Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

राष्ट्रिय प्रजातन्त्र दिवस र निर्वाचन दिवस, २०८२

  • Ajnabee Khadka
  • February 19, 2026
  • 483

राष्ट्रिय प्रजातन्त्र दिवस र निर्वाचन दिवस, २०८२

National Democracy Day and Election Day, 2082

राष्ट्रिय प्रजातन्त्र दिवस

  • वि.सं. २००७ फागुन ७ गते नेपालमा प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा प्रत्येक वर्षको फागुन ७ गते राष्ट्रिय पर्वका रूपमा प्रजातन्त्र दिवस मनाउने गरिन्छ।
  • मिति: २०८२ फागुन ७ (सन् २०२६, फेब्रुअरी १९)
  • कतिऔं? ७६ औं
  • महत्व: नेपालको इतिहासमा जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्रको प्रादूर्भाव भएको गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा
  • राणा प्रधानमन्त्री मोहनशमशेरको आग्रहमा तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूको मध्यस्थतामा राणा, नेपाली कांग्रेस र राजा त्रिभुवनबीच २००७ साल फागुन १ गते त्रिपक्षीय (दिल्ली सम्झौता) भयो। राजा त्रिभुवन फागुन ४ मा नेपाल फर्के र 'हाम्रा प्रजाको शासन अब उप्रान्त निजहरूको निर्वाचन गरेको एक वैधानिक सभाले तर्जुमा गरेको गणतन्त्रात्मक विधानको अनुसार होस् भन्ने अहिले हाम्रो इच्छा र निर्णय भएकाले' भन्दै फागुन ७ गते प्रजातन्त्र स्थापना भएको घोषणा गरे। यसरी १०४ वर्षे राणाशासन अन्त्य भयो र प्रजातन्त्रको स्थापना भयो।

नेपालको प्रजातान्त्रिक आन्दोलनको विस्तृत कालक्रमिक तालिका:

मिति (वि.सं.) प्रमुख घटनाहरू तथा उपलब्धिहरू
१९५० माधवराज जोशीद्वारा "आर्य समाज" स्थापित, धार्मिक-सामाजिक सुधारमार्फत प्रजातान्त्रिक चेतनाको सुरुवात।
१९६६ कौशल अड्डाका सुब्बा कृष्णलाल अधिकारीले 'मकैको खेती' पुस्तक मार्फत राणाहरूलाई व्यङ्ग्य गरेको अभियोगमा जेल सजाय।
१९८७/८८ राणा शासन विरुद्धको पहिलो संगठित प्रयास (प्रचण्ड गोरखाको स्थापना) र लाइब्रेरी पर्व
१९९३ टंकप्रसाद आचार्यको नेतृत्वमा नेपालको पहिलो राजनीतिक दल "नेपाल प्रजापरिषद्" को स्थापना
१९९७ महावीर स्कूल पर्व र चार शहीदलाई मृत्युदण्ड
२००४ नेपाल प्रजा पञ्चायतको सत्याग्रह
२००७ फागुन ७ राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापना
२००७–२०१० डा. के.आई. सिंह, भीमदत्त पन्त र रक्षादलको विद्रोह
२०१४ प्रजातान्त्रिक मोर्चाको 'भद्र अवज्ञा आन्दोलन'
२०१५ फागुन ७ १०९ सदस्यीय संसदका लागि पहिलो आम निर्वाचन
२०१६ प्रथम निर्वाचित मन्त्रिमण्डलको गठन
२०१७ पुस १ पञ्चायती व्यवस्थाको सुरुवात (संसदीय व्यवस्थाको अन्त्य)
२०१८–२०२९ कांग्रेसको सशस्त्र संघर्ष र २०२८ को झापा विद्रोह
२०३५/३६ विद्यार्थी आन्दोलन र जनमत संग्रहको घोषणा
२०४२ नेपाली कांग्रेसको सत्याग्रह र जनवादी मोर्चाको बमकाण्ड
२०४६ जनआन्दोलनको सफलता र प्रजातन्त्रको पुनस्र्थापना
२०४७ नेपाल अधिराज्यको संविधान जारी
२०५२ माओवादी सशस्त्र द्वन्द्वको सुरुवात
२०५९–२०६१ राजा ज्ञानेन्द्रको शाही कदम र प्रत्यक्ष शासन
२०६२ मंसिर ७ सात राजनीतिक दल र माओवादी बीच १२ बुँदे सहमति
२०६२/६३ दोस्रो जनआन्दोलन र राजाको अधिकार कटौती
२०६३ मंसिर ५ विस्तृत शान्ति सम्झौता (सशस्त्र द्वन्द्वको अन्त्य)
२०६३ माघ १ अन्तरिम संविधान घोषणा र संघीयताको सुनिश्चितता
२०६५ जेठ १५ राजतन्त्र खारेज र गणतन्त्रको घोषणा
२०७२ असोज ३ संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान जारी

 

राष्ट्रिय निर्वाचन दिवस

  • १०औँ राष्ट्रिय निर्वाचन दिवस
  • मुख्य नारा: स्वच्छ, स्वतन्त्र, विश्वसनीय, पारदर्शी एवम् मितव्ययी निर्वाचन
  • नेपालको इतिहासमा पहिलो पटक वि.सं. २०१५ फागुन ७ गते आम निर्वाचन प्रारम्भ भएको र सोही ऐतिहासिक दिनको स्मरण गर्दै यो दिवस मनाउन थालिएको,
  • निर्वाचन आयोगले वि.सं. २०७३ सालदेखि प्रत्येक वर्ष फागुन ७ गतेलाई निर्वाचन दिवसको रूपमा मनाउने निर्णय गरेको,

Categories

  • Current Affairs 678
  • Gorkhapatra 315
  • Others 1058
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 7

Latest Blogs

World Blood Donor Day, 2026
Current Affairs

विश्व रक्तदाता दिवस, २०२६

  • Jun 14, 2026
  • 84
Elon Musk: The World's First Trillionaire
Current Affairs

इलन मस्क: विश्वकै पहिलो खर्बपति (Trillionaire)

  • Jun 14, 2026
  • 89
UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 50
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 43
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 46
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA