हरित पेटिका अभियान
- अवधारणा: यो वातावरण संरक्षण, दिगो विकास र महिला सशक्तीकरणलाई जोड्ने एक ऐतिहासिक र विश्वव्यापी रूपमा चर्चित गैर-सरकारी अभियान,
- स्थापना वर्ष: सन् १९७७
- सुरुवात भएको देश: केन्या, अफ्रिका
- मुख्य नारा: "जब हामी रूख रोप्छौँ, हामी आशाका बीउहरू रोप्छौँ।" (When we plant trees, we plant the seeds of peace and hope.)
- संस्थापक: वाङ्गारी माथाई (Wangari Maathai)
- ऐतिहासिक कीर्तिमान: वाङ्गारी माथाई पर्यावरण र दिगो विकासको क्षेत्रमा योगदान पुर्याएबापत नोबेल शान्ति पुरस्कार (सन् २००४) पाउने पहिलो अफ्रिकी महिला र पहिलो पर्यावरणविद् (Environmentalist) बन्न सफल भएका,
- यस अभियानको सुरुवात 'केन्याका महिलाहरूको राष्ट्रिय परिषद् (National Council of Women of Kenya - NCWK)' को अग्रसरतामा भएको,
- अभियानको मुख्य उद्देश्य र रणनीति (Core Objectives & Strategy)
- वन विनाश रोक्नु (Afforestation): तीव्र रूपमा भइरहेको वन विनाश र मरुभूमीकरण नियन्त्रणका लागि व्यापक रूपमा वृक्षरोपण गर्ने,
- महिला सशक्तीकरण (Women Empowerment): ग्रामीण क्षेत्रका महिलाहरूलाई वृक्षशाला (Nursery) स्थापना र व्यवस्थापन गर्न सिकाउने र उनीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने,
- खाद्य र जल सुरक्षा: जैविक विविधताको संरक्षण र जलस्रोतको पुनरुत्थान गरी खाद्य सुरक्षा सुनिश्चित गर्ने,
- नागरिक चेतना र सुशासन (Democracy & Peace): लोकतन्त्र, मानव अधिकार र वातावरणीय सुशासनका लागि आवाज उठाउने,
-
अभियानका मुख्य उपलब्धि र प्रभाव (Key Achievements & Impact)
- वृक्षरोपणको तथ्याङ्क: यस अभियान अन्तर्गत अफ्रिका (विशेष गरी केन्या) मा हालसम्म ५,००० भन्दा बढी नर्सरीमार्फत ५ करोड १० लाखभन्दा बढी रूख रोप्न सफल भएको,
- महिला सहभागिता: हजारौँ ग्रामीण महिलाहरूले रोजगारी र नर्सरी व्यवस्थापनको सीप पाएर आर्थिक आत्मनिर्भरता हासिल गरेको,
- राजनीतिक प्रभाव: तत्कालीन केन्याको तानाशाही सरकारविरुद्ध पर्यावरण र नागरिक अधिकारको रक्षाका लागि यस अभियानले ठुलो जनचेतना फैलाएको,
- विश्वव्यापीकरण: यो मोडल पछि 'प्यान-अफ्रिकन हरित पेटिका सञ्जाल (Pan-African Green Belt Network)' मार्फत तान्जानिया, युगान्डा, मलावी जस्ता अन्य अफ्रिकी देशहरूमा पनि विस्तार भएको,