Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

फिफा विश्वकप, २०२६ सुरु हुनु अघि जान्नुपर्ने कुराहरू!

  • Ajnabee Khadka
  • April 03, 2026
  • 812

फिफा विश्वकप, २०२६ सुरु हुनु अघि जान्नुपर्ने कुराहरू!

FIFA 2026 World Cup (Things to know before the World Cup starts!)
  • उत्तर अमेरिकी महाद्वीपमा आयोजना हुन लागेको फिफा २०२६ विश्वकप फुटबल इतिहासकै सबैभन्दा ठूलो र भव्य प्रतियोगिता हुने,
  • आयोजक राष्ट्र: अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा
  • मिति: जुन ११, २०२६ मा मेक्सिको सिटीको ऐतिहासिक एस्टेका रंगशालाबाट सुरु र फाइनल खेल जुलाई १९, २०२६ मा न्यु जर्सी (MetLife Stadium) मा
  • टोलीहरू र खेलको संख्या: विश्वकप फुटबल इतिहासमै पहिलो पटक, ४८ राष्ट्रहरू (३२ बाट बढेर) ले कुल १०४ खेलहरूमा प्रतिस्पर्धा गर्ने,

फिफा विश्वकप २०२६: छनोट भएका टोलीहरू:

महादेश (Confederation) छनोट भएका देशहरू
आयोजक राष्ट्रहरू (Co-hosts) क्यानडा, मेक्सिको, संयुक्त राज्य अमेरिका (USA)
एसिया (AFC) अस्ट्रेलिया, इराक, इरान, जापान, जोर्डन, दक्षिण कोरिया, कतार, साउदी अरब, उज्वेकिस्तान
अफ्रिका (CAF) अल्जेरिया, केप भर्डे, डिआर कंगो, आइभरी कोस्ट, इजिप्ट, घाना, मोरक्को, सेनेगल, दक्षिण अफ्रिका, ट्युनिसिया
उत्तर तथा मध्य अमेरिका (Concacaf) कुराकाओ, हाइटी, पानामा
दक्षिण अमेरिका (CONMEBOL) अर्जेन्टिना, ब्राजिल, कोलम्बिया, इक्वेडर, पाराग्वे, उरुग्वे
ओसेनिया (OFC) न्युजिल्याण्ड
युरोप (UEFA) अस्ट्रिया, बेल्जियम, बोस्निया र हर्जगोभिना, क्रोएसिया, चेकिया, इङ्ल्यान्ड, फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स, नर्वे, पोर्चुगल, स्कटल्याण्ड, स्पेन, स्वीडेन, स्विट्जरल्याण्ड, टर्की
  • समूह विभाजन: ४८ टोलीलाई १२ समूह (प्रत्येक समूहमा ४ टोली) मा विभाजन गरिने
  • नकआउट चरण: समूहका शीर्ष दुई टोली र उत्कृष्ट ८ वटा तेस्रो स्थानका टोलीहरू 'राउन्ड अफ ३२' मा प्रवेश गर्ने,
  • प्रतियोगिता १६ वटा सहरहरूमा खेलाइने;
    • अमेरिका (११ सहर): एटलान्टा, बोस्टन, डल्लास, ह्युस्टन, कान्सास सिटी, लस एन्जलस, मियामी, न्युयोर्क/न्यु जर्सी, फिलाडेल्फिया, सान फ्रान्सिस्को, र सिएटल
    • मेक्सिको (३ सहर): ग्वाडालजारा, मेक्सिको सिटी, र मोन्टेरे
    • क्यानडा (२ सहर): टोरन्टो र भ्यान्कुभर
  • फिफा विश्वकप २०२६ को आधिकारिक खेल बल: ट्रियोन्डा (TRIONDA)
  • फिफा विश्वकप २०२६ को शुभंकर (Mascots): "Maple, the Moose" (क्यानेडा), "Zayu, the Jaguar" (मेक्सिको) र "Clutch, the Bald Eagle" (संयुक्त राज्य अमेरिका)
  • फिफाले २०२६ विश्वकप खेल्न रोक लगाएको राष्ट्र: रूस, पाकिस्तान र कङ्गो
  • २०२६ को विश्वकप बहिष्कार गर्ने राष्ट्र: इरान

Categories

  • Current Affairs 804
  • Gorkhapatra 345
  • Others 1189
  • Vacancy 1
  • Past Questions 149
  • Nepal Police 9

Latest Blogs

National Day Collection (2083, Vaisakh-Asoj)
Current Affairs

राष्ट्रिय दिवस सङ्गालो (वि.सं. २०८३ वैशाख–असोज)

  • Sep 24, 2026
  • 67
Kavidanda National Short Story Award-2082
Current Affairs

कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार-२०८२

  • Sep 24, 2026
  • 202
Nepal Rastra Bank issues Rs. 1,000 note with new features
Current Affairs

नेपाल राष्ट्र बैंकद्वारा नयाँ विशेषतासहितको रु. १,००० को नोट जारी

  • Sep 24, 2026
  • 218
International Sign Language Day, 2026
Current Affairs

अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस, २०२६

  • Sep 23, 2026
  • 95
The number of countries with which Nepal has established diplomatic relations has reached 186
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८६ पुगेको

  • Sep 23, 2026
  • 133
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA