आ.व. २०७९/८० मा सबैभन्दा धेरै नाफा कमाउने र घाटामा रहेका संस्थान
➥वि.सं. २०८०, फागुनसम्म नेपाल सरकारको पूर्ण तथा अधिकांश स्वामित्व भएका सार्वजनिक संस्थाको संख्या – ४४ (आ.व. २०७७/७८ – ४४)
➥नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेका सार्वजनिक संस्थानको कुल संख्या – २०
➥नेपाल सरकारको अधिकांश स्वामित्व रहेका सार्वजनिक संस्थानको कुल संख्या – २४
➥आ.व. २०७९/८० मा नाफामा रहेको संस्थानको कुल संख्या – २६
➥आ.व. २०७९/८० मा घाटामा रहेको संस्थानको कुल संख्या – १५
➥आ.व. २०७९/८० मा शुन्य कारोबार भएको संस्थानको कुल संख्या – ३ (जनकपुर चुरोट कारखाना लि. , नेपाल विद्युत् उत्पादन क.लि. र राष्ट्रिय प्रसारण ग्रिड कम्पनी)
➥आ.व. २०७९/८० सम्म निजीकरण गरिएको संस्थानको कुल संख्या – १८ (१० वटा नाफामा, ७ वटा घाटामा)
★ आ.व. २०७९/८० मा उच्च नाफा आर्जन गर्ने पाँच संस्थान:
| संस्थान | नाफा (रुपैयाँ) |
|---|---|
| नेपाल आयल निगम लिमिटेड | ११ अर्ब ७२ करोड २९ लाख |
| नेपाल विद्युत् प्राधिकरण | ९ अर्ब ४० करोड ५५ लाख |
| नेपाल दूरसञ्चार कम्पनी लिमिटेड | ७ अर्ब ९२ करोड १ लाख |
| नागरिक लगानी कोष | ३ अर्ब ८५ करोड ७० लाख |
| निक्षेप तथा कर्जा सुरक्षण कोष | ३ अर्ब ८० करोड ६३ लाख |
नोट:
- आर्थिक वर्ष २०७८/०७९ को तुलनामा सार्वजनिक संस्थानको कुल नाफा ३०४६% ले बढेको छ।
- आर्थिक वर्ष २०७९/०८० मा नाफामा रहेका कुल २६ वटा संस्थानको खुद नाफा ९८१% ले बढेको छ।
★ आ.व. २०७९/८० मा उच्च नोक्सानीमा रहेका पाँच संस्थान:
| संस्थान | नोक्सानी (रुपैयाँ) |
|---|---|
| नेपाल वायुसेवा निगम | ६५ करोड २९ लाख |
| नेपाल खानेपानी संस्थान | ५४ करोड ६९ लाख |
| दुग्ध विकास संस्थान | ४८ करोड ४२ लाख |
| उदयपुर सिमेन्ट उद्योग लिमिटेड | ३६ करोड २८ लाख |
| नेपाल टेलिभिजन | ३५ करोड १२ लाख |
नोट:
- आर्थिक वर्ष २०७८/०७९ मा १७ वटा सार्वजनिक संस्थान घाटामा रहेका थिए भने आर्थिक वर्ष २०७९/०८० मा १५ वटा संस्थान घाटामा रहेका छन्।
- आर्थिक वर्ष २०७९/०८० मा घाटामा रहेको कुल १५ वटा संस्थानको खुद नोक्सानी २.८१ प्रतिशत बढेको देखिन्छ।
★ अरु अन्य तथ्य र तथ्यांकहरु (जानी राखौं):
आर्थिक वर्ष २०७९/०८० मा सार्वजनिक संस्थानमा ३२,१८० जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन्।
हाल अस्तित्वमा रहेका ४४ वटा सार्वजनिक संस्थानमा, – औद्योगिक क्षेत्रमा १०, व्यापारिक क्षेत्रमा ४, सेवा क्षेत्रमा ११, सामाजिक क्षेत्रमा ५ जनोपयोगी क्षेत्रमा ५ र वित्तीय क्षेत्रमा ९ सार्वजनिक संस्थान
हाल अस्तित्वमा रहेका ४४ वटा सार्वजनिक संस्थानमा, – कम्पनी ऐन बमोजिम ३३, विशेष ऐन बमोजिम ७, सञ्चार संस्थान ऐन बमोजिम २, सहकारी ऐन बमोजिम एक र संस्थान ऐन बमोजिम १ वटा संस्थान स्थापना