दीपेन्द्र सिंह ऐरी: नेपाली टी-२० टोलीको नयाँ कप्तान
- नाम: दीपेन्द्र सिंह ऐरी
- नियुक्ति मिति: वि.सं. २०८३, वैशाख ४ (सन् २०२६, अप्रिल १७)
- नयाँ भूमिका: नेपालको राष्ट्रिय टी-२० क्रिकेट टोलीको कप्तान
- नेपाल क्रिकेट संघ (CAN) ले हालै नेपाली क्रिकेटमा "विभाजित कप्तानी (Split Captaincy)" को नयाँ सिद्धान्त प्रयोग सुरु गरेसँगै दीपेन्द्र सिंह ऐरीलाई टी-२० टोलीको नेतृत्व सुम्पिएको र रोहित पौडेलले नै एकदिवसीय (ODI) टोलीको कप्तानी सम्हालिरहने घोषणा,
- दीपेन्द्र सिंह ऐरीका अन्य जिम्मेवारी: एकदिवसीय (ODI) टोलीको उप-कप्तान
- दीपेन्द्र सिंह ऐरीका विश्व क्रिकेटको क्षेत्रमा किर्तिमानहरु:
- सन् २०२३ को १९औँ एसियाली खेलकुदमा मङ्गोलियाविरुद्ध मात्र ९ बलमा ५० रन बनाउँदै उनले टी-२० आई इतिहासकै सबैभन्दा छिटो अर्धशतकको विश्व कीर्तिमान बनाएका,
- सन् २०२४ मा ओमानमा आयोजित एसीसी प्रिमियर कपमा कतारविरुद्ध उनले एकै ओभरमा ६ वटा छक्का प्रहार गरेका (युवराज सिंह र कीरोन पोलार्डपछि टी-२० आई (T20I) मा यो उपलब्धि हासिल गर्ने विश्वकै तेस्रो खेलाडी बनेका,)
- सन् २०२३ को १९औँ एसियाली खेलकुदमा मङ्गोलियाविरुद्धको ऐतिहासिक इनिङ्सका क्रममा उनले ५२०.०० को स्ट्राइक रेटमा रन बनाएका (एकै खेलमा अहिलेसम्मकै उच्च स्ट्राइक रेट,)
- नेपालबाट टी-२० आई (T20I) मा १००० रन बनाउने पहिलो खेलाडी,
- टी-२० आईमा १००० भन्दा बढी रन पुरा गर्ने र ५० भन्दा बढी विकेट लिने नेपालको एकमात्र खेलाडी,