Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

महिषपालवंशी राजाहरू

  • Bikash Shrestha
  • June 08, 2025
  • 1958

महिषपालवंशी राजाहरू

Kings of the Mahishpala dynasty

महिषपालवंशी राजाहरू

गोपालवंशका अन्तिम राजा जितगुप्तलाई युद्धमा पराजित गरेर महिषपालहरूले नेपालको शासनमा नियन्त्रण स्थापना गरेको कुरा गोपाल राजवंशावलीमा उल्लेख गरिएको छ।

केही इतिहासकारहरूका अनुसार, जसरी गाई पाल्नेहरूलाई “गोपाल” भनिन्थ्यो, त्यसैगरी भैंसी पाल्नेहरूलाई “महिषपाल” वा “आभीर” भनिन्थ्यो। यद्यपि, गोपाल र आभीर एउटै वंशका भएको र केवल पेसागत आधारमा दुई समुदायमा विभाजन भएको मानिन्छ।

किर्कप्याट्रिकको वंशावली अनुसार, आभीरहरू ग्वाला (गोठालो) जातिका थिए र राजपुत उत्पत्तिका मानिन्छन्। उनीहरूले सिम्रौनगढ र जनकपुरबीचको समथर क्षेत्रमा हातहतियारसहित ठूलो सङ्ख्यामा भैंसी पालन गर्ने गर्थे। पछि उनीहरू उपत्यकामा प्रवेश गरेर गोपालवंशी राजालाई पराजित गरी शासनमा नियन्त्रण स्थापना गरेका थिए।

यस वंशका प्रथम राजा वरसिंह थिए। गोपालवंशावलीअनुसार, यस वंशका तीन जना शासक वरसिंह, जयसिंह र भुवनसिंहले क्रमशः ४९ वर्ष, ७१ वर्ष २ महिना, र ४१ वर्ष गरी जम्मा १६१ वर्ष २ महिना शासन गरेका थिए।

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1197
  • Vacancy 1
  • Past Questions 155
  • Nepal Police 10

Latest Blogs

Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 142
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 55
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 195
Ballon d'Or 2026
Current Affairs

बैलन डी'ओर, २०२६

  • Oct 27, 2026
  • 171
Best Bank Award, 2026
Current Affairs

बेष्ट बैंक अवार्ड, २०२६

  • Oct 26, 2026
  • 195
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA