Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

राष्ट्रिय समाचार समिति

  • Bikash Shrestha
  • August 22, 2025
  • 527

राष्ट्रिय समाचार समिति

National News Committee

 

नेपाली पत्रकारितामा समाचार समितिको इतिहास वि.सं. २०१६ सालदेखि सुरु भएको मानिन्छ। सोही वर्ष पौष १ गते निजी क्षेत्रबाट काठमाडौंमा नेपाल संवाद समिति (नेसस) स्थापना भयो, जुन नेपालकै पहिलो समाचार समिति हो। त्यसको केही समयपछि, वि.सं. २०१७ साल बैशाख ३० गते काठमाडौंमै निजी क्षेत्रबाट अर्को समिति सगरमाथा संवाद समिति (ससस) स्थापनाभयो।

यी दुई समितिहरू—नेसस र ससस—लाई एकीकरण गरी वि.सं. २०१८ साल फागुन ७ गते राष्ट्रिय समाचार समिति (रासस) को स्थापना गरियो। सोही दिनदेखि राससले नियमित समाचार बुलेटिन प्रकाशित गर्न सुरु गर्‍यो।

राससलाई कानुनी आधार दिन वि.सं. २०१९ सालमा रासस ऐन जारी भयो। हाल राससले दिनमा पाँच पटक समाचार बुलेटिन प्रकाशित गर्ने गर्दछ, जसलाई नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रस्तुत गरिन्छ। यी बुलेटिनहरू दैनिक पत्रिका, रेडियो, टेलिभिजन जस्ता सञ्चार माध्यमहरूमा इन्टरनेटमार्फत प्रसारित हुन्छन्।

काठमाडौं उपत्यकासहित नेपालका विभिन्न स्थानबाट प्रकाशन वा प्रसारण हुने सञ्चारमाध्यमहरूका लागि रासस नै आधिकारिक र विश्वसनीय समाचारको प्रमुख स्रोत बनेको छ।

यसबाहेक, राससले एपी, एएफपी, रोयटर्स, सिन्ह्वा जस्ता अन्तर्राष्ट्रिय समाचार समितिबाट विश्वका विभिन्न घटनाक्रमसम्बन्धी समाचार प्राप्त गरी आफ्ना उपभोक्ताहरूलाई वितरण गर्दछ। यी समाचारहरूबाट आकर्षक फोटो सामग्री पनि उपलब्ध गराइने भएकाले नेपाली दैनिक पत्रिकाहरूलाई अझै आकर्षक बनाउन तथा पाठकलाई सन्तुष्ट पार्न राससको भूमिका उल्लेखनीय रहिआएको छ।

Categories

  • Current Affairs 727
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 108
  • Nepal Police 8

Latest Blogs

Andy Burnham appointed as new UK Prime Minister
Current Affairs

एन्डी बर्नह्याम (Andy Burnham) बेलायतको नयाँ प्रधानमन्त्रीमा नियुक्त

  • Jul 29, 2026
  • 25
New record set for youngest player to score half-century in international cricket
Current Affairs

अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कान्छो खेलाडीको नयाँ किर्तिमान कायम

  • Jul 29, 2026
  • 17
Continents and their nickname
Others

महादेश र तिनीहरूको उपनाम

  • Jul 29, 2026
  • 79
The world's 5 major oceans and their deepest points
Others

विश्वका ५ प्रमुख महासागर र तिनका सबैभन्दा गहिरा बिन्दुहरू (Deepest Points)

  • Jul 29, 2026
  • 97
World Tiger Day, 2026 (including updated tiger census data for 2082 B.S.)
Current Affairs

विश्व बाघ दिवस, २०२६ (वि.सं. २०८२ को अद्यावधिक बाघ गणनाको तथ्यांकगत अवस्थापनि समावेश!)

  • Jul 29, 2026
  • 73
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA