आ.व २०८०/०८१ को समग्र आर्थिक स्थिति (राष्ट्रिय अर्थतन्त्र)
✪ आर्थिक वृद्धि:
➥कृषि, यातायात तथा भण्डारण, आवास तथा भोजन, वित्तीय तथा बीमा र पेशागत वैज्ञानिक क्षेत्रमा भएको वृद्धिका कारण आर्थिक वर्ष २०८०/०८१ मा नेपालको अनुमानित आर्थिक वृद्धि – ३.८७% (आ.व. २०७९/०८० – १.९५% को अनुमानित वृद्धि भएको,)
➥आर्थिक वर्ष २०८०/०८१ मा अनुमान आधारभूत मूल्य विस्तार – ३.५४% (आ.व. २०७९/०८० – २.३१% ले विस्तार भएको,)
➥चालु आर्थिक वर्ष (२०८०/०८१) कृषि र गैरकृषि क्षेत्रको अनुमानित उत्पादन (कुल मूल्य अभिवृद्धि) – ३.०५% र ३.७५% (आ.व. २०७९/०८० – २.७६% र २.१३% ले वृद्धि भएको,)
➥चालु आर्थिक वर्ष (२०८०/०८१) धानको अनुमानित उत्पादन – ४.३३%, साथै, हिउँदे बाली तथा नगदे बालीमा भएको वृद्धि तथा पशुपन्छीजन्य उत्पादनमा भएको वृद्धिले कृषि क्षेत्रको कुल मूल्य अभिवृद्धिमा सुधार हुने अनुमान रहेको छ।
➥मुलुकको अर्थतन्त्र गैरकृषि क्षेत्रतर्फ रूपान्तरण हुँदै गएको छ र कुल गार्हस्थ्य उत्पादनमा गैरकृषि क्षेत्रको योगदान बढ्दै जाँदा कृषि क्षेत्रको योगदान भने घट्दै गएको छ। तल तालिका अनुसार चालु आर्थिक वर्ष (२०८०/०८१) को कुल गार्हस्थ्य उत्पादनमा कृषि र गैरकृषि क्षेत्रको अनुमानित योगदान र र आर्थिक वर्ष २०७९/०८० को योगदान देखाइएको छ:
| क्षेत्र | आ.व. २०८०/०८१ (चालु आर्थिक वर्ष) | आ.व. २०७९/०८० (गत आर्थिक वर्ष) |
|---|---|---|
| कृषि क्षेत्र | २४.१% (अनुमानित) | २५.९% |
| गैरकृषि क्षेत्र | ७५.९% (अनुमानित) | ७४.१% |
नोट: पछिल्लो दशक कृषि क्षेत्रको औसत योगदान २५.९ प्रतिशत र गैर कृषि क्षेत्रको औषत योगदान ७४.१ प्रतिशत रहेको थियो।
✪ उपभोग:
➥कुल गार्हस्थ्य उत्पादनमा कुल उपभोगको अंश उच्च रहँदै आएको छ। पछिल्लो दशक कुल गार्हस्थ्य उत्पादनमा कुल उपभोगको अंश वार्षिक औसत ९१.२ प्रतिशत रहेको छ।
➥चालु आर्थिक वर्ष (२०८०/०८१) मा कुल गार्हस्थ्य उत्पादनमा कुल उपभोगको अनुमानित अंश – ९२.४%
➥चालु आर्थिक वर्ष (२०८०/०८१) मा कुल गार्हस्थ्य उत्पादनमा कुल उपभोगको अनुमानित वृद्धि – ६.४% (आ.व. २०७९/०८० – ६.५% ले विस्तार भएको,)
➥कुल गार्हस्थ्य उत्पादनमा सरकारी क्षेत्रको उपभोगको अंश घट्दै गएको छ। तल तालिका अनुसार चालु आर्थिक वर्ष (२०८०/०८१) को कुल गार्हस्थ्य उत्पादनमा सरकारी क्षेत्र र निजी क्षेत्रको उपभोगको अनुपात र गैर-नाफामूलक संस्थाको अनुमानित उपभोगको अंश र गत आर्थिक वर्ष (२०७९/०८०) को उपभोगको अंश देखाइएको छ:
| क्षेत्र | आ.व. २०८०/०८१ (चालु आर्थिक वर्ष) | आ.व. २०७९/०८० (गत आर्थिक वर्ष) |
|---|---|---|
| सरकारी क्षेत्र | ६.३% (अनुमानित) | ६.६% |
| निजी क्षेत्र | ८४.२% (अनुमानित) | ८४.१% |
| गैर-नाफामूलक संस्था | १.९% (अनुमानित) | १.८% |
नोट: विगत दश वर्षको यस्तो औसत अनुपात क्रमशः ८.८ प्रतिशत, ८९.४ प्रतिशत र १.८ प्रतिशत रहेको छ।
➥कुल निजी उपभोगमा खाद्य वस्तु उपभोगको अंश बढी छ। तल तालिका अनुसार चालु आर्थिक वर्ष (२०८०/०८१) को कुल निजी उपभोगमा खाद्य वस्तु, गैरखाद्य वस्तु र सेवाको अनुमानित अंश र गत आर्थिक वर्ष (२०७९/०८०) को अंश देखाइएको छ:
| वस्तु/सेवा | आ.व. २०८०/०८१ (चालु आर्थिक वर्ष) | आ.व. २०७९/०८० (गत आर्थिक वर्ष) |
|---|---|---|
| खाद्य वस्तु | ४८.६% (अनुमानित) | ४८.४% |
| गैरखाद्य वस्तु | १८.५% (अनुमानित) | १८.७% |
| सेवा | ३२.९% (अनुमानित) | ३२.९% |
नोट: पछिल्लो दशक कुल निजी उपभोगमा खाद्य, गैर खाद्य वस्तु र सेवाको अंश वार्षिक औसत क्रमशः ४९.० प्रतिशत, १८.५ प्रतिशत र ३२.५ प्रतिशत रहेको छ।
➥चालु आर्थिक वर्ष (२०८०/०८१) कुल गार्हस्थ्य उत्पादनमा कुल गार्हस्थ्य बचतको अनुमानित वृद्धि – ७.६% (आ.व. २०७९/०८० – ७.४%)
नोट: पछिल्लो दशक कुल गार्हस्थ्य उत्पादनमा कुल गार्हस्थ्य बचत वार्षिक औसत ८.८ प्रतिशत रहेको छ।
➥कुल गार्हस्थ्य उत्पादनमा कुल राष्ट्रिय बचतको अंश पछिल्ला दुई आर्थिक वर्ष बढेको छ। तल तालिका अनुसार चालु आर्थिक वर्ष (२०८०/०८१) को कुल राष्ट्रिय बचत कुल गार्हस्थ्य उत्पादनमा अनुमानित अंश र गत आर्थिक वर्ष (२०७९/०८०) को अंश देखाइएको छ:
| आर्थिक वर्ष | कुल राष्ट्रिय बचतको अंश (कुल गार्हस्थ्य उत्पादनको प्रतिशत) |
|---|---|
| आ.व. २०८०/०८१ (चालु आर्थिक वर्ष) | ३६.१५% (अनुमानित) |
| आ.व. २०७९/०८० (गत आर्थिक वर्ष) | ३३.७९% |
नोट: पछिल्लो दशक कुल गार्हस्थ्य उत्पादनमा कुल राष्ट्रिय बचत वार्षिक औसत ३६.०६ प्रतिशत रहेको छ।
✪ प्रतिव्यक्ति आय:
➥तल तालिका अनुसार चालु आर्थिक वर्ष (२०८०/०८१) को प्रति व्यक्ति अनुमानित कुल गार्हस्थ्य उत्पादन (प्रचलित मूल्यमा) र गत आर्थिक वर्ष (२०७९/०८०) को कुल गार्हस्थ्य उत्पादन (प्रचलित मूल्यमा) देखाइएको छ:
| आर्थिक वर्ष | प्रति व्यक्ति कुल गार्हस्थ्य उत्पादन (रू) |
|---|---|
| आ.व. २०८०/०८१ (चालु आर्थिक वर्ष) | १,८१,५६९ (अनुमानित) |
| आ.व. २०७९/०८० (गत आर्थिक वर्ष) | १,९१,८८८ |
नोट: पछिल्लो दशक प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनको वार्षिक औसत वृद्धिदर ९.१ प्रतिशत रहेको छ।
➥चालु आर्थिक वर्ष (२०८०/०८१) प्रति व्यक्ति अनुमानित कुल गार्हस्थ्य उत्पादन – १,४३४ अमेरिकी डलर (आ.व. २०७९/०८० – १,३८९ अमेरिकी डलर )
➥प्रति व्यक्ति राष्ट्रिय आय क्रमशः बढ्दै गएको छ । चालु आर्थिक वर्ष (२०८०/०८१) प्रति व्यक्ति कुल राष्ट्रिय आय गत वर्ष (२०७९/०८०) को तुलनामा ३.६% ले वृद्धि हुने अनुमान छ।
➥चालु आर्थिक वर्ष (२०८०/०८१) प्रति व्यक्ति राष्ट्रिय आयको अनुमानित वृद्धि – १,४५६ अमेरिकी डलर (आ.व. २०७९/०८० – १,४०५ अमेरिकी डलर)
➥चालु आर्थिक वर्ष अनुमानित प्रति व्यक्ति कुल खर्च योग्य आय – १,८४३ अमेरिकी डलर (आ.व. २०७९/०८० – १,७५५ अमेरिकी डलर)
✪ कुल गार्हस्थ्य उत्पादनको क्षेत्रगत संरचना:
➥तल तालिका अनुसार आर्थिक वर्ष (२०८०/८१) का प्राथमिक क्षेत्र, द्वितीयक क्षेत्र र सेवा क्षेत्रको अनुमानित वृद्धिदर र गत आर्थिक वर्ष (२०७९/८०) का प्राथमिक क्षेत्र, द्वितीयक क्षेत्र र सेवा क्षेत्रको वृद्धिदर देखाइएको छ:
| क्षेत्र | आ.व. २०८०/०८१ (चालु आर्थिक वर्ष) | आ.व. २०७९/०८० (गत आर्थिक वर्ष) |
|---|---|---|
| प्राथमिक क्षेत्र | ३.०३% (अनुमानित) | २.७२% |
| द्वितीयक क्षेत्र | १.२०% (अनुमानित) | १.४०% |
| सेवा क्षेत्र | ४.५०% (अनुमानित) | २.३६% |
नोट: पछिल्लो दशक प्राथमिक क्षेत्र, द्वितीयक क्षेत्र र सेवा क्षेत्रको वार्षिक औसत वृद्धिदर क्रमशः २.८ प्रतिशत, ४.९ प्रतिशत र ४.३ प्रतिशत रहेको छ।
➥कुल गार्हस्थ्य उत्पादनमा प्राथमिक क्षेत्रको योगदान घट्दै गएको छ भने सेवा क्षेत्रको योगदान बढ्दै गएको छ। चालु आर्थिक वर्षद्वितीयक क्षेत्रको योगदानमा भने सीमान्त कमी आएको छ। तल तालिका अनुसार चालु आर्थिक वर्ष (२०८०/८१) र गत आर्थिक वर्ष (२०७९/८०) को कुल गार्हस्थ्य उत्पादनमा प्राथमिक, द्वितीयक र सेवा क्षेत्रको योगदान देखाइएको छ:
| क्षेत्र | आ.व. २०८०/०८१ (चालु आर्थिक वर्ष) | आ.व. २०७९/०८० (गत आर्थिक वर्ष) |
|---|---|---|
| प्राथमिक क्षेत्र | २४.५६% (अनुमानित) | २४.४२% |
| द्वितीयक क्षेत्र | १२.५३% (अनुमानित) | १३.१०% |
| सेवा क्षेत्र | ६२.९०% (अनुमानित) | ६२.४८% |
नोट: पछिल्लो दशक कुल गार्हस्थ्य उत्पादनमा प्राथमिक क्षेत्र, द्वितीयक क्षेत्र र सेवा क्षेत्रको औसत योगदान वार्षिक औसत क्रमशः २६.४ प्रतिशत, १३.६ प्रतिशत र ६०.० प्रतिशत रहेको छ ।
➥चालु आर्थिक वर्ष (२०८०/८१) अनुमानित कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान (क्रमशः) – २४.०९%, १३.०% र ६२.९०% (आ.व. २०७९/०८० – २३.९२%, १३.६०% र ६२.४८%)