Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

आ.व. २०८२/८३ को फागुन मसान्तसम्मको आर्थिक तथा वित्तीय तथ्याङ्क

  • Ajnabee Khadka
  • April 05, 2026
  • 693

आ.व. २०८२/८३ को फागुन मसान्तसम्मको आर्थिक तथा वित्तीय तथ्याङ्क

Economic and financial statistics as of mid-Falgun for the fiscal year 2082/83

उपभोक्ता मुद्रास्फीति र क्षेत्रगत विवरण:

सूचक / क्षेत्र विवरण (प्रतिशतमा)
उपभोक्ता मुद्रास्फीति (वार्षिक) ३.६२% (अघिल्लो वर्ष: ३.७५%)
खाद्य तथा पेय पदार्थ समूह ३.६०%
गैर-खाद्य तथा सेवा समूह ३.६३%
थोक मुद्रास्फीति ३.६४%
काठमाडौं उपत्यका ३.६४%
तराई क्षेत्र ४.११%
पहाडी क्षेत्र ३.११%
हिमाली क्षेत्र २.८३%
  • तथ्याङ्क अनुसार तराई क्षेत्रमा मुद्रास्फीति सबैभन्दा बढी (४.११%) र हिमाली क्षेत्रमा सबैभन्दा कम (२.८३%) देखिएको,

बाह्य क्षेत्र (व्यापार, रेमिट्यान्स र विदेशी विनिमय) को स्थिति:

सूचक विवरण (रुपैयाँ/अमेरिकी डलरमा)
कुल वस्तु निर्यात रु. १९१ अर्ब ११ करोड (२०.८% वृद्धि)
कुल वस्तु आयात रु. १२८२ अर्ब २५ करोड (१२.५% वृद्धि)
कुल व्यापार घाटा रु. १०९१ अर्ब १४ करोड (११.२% वृद्धि)
विप्रेषण आप्रवाह (रु.) रु. १४४९ अर्ब ६५ करोड (३७.७% वृद्धि)
विप्रेषण आप्रवाह ($) १० अर्ब १५ करोड डलर (३१.०% वृद्धि)
चालू खाता स्थिति रु. ५५२ अर्ब ८५ करोड (बचत)
शोधनान्तर स्थिति रु. ६५८ अर्ब ३५ करोड (बचत)
विदेशी विनिमय सञ्चिति रु. ३४१३ अर्ब ७७ करोड ($२३ अर्ब ८ करोड)
आयात धान्ने क्षमता १८.५ महिनाको वस्तु तथा सेवा
  • सञ्चिति बलियो: नेपालसँग हाल १८.५ महिनाको आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति रहेको देखिन्छ, जुन अत्यन्तै सकारात्मक संकेत,
  • रेमिट्यान्सको वर्चस्व: व्यापार घाटा (रु. १०९१ अर्ब) भन्दा रेमिट्यान्स आप्रवाह (रु. १४४९ अर्ब) बढी भएकाले मुलुकको शोधनान्तर स्थिति बचतमा रहन मद्दत पुगेको,

सरकारी वित्त स्थिति (२०८२ फागुन मसान्तसम्म):

सूचक विवरण (रुपैयाँमा)
कुल सरकारी खर्च रु. ९२६ अर्ब ५९ करोड
कुल राजस्व परिचालन रु. ७४७ अर्ब २८ करोड
बजेट घाटा (अनुमानित) रु. १७९ अर्ब ३१ करोड
सरकारको नगद मौज्दात रु. ३७७ अर्ब ६१ करोड
  • वित्तीय सन्तुलन: कुल राजस्व (रु. ७४७ अर्ब २८ करोड) भन्दा कुल खर्च (रु. ९२६ अर्ब ५९ करोड) बढी देखिएकाले सरकारको बजेट घाटामा रहेको,
  • तरलता स्थिति: राष्ट्र बैंकमा रहेको रु. ३७७ अर्ब ६१ करोडको नगद मौज्दातले सरकारसँग तत्काल कार्य सञ्चालनका लागि पर्याप्त तरलता रहेको संके,

मौद्रिक तथा वित्तीय स्थिति (२०८२ फागुन):

सूचक विवरण (प्रतिशत / संख्या)
विस्तृत मुद्राप्रदाय (M2) वृद्धि ६.७% (वार्षिक बिन्दुगत: १४.५%)
निक्षेप संकलन वृद्धि ६.६%
निजी क्षेत्रतर्फ कर्जा प्रवाह वृद्धि ४.४%
वाणिज्य बैंक औसत आधार दर ५.१०%
निक्षेपको भारित औसत ब्याजदर ३.४५%
कर्जाको भारित औसत ब्याजदर ६.९०%
बैंक तथा वित्तीय संस्थाको संख्या १०६
कुल शाखा संख्या ११,४६५
  • ब्याजदर अन्तर (Spread): निक्षेपको ब्याजदर (३.४५%) र कर्जाको ब्याजदर (६.९०%) बीचको अन्तरले बजारमा ऋणको लागत तुलनात्मक रूपमा सस्तो हुँदै गएको,
  • कर्जा र निक्षेप: निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह (४.४%) केही सुस्त देखिएको छ, जसले बैंकहरूमा लगानीयोग्य रकम (तरलता) थुप्रिएको संकेत,
  • वित्तीय पहुँच: ११,४६५ शाखाहरू पुग्नुले देशको वित्तीय पहुँचमा भएको विस्तारलाई झल्काउँछ,

पुँजी बजारको स्थिति (२०८२ फागुन मसान्त):

सूचक विवरण
नेप्से (NEPSE) सूचकाङ्क २८२०.५६ (गत वर्ष फागुनमा: २३३६.८५)
बजार पुँजीकरण रु. ४७४४ अर्ब ७३ करोड
  • बजारको वृद्धि: अघिल्लो वर्षको तुलनामा नेप्से सूचकाङ्क झण्डै ४८३.७१ अंकले वृद्धि भएको देखिन्छ, जसले सेयर बजारमा लगानीकर्ताको आकर्षण र उत्साह बढेको संकेत,
  • पुँजीकरण: रु. ४७४४ अर्ब ७३ करोडको बजार पुँजीकरणले नेपालको अर्थतन्त्रमा सेयर बजारको आकार निकै फराकिलो हुँदै गएको स्पष्ट,
अन्य महत्वपूर्ण जानकारी:
  • विनिमय दर: २०८२ असार मसान्तको तुलनामा २०८२ फागुन मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ७.२ प्रतिशतले अवमूल्यन भई प्रति डलर खरिद दर रु. १४७.६४ पुगेको,
  • विद्युतीय कारोबार: २०८२ फागुन महिनामा मात्रै मोबाइल बैंकिङमार्फत रु. ५४० अर्ब ७६ करोड र QR कोडमार्फत रु. १२५ अर्ब ९२ करोडको कारोबार भएको,

Categories

  • Current Affairs 804
  • Gorkhapatra 345
  • Others 1189
  • Vacancy 1
  • Past Questions 149
  • Nepal Police 9

Latest Blogs

National Day Collection (2083, Vaisakh-Asoj)
Current Affairs

राष्ट्रिय दिवस सङ्गालो (वि.सं. २०८३ वैशाख–असोज)

  • Sep 24, 2026
  • 68
Kavidanda National Short Story Award-2082
Current Affairs

कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार-२०८२

  • Sep 24, 2026
  • 208
Nepal Rastra Bank issues Rs. 1,000 note with new features
Current Affairs

नेपाल राष्ट्र बैंकद्वारा नयाँ विशेषतासहितको रु. १,००० को नोट जारी

  • Sep 24, 2026
  • 221
International Sign Language Day, 2026
Current Affairs

अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस, २०२६

  • Sep 23, 2026
  • 95
The number of countries with which Nepal has established diplomatic relations has reached 186
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८६ पुगेको

  • Sep 23, 2026
  • 133
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA