Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

मल्ल वंशको परिचय

  • Bikash Shrestha
  • June 12, 2025
  • 1803

मल्ल वंशको परिचय

Introduction to the Malla Dynasty

मल्ल वंशको परिचय

नेपाल उपत्यकामा मल्ल वंशको शासन व्यवस्था तेह्रौं शताब्दीको आरम्भदेखि स्थापित भएको मानिन्छ। यस वंशका प्रारम्भिक शासकको रूपमा अरि मल्लको नाम लिइन्छ, यद्यपि मल्लहरूको सक्रियता अरि मल्लभन्दा एक शताब्दी अघिदेखि नै शासन क्षेत्रमा देखिन्छ। गोपाल राजवंशावली तथा केही अभिलेखहरूमा पनि मल्लहरूको प्रारम्भिक सक्रियताको प्रमाण पाइन्छ।

मल्लहरू प्राचीन क्षत्रिय जातिका रूपमा चिनिन्छन्। संस्कृत वाङ्मय, महाभारत, बौद्ध साहित्य, मनुस्मृति तथा विभिन्न पुराणहरूमा मल्लहरूको उल्लेख गरिएको छ। महाभारतमा मल्लहरूको चर्चा काशेलहरूसँग सँगै गरिएको छ। माकण्डेय पुराणमा तिनीहरूलाई मिथिलाका विदेहहरूसँग जोडेर वर्णन गरिएको छ।

पाँचौं र छैटौं शताब्दी ईसा पूर्वका सङ्गठित गणराज्यहरू क्रमशः राजतन्त्रमा परिणत हुँदै गएपछि नेपालमा विभिन्न राजवंशहरू प्रवेश गरेका थिए। लिच्छवि, कोली, शाक्य र मल्लहरू शरणार्थीका रूपमा नेपाल आएका थिए। शाक्यहरू काठमाडौं उपत्यकामा बसोबास गर्न थाले भने कोलीहरू आजको कीर्तिपुर क्षेत्र (प्राचीन कान्तिपुर) मा बसेका थिए। मल्लहरू सुरुमा गण्डकी क्षेत्रमा र पछि उपत्यकामा कतै न कतै बसोबास गरेको पाइन्छ।

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1197
  • Vacancy 1
  • Past Questions 155
  • Nepal Police 10

Latest Blogs

Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 141
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 54
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 192
Ballon d'Or 2026
Current Affairs

बैलन डी'ओर, २०२६

  • Oct 27, 2026
  • 171
Best Bank Award, 2026
Current Affairs

बेष्ट बैंक अवार्ड, २०२६

  • Oct 26, 2026
  • 192
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA