन, नामसारी र रोक्का सम्बन्धी कामहरू स्थानीय तहको भूमि व्यवस्थापन शाखाले समेत गर्न सक्ने व्यवस्था गरिएको,
६
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् ऐन, २०४५
  • परिषद्को काम, कर्तव्य र अधिकारमा "राष्ट्रिय व्यावसायिक योग्यता" सम्बन्धी विषय थप गरिएको,
७
नागरिक लगानी कोष ऐन, २०४७
  • कोषले लगानी गर्न पाउने क्षेत्रमा सामूहिक लगानी कोष (Mutual Funds), व्यक्तिगत शेयर पूँजी कोष (Private Equity Funds) र जोखिमपूर्ण पूँजी कोष (Venture Capital Funds) लाई समावेश गरिएको,
८
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ऐन, २०४८
  • ऐनको दफा १९ र २० का केही उपदफाहरू झिकिएका,
९
निजामती सेवा ऐन, २०४९
  • कर्मचारीको गुनासो सुनुवाइको नयाँ कार्यविधि (३० दिनभित्र फर्स्योट गर्नुपर्ने) राखिएको,
  • निजामती कर्मचारीले कुनै पनि राजनीतिक र संगठित गतिविधि गर्न नपाउने व्यवस्था गरिएको,
१०
विश्वविद्यालय अनुदान आयोग ऐन, २०५०
  • आयोगको काम, कर्तव्य र अधिकार सम्बन्धी दफा ५ को उपदफा (२) झिकिएको,
११
स्वास्थ्य सेवा ऐन, २०५३
  • स्वास्थ्यकर्मीको गुनासो सुनुवाइको व्यवस्था र कर्मचारीलाई राजनीतिक तथा संगठित गतिविधिमा बन्देज लगाउने प्रावधान थपिएको ,
१२
वैदेशिक रोजगार ऐन, २०६४
  • कामदारसँग तोकिएको भन्दा बढी शुल्क लिएमा प्रति कामदार ५० हजार जरिवाना गरी इजाजतपत्र रद्द गर्न सकिने कडा व्यवस्था गरिएको,
१३
सङ्घीय संसद सचिवालय सम्बन्धी ऐन, २०६४
  • सचिवालयका कर्मचारीको गुनासो सुनुवाइ प्रक्रिया र राजनीतिक गतिविधिमा रोक सम्बन्धी व्यवस्था गरिएको,
१४
योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४
  • सामाजिक सुरक्षा कोषको रकम म्युचुअल फण्ड, प्राइभेट इक्विटी र भेन्चर क्यापिटल फण्डमा लगानी गर्न पाउने बाटो खोलिएको,
१५
राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५
  • चिकित्सा शिक्षा आयोगले ऐनको अधीनमा रही आवश्यक विनियम, निर्देशिका र कार्यविधि बनाउन सक्ने अधिकार प्रदान गरिएको,
१६
भू-उपयोग ऐन, २०७६
  • स्थानीय भू-उपयोग परिषद्ले मनासिब देखिएमा एक पटकका लागि भू-उपयोग परिवर्तन गर्न सक्ने र फरक प्रयोजनका लागि प्रादेशिक परिषद्सँग अनुरोध गर्न सक्ने व्यवस्था गरिएको,
१७
वन ऐन, २०७६
  • राष्ट्रिय प्राथमिकता प्राप्त वा गौरवका आयोजनाका लागि विकल्प नभएमा राष्ट्रिय वनको भाग प्रयोग गर्न सकिने व्यवस्था गरिएको,
  • वन प्रयोग गरेबापत आयोजनाले सोही बराबरको जग्गा वा वृक्षारोपणका लागि तोकिएको रकम राजस्व खातामा जम्मा गर्नुपर्ने हुन्छ,
१८
बीमा ऐन, २०७९
  • बीमा प्राधिकरणको सञ्चालक समितिमा भौतिक पूर्वाधार मन्त्रालयको सहसचिव (प्राविधिक) रहने र सार्वजनिक पूर्वाधार निर्माणको बीमा सम्बन्धी नयाँ व्यवस्था गरिएको,
१९
विधायन ऐन, २०८१
  • नेपाल सरकारले कार्यकारी आदेश जारी गर्नुअघि अनिवार्य रूपमा कानून मन्त्रालयको सहमति लिनुपर्ने र त्यस्तो आदेशमा प्रत्यायोजित विधायनमा निषेध गरिएका विषय राख्न नहुने व्यवस्था गरिएको,

 

Categories

  • Current Affairs 593
  • Gorkhapatra 304
  • Others 987
  • Vacancy 1
  • Past Questions 72

Latest Blogs

Traditional organizations/customary systems or institutions/traditional governance systems of different ethnic groups
Others

विभिन्न जातिका परम्परागत संगठनहरू/प्रथाजनित प्रणाली वा संस्था/परम्परागत शासन व्यवस्था

  • May 07, 2026
  • 31
Constitutional Council (Functions, Duties, Powers and Procedures) (First Amendment) Ordinance, 2083
Current Affairs

संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३

  • May 07, 2026
  • 90
Ordinance to amend certain Nepal Acts, 2083
Current Affairs

केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३

  • May 07, 2026
  • 94
3 Ordinances issued by the President on 2083/01/19
Current Affairs

२०८३/०१/१९ मा राष्ट्रपतिद्वारा जारी भएका ३ अध्यादेशहरू

  • May 07, 2026
  • 71
Prevention of Money Laundering (Third Amendment) Ordinance, 2083
Current Affairs

सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३

  • May 07, 2026
  • 70
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA