Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

सिम्रौनगढको कर्णाटक राज्य

  • Bikash Shrestha
  • June 10, 2025
  • 696

सिम्रौनगढको कर्णाटक राज्य

Karnataka State of Simraungadh

सिम्रौनगढको कर्णाटक राज्य

सिम्रौनगढ मधेश प्रदेशको साविक बारा जिल्लामा पर्दछ। यसको प्राचीन नाम सिमरा–वनगढ थियो। त्यस समयका ठूला बस्तीहरू सुरक्षाको दृष्टिकोणले गढ (किल्ला)को रूपमा बनाइन्थे, जुन कतिपय अवस्थामा जङ्गलको बीचमा पनि हुन्थे। वनभित्र बनाइएका यस्ता गढलाई ‘वनगढ’ वा ‘वनदुर्ग’ भनिन्थ्यो। सिमराको वनमा बनाइएको गढ भएकोले त्यस क्षेत्रलाई सिमरा–वनगढ भनिएको थियो, जुन पछि अपभ्रंश भएर सिम्रौनगढ भएको हो।

सिम्रौनगढ वरपरको सम्पूर्ण क्षेत्र त्यस समय तिरहुत नामले प्रसिद्ध थियो। काठमाडौँ उपत्यकाका तात्कालीन प्रमाणहरूमा यस क्षेत्रलाई डोय राज्य भनिएको पाइन्छ। ‘डोय’ भन्नाले तल्लो जातका मानिसहरूको बस्ती भन्ने बुझाउँछ। पश्चिममा खस राज्य स्थापना भइसकेपछि दक्षिण र पूर्वी तराईसमेत समेटेर कर्णाटक वंशले डोय (तिरहुत) राज्य खडा गरेका थिए। यसको राजधानी सिम्रौनगढ (सिमरा–वनगढ) थियो।

कर्णाटक राज्यको स्थापना नान्यदेवले वि.सं. ११५४ (इ.सं. १०९७) मा गरेका थिए। करिब २२९ वर्षसम्म यो राज्य स्वतन्त्र रूपमा कायम रह्यो र अन्ततः इ.सं. १३२६ मा दिल्लीका मुसलमान बादशाह गयासुद्दिन तुगलकको आक्रमणबाट ध्वस्त भयो। यस राज्यका प्रमुख शासकहरू नान्यदेव र हरिसिंहदेव थिए।

नान्यदेव दक्षिण भारतको कर्णाटक क्षेत्रका बासिन्दा थिए। उनी चालुक्य शासक विक्रमादित्य छैटौँका सेनापति थिए। विक्रमादित्यको उत्तर भारततर्फको विजय अभियानका क्रममा नान्यदेव नेपालतिर आएका थिए र सिम्रौनगढलाई केन्द्र बनाएर राज्य स्थापना गरेका थिए। नान्यदेवपछि क्रमशः गङ्गादेव, नरसिंहदेव, रामसिंहदेव, शक्तिसिंहदेव, भूपालसिंहदेव र अन्तिम शासक हरिसिंहदेवले शासन गरे।

हरिसिंहदेवका शासनकालमा दिल्लीका गयासुद्दिन तुगलकले आक्रमण गरेपछि राज्य समाप्त भयो। हरिसिंहदेवकी रानी देवलदेवी र छोरा जगतसिंह शरणार्थीको रूपमा काठमाडौँ उपत्यका आए। उनीहरूले आफूसँग ल्याएको तुलजा भवानी को कलश उपत्यकामा स्थापना गरे। यही देवी पछि उपत्यकाका मल्ल राजाहरूको कुलदेवी बनिन्।

देवलदेवीका छोरा जगतसिंहको विवाह मल्ल राजकुमारी नायकदेवीसँग भयो। यस जोडीबाट जन्मेकी राजल्लदेवीसँग पछि जयस्ठिति मल्लको विवाह भयो।

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1197
  • Vacancy 1
  • Past Questions 155
  • Nepal Police 10

Latest Blogs

Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 141
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 54
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 192
Ballon d'Or 2026
Current Affairs

बैलन डी'ओर, २०२६

  • Oct 27, 2026
  • 171
Best Bank Award, 2026
Current Affairs

बेष्ट बैंक अवार्ड, २०२६

  • Oct 26, 2026
  • 192
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA