Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

आमसञ्चार र पत्रकारिता

  • Bikash Shrestha
  • August 19, 2025
  • 743

आमसञ्चार र पत्रकारिता

Mass Communication and Journalism

 

  • आमसञ्चार भन्नाले धेरै मानिसले एउटै समयमा जानकारी पाउने माध्यमलाई जनाइन्छ। यसबाट विशाल जनसमुदायले कुनै सूचना वा जानकारी एकैपटक पाउने अवसर प्राप्त गर्छन्। Mass Communication Dictionary अनुसार, आमसञ्चार भन्नाले विभिन्न प्रकृतिका सूचना वा सन्देशहरूलाई फरक–फरक भौगोलिक क्षेत्रमा रहेका श्रोता, पाठक वा दर्शकसम्म पुर्‍याउने प्रक्रियालाई जनाइन्छ।
  • पत्रकारिता प्राध्यापक लालदेउ सार्राइको भनाइअनुसार, आमसञ्चार भन्नाले समाजमा रहेका श्रोता, पाठक वा दर्शकका लागि समसामयिक जानकारी, शिक्षा वा मनोरञ्जन दिने, व्यक्तिगत वा सामाजिक स्तरमा वैचारिक तथा व्यवहारिक परिवर्तन ल्याउने खालका सन्देशहरू तुरुन्त पठाउने र तिनबाट प्रत्यक्ष प्रतिक्रिया पाउने प्रक्रियालाई बुझिन्छ।
  • आमसञ्चारले जनतालाई सचेत बनाउन, विश्वमा भइरहेका गतिविधिबारे जानकारी गराउन र उनीहरूको जीवनमा परिवर्तन ल्याउन मद्दत गर्दछ।
  • आमसञ्चारका माध्यमहरूमा पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन समाचार माध्यम, पुस्तक, प्रचार–प्रसारका सामग्री (पम्प्लेट, होर्डिङ बोर्ड), आमसभा, चलचित्र आदि पर्दछन्। इन्टरनेटमार्फत हुने अनलाइन समाचार वा सामाजिक सञ्जालमा धेरै मानिसले पढेको वा हेरेको संख्या क्लिकका आधारमा अनुमान गर्न सकिन्छ। तर एउटै व्यक्तिले पटक–पटक क्लिक गर्न सक्ने, वा एउटै क्लिकबाट धेरैले सुन्न, पढ्न वा हेर्न सक्ने भएकाले यसलाई पूर्ण रूपमा गणना गर्न सकिँदैन। त्यसैले यी सबै माध्यमहरूलाई नै आमसञ्चारका साधन मानिन्छ।

नेपालमा आमसञ्चार र पत्रकारिता

पत्रकारिता आमसञ्चारकै एउटा हिस्सा हो। अंग्रेजीमा यसलाई Journalism भनिन्छ। यो शब्द फ्रेन्च भाषाको Journal बाट बनेको हो। Journal भन्नाले “दिनभरि भएको कुरा” भन्ने बुझिन्छ। यसैबाट बनेको Journalism भन्नाले दिनभरि भएका घटनामध्ये महत्वपूर्ण घटनालाई छनोट गरेर समाचार, अन्तर्वार्ता, समीक्षा, सम्पादकीय, फोटो वा कार्टूनका रूपमा प्रकाशन वा प्रसारण गर्ने कार्यलाई जनाइन्छ।
पत्रकारिता भन्नाले ताजा घटनालाई संकलन, सम्पादन र पत्रपत्रिका, रेडियो, टेलिभिजन वा अनलाइन प्लेटफर्ममार्फत श्रोता, पाठक वा दर्शकलाई सरल भाषामा जानकारी दिनेलाई बुझिन्छ।

पत्रकारितालाई दुई भागमा विभाजन गरिएको छः

  1. छापा माध्यम (Print Media): पत्रपत्रिका आदि।

  2. विद्युतीय माध्यम (Electronic Media): रेडियो, टेलिभिजन, अनलाइन मिडिया र सामाजिक सञ्जाल।

यसरी पत्रकारितामा छापा र विद्युतीय माध्यमलाई अलग–अलग तरिकाले वर्गीकृत गरिएको छ।

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1197
  • Vacancy 1
  • Past Questions 155
  • Nepal Police 10

Latest Blogs

Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 127
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 42
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 183
Ballon d'Or 2026
Current Affairs

बैलन डी'ओर, २०२६

  • Oct 27, 2026
  • 159
Best Bank Award, 2026
Current Affairs

बेष्ट बैंक अवार्ड, २०२६

  • Oct 26, 2026
  • 175
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA