नेपालकै पहिलो घरायसी हरित हाइड्रोजन परियोजना
- परियोजनाको नाम: खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोजन ग्यास उत्पादन परियोजना
- प्रमुख उपलब्धि: नेपालमै पहिलोपटक खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोजन ग्यास उत्पादन र सफल चुलो परीक्षण,
- उद्घाटनकर्ता: गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतबहादुर शेरचन
- स्थान: बडिगाड गाउँपालिका–२, बागलुङ, गण्डकी प्रदेश
- मुख्य उद्देश्य: खेर गइरहेको जलविद्युत् र पानीको प्रयोग गरी खाना पकाउने इन्धन (हरित हाइड्रोजन) उत्पादन र व्यावसायिक प्रयोग गर्ने,
- ऊर्जाको प्राथमिक स्रोत: गिरिङ्दिखोला लघु जलविद्युत् आयोजना (क्षमता: ८० किलोवाट, स्थापना: वि.सं.२०६६)
- प्रविधि: पानीमा रहेको अक्सिजनलाई अलग गरी हाइड्रोजन मात्र निकालेर सिलिण्डरमा भर्ने प्रविधि -Water Electrolysis
- हालको उत्पादन अवस्था: हालसम्म ८ वटा सिलिण्डरमा हरित हाइड्रोजन ग्यास सुरक्षित रूपमा भरिएको,
- उपयोगिता र क्षमता: १ केजी हाइड्रोजन ग्यासले एउटा सानो परिवारलाई करिब १ साता (७ दिन) सम्म खाना पकाउन पुग्ने,
- परियोजनाको अध्ययन तथा अनुसन्धान अवधि: ३ वर्ष अघिदेखि सुरु
- परियोजनाको प्रारम्भिक परीक्षण: १ वर्ष अघि सफल भएको,
- सिलिण्डर भण्डारण अध्ययन: उत्पादित ग्यासलाई सुरक्षित रूपमा सिलिण्डरमा भर्ने विषयमा मात्र १८ महिना अध्ययन गरिएको,
- परियोजना लागत: जलविद्युत् आयोजनाको पुनर्निर्माण, भवन तथा कुलो मर्मतदेखि ग्यास उत्पादनसम्म (अध्ययन खर्चबाहेक) करिब रु. १ करोड
- परियोजना त्रिभुवन विश्वविद्यालयसहित विभिन्न देशका विश्वविद्यालय, वैज्ञानिक, प्राविधिक संस्था र स्थानीय निकायको सहकार्यमा सञ्चालित रहेको;
१. नेपाल इनर्जी फाउण्डेसन (NEF)
२. ऊर्जा र वातावरणका लागि महिला सञ्जाल नेपाल (WENEN)
३. एसएण्डएओ कम्पनी लिमिटेड (S&AO Co. Ltd.), युके
४. एचएसएलयु (HSLU) विश्वविद्यालय, स्विटजरल्याण्ड
५. वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र (AEPC), काठमाडौँ
६. बडिगाड गाउँपालिका, बागलुङ
७. गिरिङ्दिखोला लघु जलविद्युत् सहकारी संस्था