Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

चलचित्र

  • Bikash Shrestha
  • August 04, 2025
  • 805

चलचित्र

Cinema

चलचित्र

नेपालमा पहिलो पटक सार्वजनिक रूपमा चलचित्र प्रदर्शन २००६ सालमा नयाँ सडकस्थित जनसेवा हलमा गरिएको थियो। तर, ती चलचित्रहरू हिन्दी सिनेमा जगतबाट ल्याइएका हुन्थे। नेपाली भाषामा बनेको पहिलो कथानक चलचित्र ‘सत्य हरिशचन्द्र’ हो, जुन २००८ सालमा दार्जिलिङमा बसोबास गर्ने केही नेपालीहरूले निर्माण गरेका थिए। विगतमा प्रचार विभाग (हालको सूचना तथा प्रसारण विभाग) ले आफ्नै स्रोत र पुँजीमा वृत्तचित्र तथा समाचार चलचित्रहरूको निर्माण गर्दै आएको थियो। सोही क्रममा, वि.सं. २०२१ सालमा विभागले ‘आमा’ नामक कथानक चलचित्र निर्माण गर्‍यो, जुन सरकारी स्रोतबाट बनेको पहिलो नेपाली चलचित्र हो। त्यसपछि सो विभागले ‘हिजो आज भोलि’, ‘परिवर्तन’ लगायतका चलचित्रहरू पनि निर्माण गर्‍यो। यसरी नेपाली चलचित्रको इतिहासमा पहिलो पहिचान दिने काम यही विभागबाट सुरु भएको हो। नेपाली चलचित्र क्षेत्रको समग्र विकास र प्रवर्द्धन गर्न सरकारले चलचित्रकर्मीहरूको माग र सम्भावनालाई ध्यानमा राख्दै वि.सं. २०५७ साल असार १६ गते चलचित्र विकास बोर्ड गठन गर्‍यो।

यस बोर्डको नियमित कार्यहरूमा निम्न समावेश छन्:

  • चलचित्र तथा श्रव्य-दृश्य विज्ञापन निर्माण, वितरण र प्रदर्शनको अनुमति दिनु,

  • इजाजतपत्र नविकरण गर्नु,

  • च्यारिटी शोको अनुमति दिनु,

  • विदेशी भूमिमा नेपाली चलचित्रको छायाङ्कन, प्रदर्शन, मिक्सिङका लागि सिफारिस र अनुमति प्रदान गर्नु।

चलचित्रको परीक्षण भने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा गरिन्छ। निजी क्षेत्रको सहभागितासँगै चलचित्र निर्माणमा तीव्र गति लिइरहेको छ। नेपाली चलचित्रको विकासलाई थप सहयोग पुर्‍याउन सरकारले सुविधासम्पन्न चलचित्र नगर निर्माण गर्ने योजनासमेत अघि सारेको छ। चलचित्रको बहुआयामिक विकासका लागि सरकारले चलचित्र नीति २०७१ कार्यान्वयनमा ल्याएको छ।

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1197
  • Vacancy 1
  • Past Questions 155
  • Nepal Police 10

Latest Blogs

Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 131
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 43
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 186
Ballon d'Or 2026
Current Affairs

बैलन डी'ओर, २०२६

  • Oct 27, 2026
  • 162
Best Bank Award, 2026
Current Affairs

बेष्ट बैंक अवार्ड, २०२६

  • Oct 26, 2026
  • 180
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA