Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपाल नामकरणको आधार

  • Bikash Shrestha
  • September 21, 2025
  • 1197

नेपाल नामकरणको आधार

Basis of naming Nepal

‘नेपाल’ नाम प्राचीन कालदेखि नै प्रयोग हुँदै आएको पाइन्छ । लिच्छविकालमा यो नामको प्रयोग अझ विस्तार भयो। मल्लकालमा भने ‘नेपाल’ भन्ने शब्द काठमाडौं उपत्यका र वरिपरि मात्र सीमित थियो । राष्ट्र एकीकरणपछि काठमाडौं राजधानी बन्यो र ‘नेपाल’ शब्दले सम्पूर्ण राष्ट्रलाई जनाउन थाल्यो । नेपाल नामको उत्पत्तिको बारेमा विभिन्न दृष्टिकोण पाइन्छ। यसको व्युत्पत्ति भाषागत, जातिगत, वंशावली र प्राचीन ग्रन्थहरूमा पनि उल्लेख गरिएको छ ।


१. भाषागत आधार

किराँती भाषा

‘नेपाल’ प्राचीन किराँती शब्द ‘नेपा’ को सांस्कृतिक रूप हो।

  • ‘ने’ को अर्थ: मध्य

  • ‘पा’ को अर्थ: देश
    यसैले ‘नेपा’ भनेको ‘मध्यदेश’ हो।
    पछि ‘ल’ प्रत्यय जोडिएर ‘नेपा’ → ‘नेपाल’ बनेको मानिन्छ।

तिब्बती भाषा

तिब्बती भाषामा:

  • ‘ने’ = घर

  • ‘पाल’ = ऊन
    यसको अर्थ हुन्छ: “ऊन हुने ठाउँ”।
    यो क्षेत्र भेडापालनका लागि प्रसिद्ध भएकोले ‘पाल’ (ऊन) र ‘ने’ (घर) मिलेर ‘नेपाल’ बनेको व्याख्या पाइन्छ।
    तिब्बतीहरूले नेपाललाई ‘वल्वो’ र मङ्गोलहरूले ‘वल्पो’ भन्छन्। भोटवासीहरूले पनि यसलाई ‘पालदेश’ वा ‘वाल्पो’ भन्छन्।

नेपाल भाषा (नेवारी)

नेवारहरूले पुरानो समयमा नेपाललाई ‘नेपा’ मात्र भन्थे।

  • ‘ने’ = मध्य

  • ‘पा’ = देश
    ‘नेपा’ शब्दमा ‘ल’ प्रत्यय लागेर (जस्तै झ्याको → झ्याल, पसः → पसल) ‘नेपा’ → ‘नेपाल’ भएको भनिन्छ।

लिम्बू भाषा

लिम्बू भाषामा ‘नेपाल’ को अर्थ हुन्छ — समतल भूमि । काठमाडौँ उपत्यका ठूलो मैदानी क्षेत्र भएकाले यसलाई ‘नेपाल’ भनिएको मानिन्छ।

लेप्चा भाषा

पुरानो लेप्चा भाषामा:

  • ‘ने’ = पवित्र

  • ‘पाल’ = गुफा
    यसैले ‘नेपाल’ ले पवित्र स्थल वा धार्मिक भूमि जनाउँछ।
    तामाङहरूले पनि तीर्थलाई ‘ने’ भन्छन्।
    लामा धर्मग्रन्थमा पनि ‘ने’ लाई पवित्र स्थानको अर्थमा प्रयोग गरिएको पाइन्छ।

संस्कृत भाषा

संस्कृत व्युत्पत्तिअनुसार:

  • ‘नीपः’ = पर्वतको फेदी (पाद)

  • ‘आलयः’ = निवास
    यी दुई मिलेर “पर्वतको फेदीमा रहेको निवास” भन्ने अर्थमा ‘नेपाल’ बनेको भनिन्छ।
    यजुर्वेदमा पनि ‘नीपः’ शब्द उपत्यकावासीलाई जनाउन प्रयोग भएको छ।
    यद्यपि यी व्युत्पत्तिहरूमा स्पष्ट प्रमाण भने छैन।

तामाङ भाषा

तामाङहरूको परम्परागत कथनअनुसार:
तिब्बतसँग व्यापार गर्ने एक तामाङ महापुरुष थिए, जो पछि लामा नाइके बने।
तामाङ बोलीमा:

  • ‘ने’ = स्तन
    त्यसैले नेपाललाई “पृथ्वीको स्तनसरूप पर्वतले पोषित देश” भनेर बुझाइन्छ।
    त्यो महापुरुषको नाम र पर्वतको नामबाट नै देशको नाम ‘नेपाल’ रहन गएको भनाइ छ।

Categories

  • Current Affairs 724
  • Gorkhapatra 327
  • Others 1123
  • Vacancy 1
  • Past Questions 108
  • Nepal Police 8

Latest Blogs

Asia
Others

एसिया महादेश

  • Jul 28, 2026
  • 97
World Hepatitis Day, 2026
Current Affairs

विश्व हेपाटाइटिस दिवस, २०२६

  • Jul 28, 2026
  • 77
Major grasslands of the world and their locations
Others

विश्वका प्रमुख घाँसेमैदानहरू र अवस्थिति

  • Jul 27, 2026
  • 61
Gandaki Province, 5th Level Sub-Engineer (Civil/Sanitary/Irrigation) - 2083/03/29
Past Questions

गण्डकी प्रदेश, ५औँ तह सब-इन्जिनियर (सिभिल/स्यानिटरी/इरिगेशन) - २०८३/०३/२९

  • Jul 27, 2026
  • 110
Gandaki Province, Sub-Engineer (B.Arch) Examination - 2083/04/04
Past Questions

गण्डकी प्रदेश, सब-इन्जिनियर (B.Arch) परीक्षा - २०८३/०४/०४

  • Jul 27, 2026
  • 51
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA