Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नेपालमा पहिलो पटक सालक सम्मेलन

  • Ajnabee Khadka
  • February 16, 2026
  • 406

नेपालमा पहिलो पटक सालक सम्मेलन

First ever Salak Conference in Nepal

सम्मेलनको प्रमुख पृष्ठभूमि:

  • सम्मेलनको नाम: पहिलो बागमती सालक सम्मेलन
  • आयोजना मिति: २०८२ माघ २६
  • आयोजना स्थल: माडी, चितवन
  • मुख्य आयोजक: बागमती प्रदेश सरकार, वन तथा वातावरण मन्त्रालय
  • संयोजक निकाय: डिभिजन वन कार्यालय, चितवन
  • सहभागी संख्या: १३ जिल्लाका सब डिभिजन प्रतिनिधि, विज्ञ र सरोकारवाला गरी २०० भन्दा बढी
  • मुख्य उद्देश्य: सालकको वर्तमान अवस्था, संरक्षणका चुनौती र भावी रणनीतिका विषयमा छलफल गर्ने,
  • पहिलो बागमती सालक सम्मेलनको क्रममा जारी गरिएको घोषणा पत्र: सालक संरक्षणका लागि माडी घोषणा-पत्र

 

माडी घोषणा-पत्र २०८२ का मुख्य बुँदाहरू

क्र.सं. मुख्य विषय प्रतिबद्धता तथा घोषणा
१ बासस्थान र शिक्षा सालक पाइने वन र संरक्षित क्षेत्रहरूमा संरक्षण तथा बासस्थान व्यवस्थापन गर्ने र संरक्षण शिक्षा अभिवृद्धि गर्ने कार्यलाई सरोकारवाला निकायको पहलमा कार्यान्वयन गर्ने।
२ सामूहिक पहल चोरी-सिकार तथा अवैध व्यापार नियन्त्रणका लागि तीन तहका सरकार, संरक्षण साझेदार संघ-संस्थाहरू र स्थानीय समुदायहरूको सहयोगमा सामूहिक पहल गर्ने।
३ योजना कार्यान्वयन नेपाल सरकारले तर्जुमा गरेको सालक संरक्षण कार्ययोजनालाई प्रभावकारी कार्यान्वयन गर्न प्रदेश स्तरीय योजना बनाई सोको लागि आवश्यक साधन स्रोत जुटाई लागू गर्ने।
४ अध्ययन र अनुसन्धान स्थानीय समुदायको सहभागितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ-संस्थाहरू, विश्वविद्यालय र तीनै तहका सरकारको सहकार्यमा आवश्यक अध्ययन अनुसन्धान अगाडि बढाउने।
५ स्थानीय सहभागिता सालक संरक्षणका लागि स्थानीयको सक्रिय सहभागिता र अपनत्व हुने गरी संरक्षण कार्ययोजना निर्माण तथा प्रभावकारी कार्यान्वयन गर्ने।
६ राष्ट्रिय स्तरको अनुरोध अन्य सबै प्रदेश तथा राष्ट्रिय स्तरमा सालक सम्मेलन गर्न बागमती प्रदेश सरकारमार्फत अनुरोध गर्ने।
७ गौरवको प्राणी र बजेट सालकलाई बागमती प्रदेशको 'गौरवको प्राणी' घोषणा गर्ने र यसको संरक्षणमा नीति कार्यक्रमसहित उचित बजेट व्यवस्थापनको प्रतिबद्धतालाई वैधानिकता प्रदान गर्न आवश्यक पहल गर्ने।

 

सालक सम्बन्धी महत्वपूर्ण तथ्यहरू:

  • एशियामा पाइने चार प्रजातिका सालक मध्ये नेपालमा दुई प्रजाति (कालो (Chinese Pangolin)/सानो सालक वा तामे सालक (Indian Pangolin)) पाइन्छन्,
  • यसलाई शरीरभरि कत्ला हुने र कमिला खाने भएकोले "Scaly Anteater" पनि भनिन्छ,
  • सामान्य अंग्रेजीमा यसलाई "Pangolin" भनिन्छ,
  • नेपालमा पाइने सालकका दुई प्रजातिहरूको वैज्ञानिक नाम:
    • कालो सालक (Chinese Pangolin): Manis pentadactyla
    • तामे सालक (Indian Pangolin): Manis crassicaudata 
  • स्थानीय नामहरू:
    • तामाङ समुदाय: घोस
    • नेवार समुदाय: केंग्या
    • अन्य जिल्लाहरू: साल माछा
  • नेपालका कतिवटा जिल्लामा सालक पाइन्छन्? ६१ जिल्लामा
  • अन्तर्राष्ट्रिय (IUCN) र राष्ट्रिय रूपमा सालकलाई 'अति संकटपन्न' (Critically Endangered) सूचीमा राखिएको,
  • नेपालको कानुन (राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९) अनुसार सालक मार्ने, हानी पुर्‍याउने वा अंग व्यापार गर्नेलाई:
    • जरिवाना: ४०,००० देखि ७५,००० रुपैयाँसम्म
    • कैद: १ देखि १० वर्षसम्म, वा दुवै सजाय 

Categories

  • Current Affairs 678
  • Gorkhapatra 315
  • Others 1060
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 7

Latest Blogs

World Blood Donor Day, 2026
Current Affairs

विश्व रक्तदाता दिवस, २०२६

  • Jun 14, 2026
  • 85
Elon Musk: The World's First Trillionaire
Current Affairs

इलन मस्क: विश्वकै पहिलो खर्बपति (Trillionaire)

  • Jun 14, 2026
  • 90
UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 52
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 44
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 48
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA