Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विश्वव्यापी आतंकवाद सूचकांक (GTI), २०२६

  • Ajnabee Khadka
  • March 22, 2026
  • 630

विश्वव्यापी आतंकवाद सूचकांक (GTI), २०२६

Global Terrorism Index (GTI), 2026
  • प्रकाशन गर्ने संस्था: अर्थशास्त्र र शान्ति संस्थान (Institute for Economics & Peace)
  • प्रकाशन मिति: २२ मार्च, २०२६
  • प्रतिवेदनमा समेटिएका राष्ट्रहरु: १६३ देशहरू

समग्र वैश्विक अवस्था (Overall Global Trends):

  • सन् २०२४ को तुलनामा आतंकवादका कारण हुने मृत्युमा २८ प्रतिशतले कमी आई ५,५८२ पुगेको,
  • आतंकवादी आक्रमणका घटनाहरूमा करिब २२ प्रतिशतले गिरावट आएर २,९४४ पुगेको,
  • विश्वका ८१ देशहरूमा आतंकवादको प्रभावमा सुधार आएको छ, जबकि १९ देशहरूमा अवस्था बिग्रिएको,
  • आतंकवादबाट हुने मृत्युको करिब ७० प्रतिशत हिस्सा केवल ५ वटा देशहरू (पाकिस्तान, बुर्किना फासो, नाइजेरिया, नाइजर र प्रजातान्त्रिक गणतन्त्र कङ्गो) मा मात्र सीमित,
  • प्रतिवेदनमा समेटिएका १६३ देशहरूमध्ये ६५ वटा देशमा आतंकवादको प्रभाव शून्य रहेको,
  • सन् २००७ देखि यता आतंकवादको एउटा पनि घटना दर्ता नभएको राष्ट्रहरु: २५ वटा

आतंकवादबाट सबैभन्दा बढी प्रभावित देशहरू:

श्रेणी (Rank)
देश 
GTI स्कोर 
१
पाकिस्तान
८.५७४
२
बुर्किना फासो
८.३२४
३
नाइजर
७.८१६
४
नाइजेरिया
७.७९२
५
माली
७.५८६
६
सिरिया
७.५४५
७
सोमालिया
७.३९१
८
प्रजातान्त्रिक गणतन्त्र कङ्गो (DRC)
७.१७१
९
कोलम्बिया
७.११६
१०
इजरायल
६.७९०
  • सूचकांकको इतिहासमा पहिलो पटक पाकिस्तान शीर्ष स्थानमा पुगेको छ, जहाँ सन् २०२५ मा १,१३९ जनाको मृत्यु र १,०४५ वटा आतंकवादी घटनाहरू भएका,
  • तालिकामा रहेका १० देशहरूमध्ये ६ वटा देशहरू (बुर्किना फासो, नाइजर, नाइजेरिया, माली, सोमालिया र DRC) उप-सहारा अफ्रिका क्षेत्रका हुन्, जुन अहिले आतंकवादको विश्वव्यापी केन्द्र बनेको,
  • सन् २०१३ पछि पहिलो पटक कोलम्बिया शीर्ष १० को सूचीमा परेको छ, जहाँ मृत्युदर ७० प्रतिशतले बढेको,
  • यस वर्ष अफगानिस्तान इतिहासमै पहिलो पटक शीर्ष १० को सूचीबाट बाहिर निस्किएको छ र ११ औं स्थानमा रहेको,

मुख्य आतंकवादी समूहहरू:

  • सन् २०२५ मा भएका कुल मृत्युको ७० प्रतिशतका लागि चारवटा मुख्य आतंकवादी समूहहरू (Islamic State (IS), Jama'at Nusrat al-Islam wal-Muslimin (JNIM), Tehrik-e-Taliban Pakistan (TTP), Al-Shabaab) जिम्मेवार रहेका; यी चार समूहहरू सन् २०२५ मा आतंकवादबाट भएका ३,८६९ जनाको मृत्युका लागि सामूहिक रूपमा जिम्मेवार,
समूहको नाम
प्रमुख सक्रिय क्षेत्र
२०२५ मा मृत्यु संख्या
२०२५ मा आक्रमण संख्या
Islamic State (IS)
सिरिया, नाइजेरिया, नाइजर लगायत १५ देशहरू
१,६७२
४८८
Jama'at Nusrat al-Islam wal-Muslimin (JNIM)
साहेल क्षेत्र (बुर्किना फासो, माली, नाइजर, बेनिन)
१,२७४
१४७
Tehrik-e-Taliban Pakistan (TTP)
पाकिस्तान र अफगानिस्तान
६३७
५९५
Al-Shabaab
सोमालिया र पूर्वी अफ्रिका (केन्या, युगान्डा)
२८६
९३
  • अन्य समूहहरू:
    • Boko Haram: नाइजेरिया र क्यामरुनमा सक्रिय यस समूहले २०२५ मा २१३ जनाको ज्यान लिएको,
    • Balochistan Liberation Army (BLA): यसले पाकिस्तानको क्वेटामा रेल अपहरण गरी ४४२ जनालाई बन्धक बनाएको,

आतंकवादको क्षेत्रीय परिदृश्य:

क्षेत्र
मुख्य तथ्य र तथ्यांकहरू
उप-सहारा अफ्रिका
  • यो क्षेत्र आतंकवादको विश्वव्यापी केन्द्र (Epicentre) बनेको छ, जहाँ विश्वका १० सबैभन्दा प्रभावित देशहरूमध्ये ६ वटा रहेका,
  • यस क्षेत्रमा मात्र विश्वभरको कुल मृत्युको ५० प्रतिशतभन्दा बढी घटनाहरू हुन्छन्,
  • नाइजेरिया र प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा मृत्युदरमा उल्लेखनीय वृद्धि भएको,
दक्षिण एसिया
  • औसत स्कोरका आधारमा यो सबैभन्दा बढी प्रभावित क्षेत्र कायम भएको,
  • इतिहासमै पहिलो पटक पाकिस्तान विश्वको सबैभन्दा बढी प्रभावित देश बनेको,
मध्य पूर्व र उत्तर अफ्रिका
  • यो क्षेत्रमा ऐतिहासिक सुधार देखिएको छ, जहाँ विगत एक दशकमा मृत्युदर ९६ प्रतिशतले घटेको,
  • सन् २०२५ मा मात्र यहाँ मृत्युदर ८१ प्रतिशत र घटनाहरू ५६ प्रतिशतले घटेका,
  • सिरिया र इजरायल यस क्षेत्रका सबैभन्दा प्रभावित देश,
पश्चिमी देशहरू
  • पश्चिमी देशहरूमा आतंकवादबाट हुने मृत्युमा २८० प्रतिशतको ठूलो वृद्धि भई ५७ पुगेको,
  • यस क्षेत्रमा युवा कट्टरपन्थीकरण र एक्लो आक्रमणकारी (Lone-wolf) हरू यहाँ मुख्य चुनौती बनेका,
दक्षिण अमेरिका
  • राजनीतिक विचारधारासँग सम्बन्धित आतंकवादबाट हुने विश्वव्यापी मृत्युको ७५ प्रतिशत हिस्सा यस क्षेत्रमा,
  • कोलम्बियामा विद्रोही समूहहरू (The Revolutionary Armed Forces of Colombia (FARC) र National Liberation Army, Colombia) को सक्रियताका कारण मृत्युदर ७० प्रतिशतले बढेको,
एसिया-प्रशान्त
  • यस क्षेत्रमा समग्र सुधार देखिएको छ र मृत्युदर २७.७ प्रतिशतले घटेको,
  • म्यानमार लगातार पाँचौं वर्ष यस क्षेत्रको सबैभन्दा बढी प्रभावित देश बनेको,
पूर्वी युरोप र मध्य एसिया
  • यो क्षेत्र आतंकवादबाट विश्वको तेस्रो कम प्रभावित क्षेत्र,
  • रूसमा आतंकवादी घटनाहरूको संख्या ४४ प्रतिशतले बढे पनि मृत्युदरमा ९० प्रतिशतले कमी आएको,

 

नेपाल: आतंकवाद सूचकांक २०२६ को मुख्य तथ्यांक

  • विश्वव्यापी श्रेणी (Rank): ८९ औं स्थान
  • GTI स्कोर: ०.२८८
  • शून्य आक्रमण: सन् २०२५ मा नेपालमा कुनै पनि आतंकवादी आक्रमण रेकर्ड नगरिएको,
  • नेपालले दक्षिण एसियाली क्षेत्रमै आतंकवादको प्रभाव घटाउने मामिलामा सबैभन्दा ठूलो सुधार (Largest Improvement) दर्ता गरेको,

दक्षिण एसियाली सन्दर्भमा नेपालको स्थिति:

विश्वव्यापी श्रेणी (Global Rank)
देश
GTI स्कोर (GTI Score)
१
पाकिस्तान
८.५७४
११
अफगानिस्तान
६.६७८
१३
भारत
६.४२८
४२
बंगलादेश
२.२८६
८९
नेपाल
०.२८८
१००
भुटान
०.०००
१००
श्रीलङ्का
०.०००

 

Categories

  • Current Affairs 804
  • Gorkhapatra 345
  • Others 1189
  • Vacancy 1
  • Past Questions 149
  • Nepal Police 9

Latest Blogs

National Day Collection (2083, Vaisakh-Asoj)
Current Affairs

राष्ट्रिय दिवस सङ्गालो (वि.सं. २०८३ वैशाख–असोज)

  • Sep 24, 2026
  • 67
Kavidanda National Short Story Award-2082
Current Affairs

कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार-२०८२

  • Sep 24, 2026
  • 202
Nepal Rastra Bank issues Rs. 1,000 note with new features
Current Affairs

नेपाल राष्ट्र बैंकद्वारा नयाँ विशेषतासहितको रु. १,००० को नोट जारी

  • Sep 24, 2026
  • 218
International Sign Language Day, 2026
Current Affairs

अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस, २०२६

  • Sep 23, 2026
  • 95
The number of countries with which Nepal has established diplomatic relations has reached 186
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८६ पुगेको

  • Sep 23, 2026
  • 133
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA