Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

सन् २०२६ को लोकतन्त्र प्रतिवेदन

  • Ajnabee Khadka
  • March 23, 2026
  • 416

सन् २०२६ को लोकतन्त्र प्रतिवेदन

Democracy Report 2026

प्रमुख प्रैष्टिक (Foundational) तथ्यहरू:

  • प्रकाशक संस्था: स्वीडेनको गोथेनबर्ग विश्वविद्यालय (University of Gothenburg) स्थित भी-डेम इन्स्टिच्युट (V-Dem Institute) ले
  • प्रतिवेदनको संस्करण: यो लोकतन्त्र प्रतिवेदनको १० औं संस्करण हो र यसको शीर्षक "Unraveling The Democratic Era?" राखिएको,
  • तथ्यांकको आधार (Dataset): यसमा सन् १७८९ देखि २०२५ सम्मको ऐतिहासिक तथ्यांकहरू समावेश
  • यस प्रतिवेदनले २०२ वटा देश र क्षेत्रहरू समेटेको,
  • मापन गरिएका सूचकहरू: लोकतन्त्रका ६०० भन्दा बढी विभिन्न विशेषता वा गुणहरू (attributes)
  • मुख्य सूचकांक: प्रतिवेदन मुख्यतया उदार लोकतन्त्र सूचकांक (Liberal Democracy Index - LDI) मा केन्द्रित (यस सूचकांकले कुनै पनि देशमा लोकतन्त्र केवल "निर्वाचन" (Electoral) मात्र नभई कत्तिको "उदार" (Liberal) छ भन्ने कुरालाई मापन गर्छ)

विश्वव्यापी लोकतन्त्रको वर्तमान अवस्था (Executive Summary):

  • औसत विश्वव्यापी नागरिकका लागि लोकतन्त्रको स्तर सन् १९७८ को स्तरमा पुगेको (यसको अर्थ "लोकतन्त्रीकरणको तेस्रो लहर" (Third Wave of Democratization) बाट प्राप्त उपलब्धिहरू लगभग मेटिएका,)
  • अधिनायकवादको प्रभुत्व: विश्वका ७४% जनसंख्या (६ अर्ब मानिस) अहिले अधिनायकवादी शासन (Autocracies) मा बाँचिरहेका,
  • उदार लोकतन्त्रको संकुचन: केवल ७% जनसंख्या (०.६ अर्ब) मात्र पूर्ण उदार लोकतन्त्र (Liberal Democracies) मा बसोबास गर्छन्, जुन ५० वर्षयताकै न्यून बिन्दु,

मुख्य तथ्यांक तालिका: शासन व्यवस्था र जनसंख्या (२०२५ को अन्त्य सम्म):

विवरण
संख्या / प्रतिशत
कुल अधिनायकवादी देशहरू
९२ देशहरू
कुल लोकतान्त्रिक देशहरू
८७ देशहरू
अधिनायकवादमा बस्ने जनसंख्या
७४% (६ अर्ब)
लोकतन्त्रमा बस्ने जनसंख्या
२६% (२.२ अर्ब)
उदार लोकतन्त्रमा बस्ने जनसंख्या
७% (०.६ अर्ब)
बन्द अधिनायकवाद (Closed Autocracies) मा बस्ने जनसंख्या
२८% (२.३ अर्ब)

उदार लोकतन्त्र सूचकांक (Liberal Democracy Index - LDI) अनुसार सन् २०२५ मा विश्वका शीर्ष १० लोकतान्त्रिक राष्ट्रहरू:

मर्यादा क्रम (Rank)
राष्ट्र 
Liberal Democracy Index - LDI स्कोर
१
डेनमार्क (Denmark)
०.८८
२
स्वीडेन (Sweden)
०.८५
३
नर्वे (Norway)
०.८५
४
स्विट्जरल्याण्ड (Switzerland)
०.८४
५
एस्टोनिया (Estonia)
०.८४
६
आयरल्याण्ड (Ireland)
०.८२
७
कोस्टा रिका (Costa Rica)
०.८१
८
फिनल्याण्ड (Finland)
०.८१
९
फ्रान्स (France)
०.८०
१०
बेल्जियम (Belgium)
०.७९

उदार लोकतन्त्र सूचकांक (Liberal Democracy Index - LDI) अनुसार सन् २०२५ मा विश्वका सबैभन्दा न्यून १० राष्ट्रहरू:

मर्यादा क्रम (Rank)
राष्ट्र 
Liberal Democracy Index - LDI स्कोर
१७९
इरिट्रिया (Eritrea)
०.०१
१७८
उत्तर कोरिया (North Korea)
०.०१
१७७
म्यानमार (Myanmar)
०.०१
१७६
अफगानिस्तान (Afghanistan)
०.०२
१७५
निकारागुआ (Nicaragua)
०.०२
१७४
तुर्कमेनिस्तान (Turkmenistan)
०.०३
१७३
सुडान (Sudan)
०.०३
१७२
बेलारुस (Belarus)
०.०४
१७१
चीन (China)
०.०४
१७०
भेनेजुएला (Venezuela)
०.०४

विश्वमा "लोकतान्त्रिक मन्दी" (Democratic Recession)

सूचकको विधा मुख्य प्रवृत्ति / तथ्याङ्क प्रभाव र विस्तार
परिवर्तनको दिशा निरंकुशतातर्फ उन्मुख (Autocratizing) ४४ देशहरू अहिले अधिनायकवादतर्फ ढल्किरहेका छन्, जहाँ विश्वको ४१% जनसंख्या (३.४ अर्ब) बसोबास गर्छन्,
  लोकतन्त्रीकरणतर्फ उन्मुख (Democratizing) केवल १८ देशहरूमा मात्र लोकतन्त्र सुधार भइरहेको छ, जसमा विश्वको मात्र ५% जनसंख्या पर्दछ,
खस्कँदै गएका प्रमुख सूचकहरू अभिव्यक्ति स्वतन्त्रता (Freedom of Expression) ४४ देशमा खस्किएको,
  संगठन खोल्ने स्वतन्त्रता (Freedom of Association) २२ देशमा गिरावट आएको,
  निर्वाचनको गुणस्तर (Quality of Elections) २४ देशमा कमजोर भएको,

क्षेत्रीय तालिका: शासन व्यवस्था अनुसार जनसंख्याको हिस्सा (२०२५)

क्षेत्र
अन्य विवरण
पश्चिम युरोप र उत्तर अमेरिका (Western Europe and North America)
  • यस क्षेत्रमा औसत नागरिकका लागि लोकतन्त्रको स्तर ५० वर्षयताकै सबैभन्दा तल्लो स्तरमा पुगेको,
  • संयुक्त राज्य अमेरिकाले ५० वर्षपछि पहिलो पटक "उदार लोकतन्त्र" (Liberal Democracy) को दर्जा गुमाएको छ र अहिले "चुनावी लोकतन्त्र" (Electoral Democracy) मा झरेको,
  • युरोपेली संघका ७ सदस्य राष्ट्रहरू र बेलायत जस्ता सहयोगी राष्ट्रहरूमा पनि अधिनायकवादको प्रभाव देखिएको,
ल्याटिन अमेरिका र क्यारिबियन (Latin America and the Caribbean)
  • यो विश्वको दोस्रो सबैभन्दा लोकतान्त्रिक क्षेत्र,
  • ब्राजिल, बोलिभिया र ग्वाटेमालामा लोकतन्त्र सुधार भइरहेको छ भने अर्जेन्टिना, मेक्सिको र पेरुमा गिरावट आइरहेको,
सब-सहारा अफ्रिका (Sub-Saharan Africa)
  • यस क्षेत्रमा बढ्दो सैन्य विद्रोह र अधिनायकवादका कारण लोकतन्त्रको स्तर सन् २००० को सुरुवाती बिन्दुमा पुगेको,
  • ६६% जनसंख्या अधिनायकवादी शासनमा बसोबास गरिरहेका,
  • सेसेल्स यस क्षेत्रको एक मात्र "उदार लोकतन्त्र" हो, तर यो आकारमा धेरै सानो रहेको,
पूर्वी युरोप (Eastern Europe)
  • यस क्षेत्रका ४६% देशहरू अहिले अधिनायकवादतर्फ मोडिएका,
  • ६५% जनसंख्या चुनावी अधिनायकवाद (जस्तै हंगेरी, रुस, सर्बिया) मा बस्छन् भने केवल २९% मात्र लोकतन्त्रमा,
पूर्वी एशिया र प्रशान्त क्षेत्र (East Asia and the Pacific)
  • यहाँको ६८% जनसंख्या चीन, म्यानमार र उत्तर कोरिया जस्ता "बन्द अधिनायकवाद" (Closed Autocracies) मा बाँचिरहेका,
  • फिजी, सोलोमन टापु र टिमोर-लेस्ते जस्ता साना देशहरूमा लोकतन्त्र सुधार भइरहेको,
दक्षिण र मध्य एशिया (South and Central Asia)
  • यस क्षेत्रको औसत नागरिकले उपभोग गर्ने लोकतन्त्रको स्तर सन् १९७६ को स्तरमा झरेको,
  • यहाँको ८५% जनसंख्या "चुनावी अधिनायकवाद" (Electoral Autocracy) मा बसोबास गर्छन्, जसमा भारत र पाकिस्तान जस्ता ठूला देशहरू पर्दछन्,
मध्य पूर्व र उत्तर अफ्रिका (Middle East and North Africa)
  • यो विश्वकै सबैभन्दा कम लोकतान्त्रिक क्षेत्र,
  • यस क्षेत्रका ३१% जनसंख्या बन्द अधिनायकवादमा र ६७% चुनावी अधिनायकवादमा,
  • इजरायलले पनि सन् २०२३ मा आफ्नो उदार लोकतन्त्रको दर्जा गुमाएको,

सबैभन्दा बढी गिरावट आएका लोकतान्त्रिक पक्षहरू (Top Declining Indicators)

सूचक 
गिरावट देखिएका देशहरूको संख्या
मिडियामा सरकारी सेन्सरशिप (Government Censorship of Media)
४४ देशहरू
शैक्षिक र सांस्कृतिक अभिव्यक्ति स्वतन्त्रता
४१ देशहरू
नागरिक समाजमाथि दमन (CSO Repression)
३९ देशहरू
मिडियाको आत्म-सेन्सरशिप (Media Self-censorship)
३९ देशहरू
राजनीतिक विपक्षीलाई दबाउन यातनाको प्रयोग (Use of Torture)
३३ देशहरू

नेपालको स्थिति:

  • श्रेणी: नेपाललाई "चुनावी लोकतन्त्र" (Electoral Democracy - ED) को श्रेणीमा राखिएको,

नेपालको स्कोर र विश्वव्यापी स्तर:

सूचक
विश्वव्यापी श्रेणी
स्कोर (Score - 0 to 1)
उदार लोकतन्त्र सूचकांक (Liberal Democracy Index (LDI)
६५
०.५०
चुनावी लोकतन्त्र सूचकांक (Electoral Democracy Index (EDI)
६१
०.६६
उदारवादी अवयव सूचकांक (Liberal Component)
७२
०.७५
समतामूलक अवयव सूचकांक (Egalitarian Component)
९१
०.५८
सहभागितामूलक अवयव सूचकांक (Participatory Component)
४१
०.६२
विचारविमर्शात्मक अवयव सूचकांक (Deliberative Component)
१०७
०.५४

सार्क राष्ट्रहरूको लोकतन्त्र स्थिति तुलना (२०२५ को अन्त्य सम्मको तथ्यांक)

राष्ट्र
शासन व्यवस्थाको श्रेणी (Regime Type)
उदार लोकतन्त्र सूचकांक (LDI) स्कोर
विश्वव्यापी श्रेणी (Rank)
परिवर्तनको अवस्था (Episode)
श्रीलंका
चुनावी लोकतन्त्र
०.६१
४४
लोकतन्त्रीकरण भइरहेको (Democratizing)
नेपाल
चुनावी लोकतन्त्र
०.५०
६५
स्थिर (Stable)
भुटान
चुनावी लोकतन्त्र
०.४६
७१
"Grey Zone" लोकतन्त्र
मालदिभ्स
चुनावी लोकतन्त्र
०.४२
७७
"Grey Zone" लोकतन्त्र
भारत
चुनावी अधिनायकवाद 
०.२६
१०५
निरंकुशतातर्फ (Autocratizing)
पाकिस्तान
चुनावी अधिनायकवाद
०.१८
११७
निरंकुशतातर्फ (Autocratizing)
बंगलादेश
बन्द अधिनायकवाद
०.१२
१३३
अधिनायकवाद (Totalitarianism) तर्फ गहिरिएको,
अफगानिस्तान
बन्द अधिनायकवाद
०.०२
१७६
निरंकुशतातर्फ (Autocratizing)

 

Categories

  • Current Affairs 804
  • Gorkhapatra 345
  • Others 1189
  • Vacancy 1
  • Past Questions 149
  • Nepal Police 9

Latest Blogs

National Day Collection (2083, Vaisakh-Asoj)
Current Affairs

राष्ट्रिय दिवस सङ्गालो (वि.सं. २०८३ वैशाख–असोज)

  • Sep 24, 2026
  • 67
Kavidanda National Short Story Award-2082
Current Affairs

कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार-२०८२

  • Sep 24, 2026
  • 202
Nepal Rastra Bank issues Rs. 1,000 note with new features
Current Affairs

नेपाल राष्ट्र बैंकद्वारा नयाँ विशेषतासहितको रु. १,००० को नोट जारी

  • Sep 24, 2026
  • 218
International Sign Language Day, 2026
Current Affairs

अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस, २०२६

  • Sep 23, 2026
  • 95
The number of countries with which Nepal has established diplomatic relations has reached 186
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८६ पुगेको

  • Sep 23, 2026
  • 133
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA