अन्य महत्वपूर्ण व्यवस्थाहरू:
- कर्जा सूचना केन्द्र: बचत तथा ऋण सहकारीका हकमा प्राधिकरणले र अन्यको हकमा विभागले कर्जा सूचना केन्द्रसँग समन्वय गर्ने,
- कार्यक्षेत्र अनुसारको नियमन: प्रदेश र स्थानीय तहको कार्यक्षेत्र भएका सहकारीको दर्ता र नियमन संघीय कानूनको प्रतिकूल नहुने गरी सम्बन्धित तहको कानून बमोजिम हुने,
- हिसाव जाँच: बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीको हिसाव जाँच प्राधिकरणले गर्न सक्ने,