Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपाली काष्ठकला र तिनका विशेषताहरू

  • Bikash Shrestha
  • August 06, 2025
  • 765

नेपाली काष्ठकला र तिनका विशेषताहरू

Nepali woodcraft and its characteristics

 

नेपालको लिच्छविकालीन काष्ठकलाका केही कृतिहरू आज उपलब्ध छैनन्, तर त्यस समयदेखि नै दरबार, मन्दिर, विहार, र घरहरूमा काठको प्रयोग हुँदै आएको पाइन्छ। काष्ठकलाका उत्कृष्ट नमुनाहरू काठमाडौं उपत्यकाभित्रका विभिन्न संरचनामा देख्न सकिन्छ।

झ्याल र ढोकाहरू

काठमाडौं उपत्यकाका ऐतिहासिक स्मारकहरूमा विभिन्न आकार र प्रकारका कलात्मक काठका झ्यालहरू पाइन्छन्। तीमध्ये प्रमुख झ्यालहरूमा:

  • मयूर झ्याल

  • देसे मरु झ्या

  • कुमारी घरका झ्यालहरू

  • ५५ झ्याले दरबारका झ्यालहरू

यी सबै काष्ठकलाका अनुपम उदाहरण हुन्।

तोरण (प्रवेशद्वारमाथिको अर्धवृत्ताकार काठको संरचना)

नेपालका ऐतिहासिक मन्दिर र दरबारहरूमा रहेको तोरण पनि काष्ठकलाको एक उत्कृष्ट नमुना हो।
उदाहरणहरू:

  • सोह्रौं शताब्दीको इटुमबहालको तोरण

  • १७औँ शताब्दीको भक्तपुर दरबारको मूलचोकको तोरण

  • प्रताप मल्ल को समयमा बनेको छुस्या वहालको तोरण

यी सबै तोरणहरू अर्धवृत्ताकार ढाँचामा तयार पारिएका छन्।

टुँडाल (छाना थाम्ने काठका बिमहरू)

१२औँ–१३औँ शताब्दीदेखिका टुँडालहरू नेपालमा भेटिन्छन्।
प्रमुख उदाहरणहरू:

  • पाटनको महाविहारका सालभञ्जिका मुद्राका टुँडालहरू

  • काठमाडौको इटुमबहालका ११औँ शताब्दीका टुँडालहरू

  • पनौतीको इन्द्रेश्वर मन्दिरका १२–१३औँ शताब्दीका टुँडालहरू

टुँडालहरू ४५ डिग्रीको कोणमा राखिएका हुन्छन् जसले छानाको भार थाम्न सहयोग पुर्‍याउँछन्। मध्यकालीन ‘तले शैली’का मन्दिरहरूमा यस्ता टुँडालहरू प्रशस्त देखिन्छन्। यी काष्ठकलाका विशिष्ट नमुना हुन्।

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1197
  • Vacancy 1
  • Past Questions 155
  • Nepal Police 10

Latest Blogs

Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 129
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 42
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 185
Ballon d'Or 2026
Current Affairs

बैलन डी'ओर, २०२६

  • Oct 27, 2026
  • 159
Best Bank Award, 2026
Current Affairs

बेष्ट बैंक अवार्ड, २०२६

  • Oct 26, 2026
  • 179
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA