बाघ गणना २०२६ को लागि मिति तोकिएको,
- राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पुस १ गतेदेखि बाघ गणना सुरु गर्ने भएको (यो गणना हरेक चार–चार वर्षमा गरिन्छ,),
- सुरु मिति: वि.सं. २०८२ पुस १ गते
- गणना अवधि: तीन महिना
- समावेश गरिने महिनाहरू: पुस, माघ, र फागुन
- गणना गरिने क्षेत्रहरू (राष्ट्रिय निकुञ्जहरू)
- पर्सा राष्ट्रिय निकुञ्ज
- चितवन राष्ट्रिय निकुञ्ज
- बाँके राष्ट्रिय निकुञ्ज
- बर्दिया राष्ट्रिय निकुञ्ज
- शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज
- वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्य का अनुसार क्यामेरा ट्र्यापिङ विधि प्रयोग गरिनेछ र गणनालाई मुख्य तीन कम्प्लेक्समा विभाजन गरिएको छ:
| कम्प्लेक्स सङ्ख्या | समावेश गरिएका क्षेत्र | ब्लक सङ्ख्या | गणना विधि |
| पहिलो कम्प्लेक्स | चितवन र पर्सा राष्ट्रिय निकुञ्ज | तीन (३) वटा | प्रति 'ग्रीड' (२ वर्ग किमि) मा एक जोडी क्यामेरा जडान गरी १५ रातसम्म राख्ने, |
| दोस्रो कम्प्लेक्स | बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज | तीन (३) वटा | सोही विधि लागू, |
| तेस्रो कम्प्लेक्स | शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र लालझण्डी | एक (१) वटा | सोही विधि लागू, |
- प्रयोग गरिने क्यामेरा: सरकारी र दातृ निकायसँग भएका १,१०० क्यामेरा (पुरानै क्यामेरा प्रयोग गरिने),
- अनुमानित खर्च: २ करोड ५० लाख हाराहारी (क्यामेरा पुरानै प्रयोग गरिने भएकाले खर्च कम हुने अनुमान),
- बाघ बढी ओहोरदोहोर गर्ने स्थानमा स्वचालित क्यामेराहरू राखिनेछ; क्यामेराले खिचेका फोटोहरू हेरेर बाघको शरीरमा भएका विशिष्ट पाटा (धारहरू) का आधारमा सङ्ख्या छुट्याइनेछ, किनभने हरेक बाघको पाटा फरक-फरक हुने गर्दछन्,
सन् २०२२ को बाघ गणनाको तथ्यांक:
- सन् २०२२ मा नेपालमा वयस्क बाघको कुल सङ्ख्या: ३५५ वटा (सन् २००९ मा रहेको १२१ वटा बाघको सङ्ख्याको तुलनामा १९०% भन्दा बढी ले वृद्धि भएको, अर्थात् दोब्बर बनाउने लक्ष्य २५० थियो, तर सङ्ख्या ३५५ पुगेको,))
- नेपालले सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा भएको विश्व बाघ सम्मेलनमा गरेको प्रतिबद्धता (बाघको सङ्ख्यालाई सन् २०२२ सम्ममा दोब्बर गरी २५० पुर्याउने - TX2 लक्ष्य) लाई सफलतापूर्वक पूरा गर्दै लक्ष्यभन्दा बढी उपलब्धि हासिल गरेको,
- राष्ट्रिय बाघ सर्वेक्षण २०७८ को नतिजा सार्वजनिक मिति: २९ जुलाई २०२२, विश्व बाघ दिवसको दिन
नेपालका पाँचवटा बाघ पाइने राष्ट्रिय निकुञ्जहरूमा बाघको सङ्ख्या:
| राष्ट्रिय निकुञ्ज | बाघको सङ्ख्या (सन् २०२२) |
| चितवन राष्ट्रिय निकुञ्ज | १२८ |
| बर्दिया राष्ट्रिय निकुञ्ज | १२५ |
| पर्सा राष्ट्रिय निकुञ्ज | ४१ |
| शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज | ३६ |
| बाँके राष्ट्रिय निकुञ्ज | २५ |
| कुल सङ्ख्या | ३५५ |