नेपाल–भारत संयुक्त परियोजना शुभारम्भ तथा हस्तान्तरण (वि.सं. २०८३ मङ्सिर ७)
- मिति: वि.सं. २०८३ मङ्सिर ७ गते (सन् २०२६ नोभेम्बर २३)
- स्थान तथा माध्यम: नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट भर्चुअल माध्यममार्फत संयुक्त शुभारम्भ
- सहभागी राष्ट्रप्रमुख/कार्यकारी प्रमुख: नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी
- कुल परियोजना सङ्ख्या: ६ वटा (जसमा २ वटा उद्घाटन, ३ वटा शिलान्यास र १ वटा हस्तान्तरण रहेका)
उद्घाटन, शिलान्यास र हस्तान्तरण गरिएका ६ परियोजनाहरू:
| क्र.सं. | परियोजनाको नाम | प्रकृति | स्थान / मार्ग | मुख्य प्राविधिक तथा आर्थिक तथ्य |
| १ | तल्लो अरुण जलविद्युत् आयोजना | शिलान्यास | चिचिला गाउँपालिका र खाँदबारी नगरपालिका (संखुवासभा) |
|
| २ | बनवासा सुक्खा बन्दरगाह | शिलान्यास | बनवासा, भारत (कञ्चनपुरको दोधारा–चाँदनीसँग जोडिने) | सुदूरपश्चिमको व्यापार सहजीकरणका लागि भारततर्फको भन्सार तथा अध्यागमन पूर्वाधार निर्माण |
| ३ | सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन तथा भण्डारण टर्मिनल | शिलान्यास | सिलिगुडी (भारत) देखि झापा (नेपाल) सम्म | पूर्वी नेपालको इन्धन आपूर्ति प्रणाली सुदृढ गर्न झापा (चारआली) मा ग्रिनफिल्ड पेट्रोलियम भण्डारण टर्मिनल निर्माणको शिलान्यास |
| ४ | मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन (दोस्रो चरण) | हस्तान्तरण | मोतिहारी (भारत) देखि अमलेखगञ्ज (नेपाल) सम्म | पेट्रोलियम पाइपलाइन विस्तारको दोस्रो खण्ड नेपाल सरकारलाई औपचारिक हस्तान्तरण, जसअन्तर्गत पाइपलाइनबाट पेट्रोल र मट्टीतेल आपूर्ति सुरु |
| ५ | धार्चुला–दार्चुला पक्की पुल | उद्घाटन | धार्चुला (भारत) र दार्चुला (नेपाल) | महाकाली नदीमाथि नेपालको दार्चुला र भारतको धार्चुला जोड्ने पक्की मोटरेबल पुल |
| ६ | ‘सरयु–कमला एक्सप्रेस’ साप्ताहिक रेल सेवा | उद्घाटन | जनकपुरधाम (नेपाल) – अयोध्या (भारत) |
|
यो नि हेरम होला है!:

- भ्रमणको प्रकृति: दुईदिने औपचारिक राजकीय भ्रमण (State Visit)— प्रधानमन्त्रीको पदभार ग्रहण गरेपश्चात् बालेन्द्र (बालेन) शाहको पहिलो द्विपक्षीय विदेश भ्रमण
- भ्रमण मिति: वि.सं. २०८३ मङ्सिर ६ देखि ७ गतेसम्म (सन् २०२६ नोभेम्बर २२–२३)— वि.सं. २०८३ मङ्सिर ४ गते बसिएको मन्त्रिपरिषद् बैठकद्वारा प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण स्वीकृत गरिएको ,
- निमन्त्रणा: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा
- स्वागत तथा बासस्थान: इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद (Jitin Prasada) द्वारा सांस्कृतिक प्रस्तुतिसहित औपचारिक स्वागत गरिएको; नयाँ दिल्लीको ताजमहल होटेलमा बासस्थानको व्यवस्था मिलाइएको,
- भ्रमण दलको संख्या र संरचना: प्रधानमन्त्री शाहको नेतृत्वमा कुल ३४ सदस्यीय प्रतिनिधिमण्डल सहभागी; साथै निजी क्षेत्रको ५२ सदस्यीय छुट्टै व्यावसायिक टोली पनि भ्रमणमा सहभागी
- मुख्य सहभागी पदाधिकारीहरू: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, मुख्यसचिव गोविन्दबहादुर कार्की, परराष्ट्र सचिव अमृतबहादुर राई र प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार
- कार्यवाहक प्रधानमन्त्री (भ्रमण अवधिभर): ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ
- औपचारिक स्वागत (Guard of Honour): सन् २०२६ नोभेम्बर २३ (मङ्सिर ७) मा नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा राजकीय सम्मानका साथ स्वागत
- प्रमुख एजेन्डा र सहकार्य क्षेत्र: ऊर्जा सहकार्य, व्यापार तथा पारवहन, पूर्वाधार विकास, अन्तरदेशीय सम्पर्क सञ्जाल (कनेक्टिभिटी), लगानी, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद (मुख्यतः क्रिकेट) तथा विपद् व्यवस्थापन
- धार्मिक सर्किट विकास: जनकपुर–अयोध्या, लुम्बिनी–बोधगया र पशुपतिनाथ–वाराणसी धार्मिक सर्किट विकास गर्ने विषयमा सहमति
- विशेष उद्घाटन: ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजना प्रधानमन्त्रीद्वय शाह र मोदीद्वारा संयुक्त रूपमा उद्घाटन गरिने,