Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

सिँचाइ

  • Bikash Shrestha
  • August 14, 2025
  • 600

सिँचाइ

Irrigation


आर्थिक सर्वेक्षण २०८०/८१ अनुसार नेपालमा हरेक वर्ष सिँचाइ सुविधा विस्तार भइरहेको छ। २०७९ फागुनसम्म, कुल सिँचाइयोग्य जमिन १७ लाख ६० हजार हेक्टर मध्ये ८८.५ प्रतिशत क्षेत्रमा सिँचाइ सुविधा पुगेको थियो।
त्यस्तै, कुल कृषियोग्य जमिन २६ लाख ४० हजार हेक्टर मध्ये ५९ प्रतिशत क्षेत्रमा सिँचाइ सुविधा पुगेको थियो। २०८० असार मसान्तसम्म १५ लाख ५५ हजार ५ सय ८ हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुगेको थियो।


आर्थिक वर्ष २०८०/८१ को फागुनसम्म, संघीय आयोजना मार्फत:

  • सतह सिँचाइ — ६२० हेक्टर

  • लिफ्ट सिँचाइ — २७० हेक्टर

  • भूमिगत सिँचाइ — ७०० हेक्टर

  • जलाशय — ५० हेक्टर

जम्मा १,६४० हेक्टर क्षेत्रमा नयाँ सिँचाइ सुविधा थपिएको छ। यससँगै २०८० फागुनसम्म कुल १५ लाख ५७ हजार १ सय ४८ हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ।
भूमिगत सिँचाइमा, १३ वटा डिप बोरिङ प्रणालीमार्फत ५२० हेक्टरमा सिँचाइ विस्तार भएको थियो। आर्थिक वर्ष २०८०/८१ मा थप ६ बोरिङमार्फत ३०० हेक्टरमा सिँचाइ सुविधा पुर्‍याइएको छ।
हाल नेपालमा कुल सिँचित क्षेत्रमध्ये करिब एक-तिहाइ भूभागमा मात्र वर्षैभरि सिँचाइ सुविधा उपलब्ध छ। दिगो, न्यायोचित र सन्तुलित क्षेत्रीय विकासका लागि समावेशी तथा साझेदारी व्यवस्थापनको आधारमा, सतह र भूमिगत दुवै प्रकारका जलस्रोतको अधिकतम उपयोग गर्दै वर्षैभरि सिँचाइ सुविधा पुर्‍याउने पूर्वाधार विकास गर्नु आजको आवश्यकता हो। यसबाट कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि, गरिबी न्यूनीकरण र समृद्धितर्फको अग्रगमन सम्भव हुन्छ।

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1197
  • Vacancy 1
  • Past Questions 155
  • Nepal Police 10

Latest Blogs

Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 127
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 42
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 183
Ballon d'Or 2026
Current Affairs

बैलन डी'ओर, २०२६

  • Oct 27, 2026
  • 159
Best Bank Award, 2026
Current Affairs

बेष्ट बैंक अवार्ड, २०२६

  • Oct 26, 2026
  • 175
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA