नेटो नवाचार कोष (NIF) मा क्यानडा औपचारिक रूपमा आबद्ध
लोकसेवाको पाठ्यक्रममा संयुक्त राष्ट्रसंघ, सार्क, बिमस्टेक, आसियान, युरोपेली युनियन र नेटो जस्ता प्रमुख अन्तर्राष्ट्रिय संगठनहरूको पछिल्ला निर्णय र विस्तारबारे नियमित प्रश्न सोधिन्छ।
- के हो? उत्तर एटलान्टिक सन्धि संगठन (North Atlantic Treaty Organization - NATO) का सहयोगी राष्ट्रहरूद्वारा समर्थित सन् २०२२ मा स्थापित विश्वको पहिलो बहु-सार्वभौम उद्यम पुँजी कोष (Multi-sovereign Venture Capital Fund) हो, जसले रक्षा, सुरक्षा र सुदृढता (Resilience) का चुनौतीहरू समाधान गर्ने उच्च प्रविधि (Deep Tech) स्टार्टअपहरूमा लगानी गर्दछ— सामान्यत सैनिक/रक्षा र नागरिक दुवै क्षेत्रमा प्रयोग हुन सक्ने अत्याधुनिक प्रविधिहरूमा मुख्य रूपमा लगानी गरिने कोष
- आबद्ध मिति: सन् २०२६ नोभेम्बर २१ (वि.सं. २०८३ मङ्सिर ६ गते)
- क्यानडाको नेटो नवाचार कोष (NIF) मा सदस्यता क्रम: २५औँ नेटो सदस्य राष्ट्र— यो कोषमा आबद्ध हुने क्यानडा उत्तर अमेरिका महादेशबाट पहिलो राष्ट्र बनेको,
- औपचारिक घोषणा: क्यानडाका राष्ट्रिय रक्षामन्त्री डेभिड जे. म्याकगिन्टी (David J. McGuinty) ले नोभा स्कोटियाको ह्यालिफ्याक्सबाट आबद्धताको घोषणा गरेका,
- क्यानडाको वित्तीय योगदान: कोषमा क्यानडाले १० करोड क्यानडेली डलरभन्दा बढी (करिब ६ करोड ४५ लाख ९० हजार युरो वा ७ करोड अमेरिकी डलर) योगदान गर्ने प्रतिबद्धता जनाएको,
- लगानी व्यवस्थापन निकाय: कोषमा क्यानडाको लगानी बिजनेस डेभलपमेन्ट बैंक अफ क्यानडा (Business Development Bank of Canada) ले धारण तथा व्यवस्थापन गर्ने,
- कोषको कुल पुँजी: क्यानडाको योगदानसँगै नेटो नवाचार कोष (NIF) को कुल प्रतिबद्ध पुँजी १ अर्ब १० करोड युरो (EUR 1.1 billion) भन्दा माथि पुगेको,
- प्रमुख लगानी क्षेत्रहरू: कृत्रिम बौद्धिकता (Artificial Intelligence - AI), क्वान्टम प्रविधि (Quantum Technologies), स्वायत्त प्रणाली र रोबोटिक्स (Autonomous Systems), जैविक प्रविधि (Biotechnology) र मानव क्षमता वृद्धि, अन्तरिक्ष प्रविधि (Space) र हाइपरसोनिक्स (Hypersonics), नवीन ऊर्जा र भण्डारण प्रविधि (Novel Materials & Energy)
- क्यानडाका लागि मुख्य लाभ: क्यानडाका रक्षा तथा नवप्रवर्तन क्षेत्रका स्टार्टअप र उद्यमीहरूले १ अर्ब युरोभन्दा बढीको लगानीयोग्य पुँजी र युरोपेली सहयोगी राष्ट्रहरूको बजारमा प्रत्यक्ष पहुँच प्राप्त गर्ने,