Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

जैविक विविधता तथा रेडपाण्डा-थार अन्तर्राष्ट्रिय सम्मेलन-२०८३

  • Ajnabee Khadka
  • April 22, 2026
  • 556

जैविक विविधता तथा रेडपाण्डा-थार अन्तर्राष्ट्रिय सम्मेलन-२०८३

Biodiversity and Red Panda-Thar International Conference-2083

आधारभूत जानकारी

  • आयोजक: दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका
  • सहकार्य: कोशी प्रदेश सरकार (पर्यटन, वन तथा वातावरण मन्त्रालय), राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन तथा भू-संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष, र त्रिभुवन विश्वविद्यालय
  • समय सीमा: २०८३ वैशाख ४ देखि ६ गतेसम्म (तीन दिने)
  • स्थान: सरस्वती माध्यमिक विद्यालयको प्राङ्गण, दिक्तेल, खोटाङ
  • उद्घाटनकर्ता: भीम पराजुली (पर्यटनमन्त्री, कोशी प्रदेश) र डा. दिलीप सुब्बा (उपकुलपति, नाष्ट)

मुख्य उद्देश्यहरू

  • जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि पहल गर्ने,
  • लोपोन्मुख वन्यजन्तु (विशेष गरी रेडपाण्डा र थार) को संरक्षण गर्ने,
  • जैविक विविधताको संरक्षणमार्फत पर्यटन प्रवर्द्धन गर्ने,
  • राष्ट्रिय नीति निर्माणमा सहयोग पुर्‍याउने र स्थानीय स्वरोजगारलाई बढावा दिने,

सहभागिता र कार्यसूची

  • सहभागी राष्ट्रहरू: नेपाल, भारत, भुटान, बङ्गलादेश, संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया र जर्मनी,
  • प्रस्तुति: विभिन्न देशका विज्ञहरूद्वारा १० वटा विषयगत कार्यपत्रहरू प्रस्तुत गरिने,
  • मुख्य विषयहरू: दीर्घकालीन योजना निर्माण, संरक्षित क्षेत्रको पहिचान, र अन्तर्राष्ट्रिय प्रतिबद्धताहरू,

पर्यटकीय एवं सांस्कृतिक आकर्षण

  • नयाँ पदमार्ग: ‘मुन्दुम ट्रेल-रेडपाण्डा-थार रुट’ को प्रवर्द्धन (तुवाचुङ-जायजुमदेखि मुन्दुम ट्रेल जोड्ने मार्ग),
  • कला प्रदर्शनी: कलाकार शम्भू राईले बाँसको प्रयोग गरी बनाएको रेडपाण्डा र थारको कलात्मक चित्र,
  • अन्य गतिविधि: सांस्कृतिक झाँकी, सडक नाटक, र वैज्ञानिक अन्वेषण तथा विज्ञान-गणित प्रदर्शनी,

उपलब्धि र आगामी योजना

  • संरक्षण क्षेत्र: दिक्तेलको पाथेका र केपिलासगढीको फेदीमा 'समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम' सञ्चालन,
  • बाँस प्रवर्द्धन: नगरपालिकाको पहलमा सहरी विकास मन्त्रालयद्वारा 'बाँसका संरचना निर्माणसम्बन्धी मार्गदर्शन' स्वीकृत,
  • पुरस्कार: बाँसजन्य स्रोतको संरक्षण र उद्यमशीलतामा पुर्‍याएको योगदानको कदर गर्दै नाष्ट (NAST) द्वारा नगरपालिका पुरस्कृत,

Categories

  • Current Affairs 720
  • Gorkhapatra 327
  • Others 1121
  • Vacancy 1
  • Past Questions 102
  • Nepal Police 8

Latest Blogs

Various tropical cyclones of the world and their regional names
Others

विश्वका विभिन्न उष्णदेशीय चक्रवात आँधीहरू (Tropical Cyclones) र तिनका क्षेत्रीय नाम

  • Jul 24, 2026
  • 96
Gandaki Province, Lab Technician (Fifth Level), 2083/04/05
Past Questions

गण्डकी प्रदेश, ल्याब प्राविधिक (पाँचौँ तह), २०८३/०४/०५

  • Jul 24, 2026
  • 88
Mahakali Treaty
Others

महाकाली सन्धि

  • Jul 24, 2026
  • 97
Complete list of Speakers of the House of Representatives (2016 - present)
Others

प्रतिनिधि सभाका सभामुखहरूको पूर्ण सूची (२०१६ - हालसम्म)

  • Jul 23, 2026
  • 119
Earthquake
Others

भूकम्प (Earthquake)

  • Jul 23, 2026
  • 185
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA