जैविक विविधता महासन्धि
- उत्पत्ति: संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (UNEP) को अग्रसरतामा सन् १९८८ देखि मस्यौदा तयारी सुरु भएको,
- मूलपाठ पारित (Adoption): सन् १९९२ मे २२ मा केन्याको नैरोबीमा (महासन्धिको मूलपाठ पारित भएको दिन मे २२ लाई हरेक वर्ष विश्वभर यो दिवसका रूपमा मनाइन्छ,)
- हस्ताक्षरका लागि खुला: सन् १९९२ जुन ५ मा ब्राजिलको रियो दि जेनेरियोमा भएको "पृथ्वी शिखर सम्मेलन (Earth Summit)" का क्रममा यो महासन्धि हस्ताक्षरका लागि खुला गरिएको,
- लागू भएको मिति (Effective Date): सन् १९९३ डिसेम्बर २९ देखि यो महासन्धि विश्वव्यापी रूपमा लागू भएको,
- कुल पक्ष राष्ट्र: हाल यस महासन्धिमा १९६ पक्ष राष्ट्रहरू रहेका (हस्ताक्षर नगर्ने/अनुमोदन नगर्ने प्रमुख देश: संयुक्त राज्य अमेरिका (हस्ताक्षर गरे पनि संसदबाट अनुमोदन नगरेको) र भ्याटिकन सिटी)
- सचिवालय (Secretariat): मन्ट्रियल, क्यानडा
- महासन्धिका तीन मुख्य उद्देश्यहरू:
१.) जैविक विविधताको संरक्षण (Conservation)
२.) यसका अवयवहरूको दिगो उपयोग (Sustainable use)
३.) आनुवंशिक स्रोतहरूको उपयोगबाट प्राप्त हुने लाभको न्यायोचित र समन्यायिक बाँडफाँड (Fair and equitable sharing of benefits)
महासन्धि अन्तर्गतका पूरक अभिसन्धिहरू / प्रोटोकल (Supplementary Protocols)
|
प्रोटोकल / सम्झौताको नाम
|
पारित (Adopted) मिति
|
लागू (Effective) भएको मिति
|
मुख्य उद्देश्य र क्षेत्र
|
|---|---|---|---|
|
काटाजेना प्रोटोकल (Cartagena Protocol on Biosafety)
|
२९ जनवरी २०००
|
११ सेप्टेम्बर २००३
|
आधुनिक जैविक प्रविधिबाट सिर्जित जीवित परिवर्तित जीवहरू (LMOs) बाट हुनसक्ने जोखिम न्यूनीकरण गरी जैविक सुरक्षा सुनिश्चित गर्ने,
|
|
नागोया प्रोटोकल (Nagoya Protocol on ABS)
|
२९ अक्टोबर २०१०
|
१२ अक्टोबर २०१४
|
आनुवंशिक स्रोतहरूमा पहुँच र तिनको उपयोगबाट प्राप्त हुने लाभको न्यायोचित र समन्यायिक बाँडफाँड सुनिश्चित गर्ने,
|
कुन्मिङ-मन्ट्रियल विश्वव्यापी जैविक विविधता खाका (Kunming-Montreal Global Biodiversity Framework - GBF)
|
पक्ष
|
विवरण
|
|---|---|
|
पारित मिति
|
१९ डिसेम्बर २०२२ (जैविक विविधता महासन्धिको १५औँ सम्मेलनले पारित गरेको,)
|
|
अध्यक्षता / आयोजक
|
चीनको अध्यक्षतामा क्यानडाको मन्ट्रियलमा सम्पन्न
|
|
मुख्य संरचना
|
४ वटा दूरगामी लक्ष्य (Goals) र २३ वटा कार्यमुखी लक्ष्य (Targets)
|
|
समय सीमा
|
कार्यमुखी लक्ष्यहरू सन् २०३० सम्म र दूरगामी लक्ष्यहरू सन् २०५० सम्मका लागि
|
|
मुख्य उद्देश्य
|
जैविक विविधताको क्षय रोक्ने र प्रकृतिसँगको मानव सम्बन्धलाई दिगो बनाउने,
|
|
प्रमुख २३ कार्यमुखी लक्ष्यहरू मध्ये लोकसेवा आयोगको परीक्षाका लागि अति महत्त्वपूर्ण र संशिप्त तथ्यहरू
|
|
नेपाल र जैविक विविधता महासन्धि:
- हस्ताक्षर गरेको मिति: सन् १९९२ जुन १२
- संसदबाट अनुमोदन (Ratification): सन् १९९३ नोभेम्बर २३
- नेपालमा लागू भएको मिति: सन् १९९४ फेब्रुअरी २१
- नेपालको जैविक विविधताको अवस्था: नेपालले विश्वको कुल भू-भागको करिब ०.१ प्रतिशत क्षेत्रफल ओगटे पनि विश्वमा पाइने कुल वनस्पतिको ३ प्रतिशतभन्दा बढी र जीवजन्तुको करिब १ प्रतिशत प्रजातिहरू नेपालमा पाइन्छन्,
- संरक्षित क्षेत्रको योगदान: नेपालले आफ्नो कुल भू-भागको २३.३९ प्रतिशत क्षेत्रलाई संरक्षित क्षेत्र (राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, संरक्षण क्षेत्र आदि) घोषणा गरी जैविक विविधताको स्व-स्थान संरक्षणमा उदाहरणीय कार्य गरेको,
- सम्पर्क निकाय (Focal Point): वन तथा वातावरण मन्त्रालय (तत्कालीन वन तथा भू-संरक्षण मन्त्रालय)
- नेपाल जैविक विविधता रणनीति: महासन्धिका सिद्धान्तहरू कार्यान्वयन गर्न नेपालले 'नेपाल जैविक विविधता रणनीति' तर्जुमा गरेको,