Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

कर्णाली प्रदेशको खस मल्ल राज्य

  • Bikash Shrestha
  • June 11, 2025
  • 1106

कर्णाली प्रदेशको खस मल्ल राज्य

Khas Malla Kingdom of Karnali Province

कर्णाली प्रदेशको खस मल्ल राज्य

कर्णाली प्रदेशको खस मल्ल राज्य पूर्वमा नुवाकोट, पश्चिममा केदार, उत्तरमा तिब्बत र दक्षिणमा तराई भूभागसम्म फैलिएको थियो। यस राज्यको प्रवेशद्वार हालको कैलाली–कञ्चनपुर क्षेत्रको मल्लवार मानिन्छ। तिब्बतका केही भागहरू पनि यस राज्यको प्रभाव क्षेत्रमा परेका थिए। पश्चिममा गढवाल, कुमाउँदेखि पूर्वमा गोरखासम्म फैलिएको खस साम्राज्य तत्कालीन नेपालकै सबैभन्दा ठूलो भूभाग थियो।

खस राज्यको राजधानी सिँजा थियो। तिब्बतको खाडी प्रदेशबाट आएका नागराजले कर्णाली क्षेत्रमा स्वतन्त्र खस राज्यको स्थापना गरेका थिए भन्ने मानिन्छ। यो घटना ई.सं. ११५० तिर, अर्थात् १२औँ शताब्दीतिर भएको अनुमान गरिन्छ। तिब्बती वंशावली, वि.सं. १४१४ को दुल्लु अभिलेख तथा गोपाल वंशावली आदि स्रोतहरूबाट यस क्षेत्रको इतिहासबारे जानकारी प्राप्त गर्न सकिन्छ।

यस राज्यका प्रमुख शासकहरूमा नागराज, चातिल्य, क्राचिल्ल, अशोक चल्ल, जितारी मल्ल, रिपु मल्ल, आदित्य मल्ल, पुण्य मल्ल र पृथ्वी मल्ल आदि थिए। खस राज्यको अस्तित्व करिब २२६ वर्ष जति रह्यो।

खस राज्यको पतनपछि सुदूर पश्चिममा बझाङ, डोटी, जाजरकोट जस्ता बाइसे राज्यहरू जन्मिएका थिए। वर्तमानमा सबैभन्दा अविकसित र पछाडि परेको मानिएको यो क्षेत्र मध्यकालमा भने एक शक्तिशाली राज्यको रूपमा रहेको थियो।

भाषासम्बन्धी योगदान

पश्चिमी खस राज्यको सबैभन्दा महत्वपूर्ण योगदान भाषासम्बन्धी हो। हालको नेपाली भाषाको उत्पत्ति यही खस मल्ल राज्यमा भएको मानिन्छ। त्यसैले यस भाषालाई ‘खसकुरा’ वा ‘सिँजाली भाषा’ पनि भनिन्छ। खस मल्ल राजाहरूले यस भाषालाई राजकाजको माध्यम बनाएका थिए, जसले गर्दा यो भाषा निरन्तर परिवर्तन हुँदै विकसित हुँदै गयो।

खस राज्यको विघटनपछि बनेका बाइसे र चौबिसे राज्यहरूमा पनि यही भाषाको व्यापक प्रयोग भएको पाइन्छ। ती राज्यहरूमा पनि यसै भाषाले राजकीय भाषा (राजभाषा) को स्थान पाएको थियो। पछि नेपाल एकीकरण हुँदा यही भाषा राष्ट्रभाषाका रूपमा स्थापित भइ नेपाली भाषा बन्यो।

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1197
  • Vacancy 1
  • Past Questions 155
  • Nepal Police 10

Latest Blogs

Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 141
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 54
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 192
Ballon d'Or 2026
Current Affairs

बैलन डी'ओर, २०२६

  • Oct 27, 2026
  • 171
Best Bank Award, 2026
Current Affairs

बेष्ट बैंक अवार्ड, २०२६

  • Oct 26, 2026
  • 192
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA