Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

वि.सं. २०८१ को बैसाख महिनाको महत्वपूर्ण समसामयिक घटनाहरु

  • Ajnabee Khadka
  • May 26, 2024
  • 413

वि.सं. २०८१ को बैसाख महिनाको महत्वपूर्ण समसामयिक घटनाहरु

वि.सं. २०८१ को बैसाख महिनाको महत्वपूर्ण समसामयिक घटनाहरु

१. फोर्ब्सको नयाँ सूची अनुसार विश्वका धनाढ्यमा पहिलो स्थानमा – Bernard Arnault & family (सन् २०२४, अप्रिल २ / वि.सं २०८०, चैत्र २०)

★ फोर्ब्सको नयाँ सूची अनुसार विश्वका प्रमुख १० जना धनाढ्य:

१. बनार्ड आर्नल्ट (फ्रान्स) – दुई खर्ब ३३ अर्ब

२. एलन मक्स (अमेरिका) – एक खर्ब ९५ अर्ब

३. जेफ बेजोस (अमेरिका) – एक खर्ब ९४ अर्ब

४. मार्क जुकरवर्ग (अमेरिका) – एक खर्क ७७ अर्ब

५. ल्यारी इलिसन (अमेरिका) – एक खर्ब ४१ अर्ब

६. वारेन बफेट (अमेरिका) – एक खर्ब ३३ अर्ब

७. बिल गेट्स (अमेरिका) – एक खर्ब २८ अर्ब

८. स्टिभ बाल्मर (अमेरिका) – एक खर्ब २१ अर्ब

९. मुकेश अम्बानी (भारत) – एक खर्ब १६ अर्ब

१०. ल्यारी पेज (अमेरिका) – एक खर्ब १४ अर्ब

२. विश्व बैङ्कद्वारा सार्वजनिक प्रतिवेदन अनुसार सन् २०२४ मा नेपालको अर्थतन्त्र ३.३ प्रतिशतले वृद्धि हुने अनुमान छ।

  • पर्यटन पुनरुत्थान र जलविद्युत् निर्यातको बढ्दो गतिले नेपालको अर्थतन्त्रलाई डोर्याउने विश्व बैङ्कले आकलन गरेको छ।
  • आव २०८०/८१ को बजेटले नेपालको आर्थिक वृद्धिदर छ प्रतिशत हासिल हुने लक्ष्य राखेको थियो।
  • सन् २०२५ मा ४.६ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने बैङ्कले प्रक्षेपण गरेको छ।
  • ‘उत्थानशीलताका लागि रोजगारी’ शीर्षकको २०२४ अप्रिलको यस संस्करणले दक्षिण एसियाको वृद्धि सन् २०२४ मा छ प्रतिशत र सन् २०२५ मा ६.१ प्रतिशत हुने अनुमान गरेको छ।

३. ताइवानमा २५ वर्षयताकै शक्तिशाली भूकम्प – सन् २०२४, अप्रिल ३ / वि.सं २०८०, चैत्र २१

  • दुई करोड ३० लाख जनसङ्ख्या रहेको स्वशासित टापु ताइबानमा गएको भूकम्प (७.४ म्याग्निच्युड) को धक्का चीन, जापान र फिलिपिन्ससम्म पनि परेको छ। स्थानीय समयानुसार बिहान ७ः५८ बजे जमिनको सतहबाट १५.५ किलोमिटरभित्र भूकम्प उत्पन्न भएको थियो।
  • दुई टेक्टोनिक प्लेटको सङ्गम नजिक अवस्थित ताइबान विश्वका भूकम्पीय जोखिमयुक्त क्षेत्रमा पर्छ।

४. वायु प्रदूषणको अवस्था मापन गर्ने स्विट्जरल्यान्डको आइक्यु एयर (Switzerland Air Quality Index (AQI)) का अनुुसार काठमाडौँको वायु विश्वकै अस्वस्थकरको सूचीमा तेस्रो स्थानमा रहेको छ। (सन् २०२४, अप्रिल ८ / वि.सं २०८० चैत्र २६)

  • पहिलो स्थानमा भारतको नयाँ दिल्ली र दोस्रो स्थानमा थाइल्यान्डको चिङमाई रहेका छन् ।
  • काठमाडौँको वायु गणुस्तर सूचकाङ्क (एक्युआई) १७३ रहेको छ ।
  • १५१ देखि २०० एक्युआईलाई अस्वस्थकर मानिन्छ ।
  • नयाँ दिल्लीको एक्युआई २४४ रहेको छ । यो अत्यन्तै अस्वस्थकर हो । २०१ देखि ३०० सम्म एक्युआईलाई अत्यन्तै अस्वस्थकर मानिन्छ ।
  • एक्युआईले हावामा हुने पिएम २.५ र पिएम १० भनिने सूक्ष्म कणलाई हेरेर प्रदूषणको तह निर्धारण गर्छ ।
  • थप जानकारीको लागि, यो लेख पढ्नुहोस् – https://myrepublica.nagariknetwork.com/news/kathmandu-s-air-pollution-ranks-third-worst-globally-urgent-safety-measures-advised/

५. नेपाल सरकारले कुन सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको छ। (वि.सं. २०८० चैत ३०)

  • वि.सं. २०८० चैत ३० को मन्त्रीपरिषद् बैठकले सुन्तलालाई राष्ट्रिय फलको मान्यता प्रदान गरेको छ ।
  • मुलुकभित्रको आन्तरिक उत्पादनलाई ब्रान्डिङ गर्ने उद्देश्यका साथ राष्ट्रिय फल घोषणा गरिएको हो ।
  • नेपालमा हाल सुन्तलाको वार्षिक उत्पादन एक लाख ८५ हजार टन रहेको छ ।
  • आर्थिक वर्ष २०७९/८० मा २७ हजार ८९२ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ ।
  • ४८ जिल्लामा एक हेक्टरभन्दा बढी क्षेत्रफलमा व्यावसायिक खेती गरिएको छ ।
  • अन्नबालीभन्दा सात गुना बढी लाभदायक छ ।
  • कृषिको कुल गार्हस्थ उत्पादनमा ०.९६ प्रतिशत योगदान रहेको छ ।
  • नेपालमा वार्षिक ३० अर्ब ६१ करोड रुपियाँको कारोबार हुन्छ । वार्षिक सात लाख व्यक्तिलाई यो खेतीले प्रत्यक्ष रोजगारी दिएको छ ।

६. गोरखापत्र दैनिकमा नयाँ नेपाल बहुभाषा पृष्ठ अन्तर्गत प्रकाशित हुने मातृभाषाको सङ्ख्या – ४३ (वि.सं. २०८१, वैसाख १)

  • याक्खा र डडेलधुरेली गरी दुई मातृभाषा थप भएका छन् ।
  • यसअघि गोरखापत्र दैनिकमा नेपालीबाहेक विभिन्न ४१ मातृभाषामा समाचारमूलक सामग्री प्रकाशन हुँदै आएको थियो ।
  • २०६४ असोज १ गतेदेखि गोरखापत्र दैनिकमा नयाँ नेपाल शीर्षक अन्तर्गत विभिन्न मातृभाषामा बहुभाषा (समावेशी) पृष्ठ प्रकाशन प्रारम्भ भएको हो ।
  • मातृभाषाले राष्ट्रभाषाका रूपमा संवैधानिक मान्यता पाएपछि सञ्चार माध्यमलाई पनि समावेशी बनाउने नीति अनुरूप गोरखापत्र दैनिकमा विभिन्न राष्ट्रभाषा समावेश गरी समाचार एवं रचना प्रकाशन गर्ने निर्णय गरिएको थियो ।

७. एसियाली विकास बैङ्क (Asian Development Bank) ले सन् २०२४ अप्रिलमा सार्वजनिक गरिएको प्रतिवेदन ‘एसियाली विकास परिदृश्य (Asian Development Scenario)’ अनुसार सन् २०२४ मा नेपालको अनुमानित आर्थिक वृद्धिदर – ३.६ प्रतिशत (वि.सं. २०८१, वैसाख / सन् २०२४, अप्रिल)

  • यसअघि विश्व बैङ्कले आव २०८०/८१ मा नेपालको आर्थिक वृद्धिदर ३.३ प्रतिशत हासिल हुने प्रक्षेपण गरेको छ ।
  • भारतमा मुद्रास्फीति घटिरहेकाले नेपालको मूल्यवृद्धि ६ प्रतिशतको हाराहारीमा रहने एडिबीले प्रक्षेपण गरेको छ।

८. ठमेल र दरबारमार्ग क्षेत्र वि.सं. २०८१, वैसाख १ देखि चोबिसै घण्टा खोल्न थालिएको छ।

  • नयाँ वर्ष २०८१ बाट ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्णकालीन (चोबिसै घण्टा) व्यवसाय सञ्चालन गर्न थालिएको हो।
  • उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेद्वारा ठमेल र दरबारमार्ग बजार क्षेत्र चौबिसै घण्टा व्यवसाय सञ्चालनको घोषणा गरिएको हो।

९. नेपाल व्यवस्थापन सङ्घका अनुसार आव २०८०/८१ मा नेपालको अनुमानित आर्थिक वृद्धिदर – ३.०९ प्रतिशत

  • सङ्घले २०८० चैत २५ मा सार्वजनिक गरेको तथ्याङ्कमा सो उल्लेख गरिएको छ ।
  • गत आवमा १.९ प्रतिशतको आर्थिक वृद्धि हासिल भएकोमा चालु आवमा ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने सरकारी लक्ष्य छ ।
  • नेपालमा गैरसरकारी संस्थाबाट जिडिपीको गणना गरिएको यो पहिलो पटक हो ।
  • नेपालमा जिडिपीसम्बन्धी अनुमानित र आधिकारिक तथ्याङ्क सार्वजनिक गर्ने अधिकार राष्ट्रिय तथ्याङ्क कार्यालयलाई मात्रै छ । विश्व बैङ्क जस्ता अन्तर्राष्ट्रिय निकायहरूले भने विशेष अधिकार प्रयोग गरेर जिडिपी वृद्धिको अनुमानित तथ्याङ्क सार्वजनिक गर्दै आएका छन् । त्यसबाहेकका निकाय तथा संस्थालाई जिडिपीको अनुमान गर्ने कानुनी अधिकार छैन ।

१०. सन् २०२४ मा भारतमा आयोजित एसएमएस फ्रेन्डसिप कप त्रिकोणीय टी–२० (SMS Friendship Cup Triangular T20) क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ। (सन् २०२४, अप्रिल ७ / वि.सं. २०८०, चैत्र २५)

  • गुजरातमा जारी एसएमएस फ्रेन्डसिप कप त्रिकोणात्मक टी–२० सिरिजको उपाधि नेपाल पुरुष क्रिकेट टोलीले जितेको छ।
  • नेपालले फाइनलमा घरेलु टोली गुजरातलाई १८ रनले पराजित गरेको थियो।

११. अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा लगातार छ छक्का प्रहार गरी दुर्लभ कीर्तिमान कायम गर्न सफल नेपाली खेलाडी – दीपेन्द्र सिंह ऐरी (वि.सं. २०८१, बैशाख १२ / सन् २०२४, अप्रिल २४)

  • नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर ऐरीले अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा लगातार छ छक्का प्रहार गर्ने पाँचौँ खेलाडीको रेकर्ड बनाउनुभएको छ ।
  • ओमानमा भएको एसिसी प्रिमियर कपमा कतारविरुद्ध नेपालका फिनिसर ऐरीले कतारका मध्यम गतिका बलर कमरान खानले फालेको अन्तिम ओभरमा लगातार छ छक्का प्रहार गर्नुभएको हो ।
  • अन्तर्राष्ट्रिय टी–२० मा एक ओभरमै छ छक्का हान्ने दीपेन्द्र तेस्रो खेलाडी बन्नुभएको छ । यसअघि यो कीर्तिमान भारतका युवराज सिंह र वेस्टइन्डिजका किइरोन पोलार्डका नाममा रहेको छ ।
  • ओडिआईमा दक्षिण अफ्रिकाका हर्सेल गिभ्स र अमेरिकाका जसकरन मल्होत्राले एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए ।
  • दीपेन्द्रको नाममा सर्वाधिक कम बलमा अन्तर्राष्ट्रिय टी–२० अर्धशतक (चीनको हाङझोउमा भएको १९ औँ एसियाडमा मङ्गोलियाविरुद्ध) को अमर विश्व कीर्तिमान पनि रहेको छ ।

१२. संयुक्त राष्ट्रसङ्घले ‘Climate Promise’ (जलवायु प्रतिज्ञा) २०२५ को सुरुवात – वि.सं. २०८१, वैशाख ११

  • यो पेरिस सम्झौतामा निर्धारित तापक्रमलाई १.५ डिग्री सेल्सियसभन्दा बढी बढ्नबाट रोक्न संयुक्त विश्वव्यापी प्रयास हो।
  • राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको नेतृत्वमा यो पहल सुरु भएको हो।
  • यसले सामाजिक सञ्चार माध्यमका प्रभावशाली व्यक्तिहरू, आदिवासी नेता तथा प्रमुख निकायसहितका सरोकारवालालाई जलवायु अनुकूलनका मुद्दामा एकीकृत गर्ने छ।
  • साथै महासचिव गुटेर्रेसको ‘सबै विनाश निराशा होइन’ भन्ने महत्वपूर्ण सन्देशलाई विश्वमाझ पुर्‍याउन सो अभियान सार्थक बन्ने अपेक्षा गरिएको छ।
  • जलवायु परिवर्तनको प्रतिकार्यका लागि वित्त प्रवाह गर्न र जलवायु अनुकूलनको महत्वाकाङ्क्षा सफल बनाउन राष्ट्रसङ्घले सक्रिय पहल गर्दै आएको गुटेर्रेसले जनाएका छन्।

१३. नेपाल तेक्वान्दो सङ्घले वर्षका उत्कृष्ट खेलाडीका रूपमा पलेशा गोवर्धन र कविराज नेगी लामालाई सम्मानित गरेको छ। (वि.सं. २०८१, वैशाख ८)

  • छनोट चरण पार गर्दै पेरिस पारालिम्पिक खेल्न लागेकी पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्द्धन र प्रशिक्षक कविराज नेगी लामा वर्षका उत्कृष्ट खेलाडी र प्रशिक्षकबाट सम्मानित भएका छन् ।
  • शनिबार चितवनको सौराहमा आयोजित साधारणसभामा पलेसालाई ५० हजार र कविराजलाई नगद १५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।

१४. वि.सं. २०८१ वैशाख १५ मा होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेश प्रदेश र पर्यटन व्यवसायी महिला सङ्घ बिच मितेरी सम्बन्ध कायम भएको छ।

१५. गोरखाको नुब्री क्षेत्रलाई अहिंसा उपत्यका घोषणा – वि.सं. २०८१, वैशाख ८

  • सेराङ गुम्बा र चुमनुब्री गाउँपालिकाको संयुक्त पहलमा नुब्री क्षेत्रलाई अहिंसा उपत्यका घोषणा गरिएको हो।
  • अहिंसा क्षेत्र घोषणा भएपछि यस क्षेत्रमा घरपालुवा तथा जङ्गली जनावर काटमार गर्न निषेध गरिएको छ।

१६. पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी गणतन्त्र गौरवबाट सम्मानित (वि.सं. २०८१, वैसाख १०) हुने व्यक्तित्व भएका छन्।

  • नेकपा एमालेले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापनाको ७५ वर्ष पुगेको अवसर (हीरक महोत्सव) मा पूर्वराष्ट्रपति भण्डारीलाई सो अवार्डबाट सम्मानित गरिएको हो।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र डा. बाबुराम भट्टराई तथा मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मीद्वारा संयुक्त रूपमा पूर्वराष्ट्रपति भण्डारीलाई सो सम्मान प्रदान गरिएको हो।

१७. माल्दिभ्समा सन् २०२४ अप्रिल २१ मा सम्पन्न आमनिर्वाचनमा राष्ट्रपति मुइज्जुको पार्टी पिपुल्स नेसनल कङ्ग्रेस (People’s National Congress) दुई तिहाइभन्दा बढी बहुमतका साथ जित हासिल गर्न सफल पार्टी बनेको छ।

  • पीएनसीले ९३ सदस्यीय सदनमा ७० सिट जितेको छ । यो विजयलाई मुइज्जुको चीनसँग घनिष्ट सम्बन्ध हासिल गर्र्ने नीतिलाई बलियो समर्थनका रूपमा हेरिएको छ।
  • पूर्वराष्ट्रपति इब्राहिम मोहम्मद सोलिहको नेतृत्वमा रहेको प्रमुख विपक्षी माल्दिभियन डेमोक्रेटिक पार्टी (एमडिपी) ले १५ सिटमा जित हासिल गरेको छ।

१८. पाल्पाको तानसेनमा तीनदिने अन्तरव्यवस्थापिका भेला वि.सं. २०८१ वैशाख १३–१५ सम्म सम्पन्न भयो।

  • भेलाले सातबुँदे पाल्पा घोषणापत्र जारी गरेको छ ।
  • सङ्घीय संसद् र प्रदेश सभाका विगतका सम्मेलन, भेला, अन्तर्क्रिया र कार्यक्रमका निष्कर्ष, प्रतिबद्धता तथा घोषणाहरूलाई कार्यान्वयन गर्न गराउन अन्तरप्रदेश व्यवस्थापिका मञ्चलाई सक्रिय बनाउने घोषणापत्रमा उल्लेख छ । मञ्चमा सङ्घीय संसद्का सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका उपसभामुख, राष्ट्रिय सभाका उपाध्यक्ष, प्रदेश सभाका सभामुख, उपसभामुख रहेका छन् ।
  • मञ्चको आगामी भेला गण्डकी प्रदेश सभाले आयोजना गर्ने छ ।

१९. तनहुँको आँबुखैरेनी गाउँपालिका र चीनको साओसान सहरबिच भगिनी सम्बन्ध कायम – वि.सं. २०८१ वैशाख १२

२०. नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल–कतार वाणिज्य परिषद् स्थापना गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर – वि.सं. २०८१, वैशाख १२ (सन् २०२४, अप्रिल २४) 

  • थप जानकारीको लागि, यो लेख पढ्नुहोस् – https://engineeringnepal.org/16748

२१. नेपाल सन् २०२४–२०२६ अवधिका लागि संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्मा विजयी भएको छ।

  • एसिया प्यासिफिक क्षेत्रबाट नेपाल तीन वर्षे कार्यकालका लागि चयन भएको हो।
  • यस परिषद्मा ५४ सदस्य रहेका छन्।
  • ५४ सदस्यीय यस परिषद्मा नेपालसँगै पाकिस्तान र जापान पनि छनोट (सन् २०२३ जुन ८ मा) भएका छन्।
  • परिषद्मा नेपाल यसअघि सन् १९८०–१९८२, २००१–२००३ र २०१३–२०१५ गरी तीन पटक निर्वाचित भएको छ।

२२. तेस्रो लगानी सम्मेलन सम्पन्न भएको छ – वि.सं. २०८१ वैशाख १६–१७, काठमाडौँ

  • पहिलो : विसं २०७३ फागुन १९–२०
  • दोस्रो : विसं २०७५ चैत १५–१६

२३. नेपालको पहिलो व्यावसायिक फिल्म ‘माइतीघर’ का अभिनेता सिपी (चिदाम्बरम प्रसाद) लोहनीको निधन – वि.सं. २०८१ वैशाख १७

२४. राष्ट्रिय तथ्याङ्क कार्यालयले २०८१ वैशाख १८ मा सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को राष्ट्रिय लेखा अनुमान अनुसार मुलुकको अर्थतन्त्रको अनुमानित कुल आकार – रु. ५७ खर्ब चार अर्ब 

  • गत आव २०७९/८० मा अर्थतन्त्रको आकार ५३ खर्ब ४८ अर्ब रहेको थियो ।
  • सो प्रतिवेदन अनुसार आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने अनुमान ।
  • नेपालीको प्रतिव्यक्ति आय एक हजार ४५६ डलर पुग्ने अनुमान ।

✪ आर्थिक वृद्धिदर (उपभोक्ता मूल्यमा, प्रतिशत)

➤ २०७७/७८ : ४.८४

➤ २०७८/७९ : ५.६३

➤ २०७९/८० : १.९५ (संशोधित)

➤ २०८०/८१ : ३.८७ (अनुमानित)

  • सेवा क्षेत्रको वृद्धिदर ४.५० प्रतिशत,
  • कृषि तथा खानी क्षेत्र समेटिने प्राथमिक क्षेत्रको वृद्धिदर ३.०३ प्रतिशत,
  • उत्पादन क्षेत्र समेटिने द्वितीय क्षेत्रको वृद्धिदर १.२० प्रतिशत,
  • उद्योग क्षेत्रको वृद्धिदर १.६० प्रतिशतले ऋणात्मक हुने,
  • त्यस्तै निर्माण क्षेत्र २.०७ प्रतिशतले ऋणात्मक हुने,
  • आवास तथा भोजन सेवाको २१.८४ प्रतिशत, विद्युत् ग्यासको १७.४४ प्रतिशत, यातायात तथा भण्डारण सेवाको ११.८९ प्रतिशत, वित्तीय तथा बिमासम्बन्धी सेवाको ७.८० र मानव स्वास्थ्य तथा सामाजिक कार्यका व्रिmयाकलापको ५.५२ प्रतिशत वृद्धिदर हुने,
  • चालु आवमा नेपालीको वार्षिक औसत आय करिब एक लाख ९५ हजार रुपियाँ पुग्ने अनुमान गरिएको छ ।
  • चालु आ.व.मा यस्तो आय गणना गर्दा एक अमेरिकी डलरको विनिमय दर १३३ रुपियाँ ८२ पैसा कायम गरिएको,
  • आव २०८०/८१ मा कुल गार्हस्थ उत्पादनको २२.९६ प्रतिशत विप्रेषण प्राप्त हुने अनुमान । आव २०७९/८० मा २२.८२ प्रतिशत विप्रेषण प्राप्त भएको संशोधित अनुमान छ ।
  • आव २०८०/८१ मा कुल गार्हस्थ उत्पादनको ७.९४ प्रतिशत निर्यात हुने अनुमान छ । गत आवमा ६.९६ प्रतिशत रहेको संशोधित अनुमान छ ।
  • कुल गार्हस्थ उत्पादनको ३३.७० प्रतिशत आयात हुने प्रारम्भिक अनुमान रहेको छ । गत आवमा ३४.६८ प्रतिशत रहेको संशोधित अनुमान छ ।

✪ प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आय (अमेरिकी डलर)

➤ २०७६/७७ : ११८०

➤ २०७७/७८ : १२८४

➤ २०७८/७९ : १४१९

➤ २०७९/८० : १४०५

➤ २०८०/८१ : १४५६

२५. तामाङ र नेपाल भाषा बागमती प्रदेशको सरकारी कामकाजी भाषाका रूपमा लागु – वि.सं. २०८१, वैशाख २४

  • संविधानको धारा ७ को उपधारा (२) मा नेपाली भाषाको अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसङ्ख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्र भाषालाई सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्ने उल्लेख गरिएको छ ।
  • योसँगै नेपाली भाषाका अतिरिक्त प्रदेशभित्र बहुसङ्ख्यकले बोलिने दुई वटा भाषालाई कामकाजी भाषा निर्धारण गर्ने संविधानको महत्वपूर्ण प्रावधान पहिलो पटक कार्यान्वयनमा आएको छ ।
  • प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८० राजपत्रमा प्रकाशित भएको १८० दिनपश्चात् ऐनका रूपमा लागु गरिएको हो । सो ऐन, २०८० कात्तिक २३ गते प्रमाणीकरण भई सोही दिन राजपत्रमा प्रकाशित गरिएको थियो ।
  • बागमती प्रदेश सरकारद्वारा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा बागमती प्रदेश सरकारी कामकाजी भाषा ऐन, २०८० शुभारम्भ भएको  घोषणा गरियो।
  • सो घोषणासँगै प्रदेश सरकारका सबै मन्त्रालयको साइनबोर्ड नेपाली भाषा (देवनागरी), तामाङ भाषा (तामयिक) र नेपाल भाषा (रञ्जना लिपि) मा लेखिएको राखिने छ।

२६. सन् २०२४ अप्रिल–मे महिनामा सम्पन्न स्पेनिस ला लिगाको उपाधि रियल मेड्रिड (Real Madrid) ले जितेको छ।

२७. खाद्य अधिकार अभियन्ताहरूको राष्ट्रिय सम्मेलन सम्पन्न – नेपालगन्ज, २०८१ वैशाख १४–१५ 

  • सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती र मधेश प्रदेशका विभिन्न जिल्लामा खाद्य अधिकार तथा खाद्य सम्प्रभुताको क्षेत्रमा क्रियाशील खाद्य अधिकार अमियन्ताहरूको सम्मेलनले खाद्य अधिकार सुनिश्चितताका लागि १७ बुँदे नेपालगन्ज घोषणापत्र जारी गरेको छ ।
  • फियान नेपाल, राष्ट्रिय खाद्य अधिकार सञ्जाल र याक नेपालको संयुक्त आयोजनामा सम्मेलन सम्पन्न  भएको छ ।

२८. चीनले नेपाली नागरिकलाई भिसा निःशुल्क – सन् २०२४ मे १ (वि.सं. २०८१ बैशाख १९)

२९. कामिरिता शेर्पा विश्वोमै सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गर्ने पर्वतारोही बनेका छन्।

  • वि.सं. २०८१ वैशाख ३० मा उनले २९ औँ पटक सफल आरोहण गरेका हुन् ।
  • व्यक्तिगत रूपमा सबैभन्दा धेरै पटक सगरमाथाको सफल आरोहण गर्ने आफ्नै कीर्तिमान तोडेर शेर्पाले २९ औँ पटक सफल आरोहण गर्ने नयाँ कीर्तिमान बनाएका हुन् ।
  • उनले सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको आरोहण गरेका थिए ।

३०. नेपाल राष्ट्र बैङ्कद्वारा २०८१ वैशाख ३० मा सार्वजनिक आर्थिक वर्ष २०८०/८१ को प्रथम नौ महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार यो अवधिसम्ममा विप्रेषण आप्रवाह १९.८ प्रतिशत वृद्धि भएको छ।

  • विप्रेषण आप्रवाह १९.८ प्रतिशतले बढेर १० खर्ब ८२ अर्ब ६२ करोड पुगेको छ ।
  • चैत्र मसान्तसम्ममा शोधनान्तर स्थिति तीन खर्ब ६५ अर्ब १६ करोडले र चालु खाता एक खर्ब ७९ अर्ब ४८ करोडले बचतमा रहेको ।
  • वि.सं. २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको विदेशी विनिमय सञ्चिति २४.२ प्रतिशतले वृद्धि भई चैत मसान्तसम्ममा १९ खर्ब ११ अर्ब ८६ करोड पुगेको ।
  • बैङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १५ महिनाको वस्तु आयात र १२.५ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने देखिएको छ ।
  • यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत– नयाँ) लिने नेपालीको सङ्ख्या तीन लाख २९ हजार ४ सय २२ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या दुई लाख १२ हजार ७२१ रहेको छ ।
  • राष्ट्र बैङ्कका अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रस्फीति ४.६१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको चैत्र महिनामा यस्तो मुद्रास्फीति ७.७६ प्रतिशत रहेको थियो ।
  • २०८० चैत्र महिनामा काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.०६, तराईको ४.५८, पहाडको ५.३३ प्रतिशत र हिमालको ४.३२ प्रतिशत रहेको छ ।
  • चालु आर्थिक वर्षको मौद्रिक नीतिले मुद्रास्फीति ६.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखेको छ ।
  • चालु खाता एक खर्ब ७९ अर्ब ४८ करोडले बचतमा पुगेको छ । गत वर्ष यही अवधिमा चालु खाता ६० अर्ब ४३ करोडले घाटामा थियो ।
  • देशमा भित्रिने प्रत्यक्ष विदेशी लगानी र देशबाट बाहिरिने लाभांशको समष्टिको सूचक प्रत्यक्ष वैदेशिक लगानी यस अवधिमा छ अर्ब ४८ करोडले धनात्मक छ । अघिल्लो वर्ष यही अवधिमा यो सूचक दुई अर्ब ६२ करोडले धनात्मक थियो ।

३१. बागमती प्रदेशको दोस्रो युवा सम्मेलन सम्पन्न – वि.सं. २०८१ वैशाख २८–३०, हेटौँडा

  • सम्मेलनले १३ बुँदे घोषणापत्र जारी गरेको छ ।
  • प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको प्रदेश युवा परिषद्को आयोजनामा सम्मेलन भएको हो ।
  • बागमती प्रदेशका युवालाई सशक्तीकरण गर्दै सिर्जनशील र उद्यमशील बनाउने लक्ष्यसहित युवा सम्मेलन आयोजना गरिएको हो ।
  • सम्मेलनमा बागमती प्रदेशका १३ वटै जिल्लाका युवाको सहभागिता रहेको थियो ।

३२. नेपालगन्ज नाकास्थित एकीकृत भन्सार जाँच चौकी (Integrated Customs Check Post) सञ्चालनमा – वि.सं. २०८१ वैशाख २४

  • सञ्चालनमा आएसँगै नेपाल–भारतबिचको व्यापारमा सहजीकरण हुने विश्वास लिइएको छ ।
  • गैरकानुनी रूपमा हुने चोरीपैठारी नियन्त्रण र आन्तरिक राजस्व वृद्धिमा सहयोग पुग्ने छ ।
  • उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीद्वारा जाँच चौकीको शुभारम्भ गरिएको छ ।
  • करिब दुई अर्ब ७५ करोड लागतमा एकीकृत जाँच चौकी निर्माण भएको छ ।

३३. काठमाडौँ महानगरपालिकाद्वारा काठमाडौँको टुँडिखेलमा सिप मेलाको सुरुवात – वि.सं. २०८१ वैशाख २१ (जेठ १९ सम्म सञ्चालन हुने)

  • १० विधा र ३० पेसाका लागि सञ्चालित प्रशिक्षणको अवधि सात दिन, १५ दिन र ३० दिनको रहेको छ ।
  • चालु आव मा १५ हजारलाई सिपमूलक तालिम दिने र पाँच हजारलाई रोजगारी दिने महानगरपालिकाको गौरवको ‘रोजगारी र आय वृद्धि, काठमाडौँ महानगरको समृद्धि’ कार्यक्रम अन्तर्गत सिप मेला आयोजना गरिएको हो ।

३४. राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना अन्तर्गतको सिँचाइ सुरुङमा प्रगति – वि.सं. २०८१ वैशाख २६

  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा सुरुङ खन्ने टनेल बोरिङ मेसिन (टिबिएम) को स्वीच थिचेपश्चात् सुरुङ छेडिएको हो ।
  • सिन्धुलीको कमलामाई नगरपालिका–२, कुसुमटारबाट सुरु भएको सुरुङ सुनकोशी गाउँपालिका–७, कानढुङ्ग्रीस्थित नदी किनारमा निकालिएको हो ।
  • सोही ठाउँबाट सुनकोशीको पानी सुरुङमार्फत लगेर मध्यतराईका पाँच जिल्लामा सिँचाइ सुविधा पुर्याउने सरकारी योजना छ ।
  • सिँचाइका लागि नेपालले निर्माण गरेको यो दोस्रो आधुनिक सुरुङ हो । यसअघि १२.२१ किलोमिटर लामो भेरी–बबई सिँचाइ आयोजनामा सुरुङ बनाइएको छ ।
  • सिन्धुली र रामेछापको सिमाना भएर बग्ने सुनकोशीको पानीलाई सुरुङमार्फत मरिण नदीमा खसालिने छ । त्यसलाई हालको बागमती सिँचाइ आयोजनाका संरचनामार्फत मध्य तराईका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको एक लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ सुविधा पु¥याउने आयोजनाको लक्ष्य छ।
  • परियोजनाबाट सिँचाइसँगै ३१.०७ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य पनि रहेको छ ।

३५. मेक इन नेपाल : स्वदेशी सम्मेलन २०२४ सम्पन्न – वि.सं. २०८१ वैशाख २५

  • नेपाली वस्तुको उत्पादन, खपत तथा निर्यात वृद्धिका लागि ३५ बुँदे घोषणापत्र जारी गरिएको छ ।
  • नेपाल उद्योग परिसङ्घ (सीएनआई) ले उद्योग मन्त्रालयसँगको सहकार्यमा गर्दै आएको सो सम्मेलनले नेपाली वस्तु उत्पादन र खपत प्रवर्धन एवं निर्यातका लागि प्रतिस्पर्धात्मक क्षमता विस्तारलाई मुख्य जोड दिएको छ ।
  • वार्षिक एक हजार नयाँ उद्योग दर्ता, दिगो विकासको लक्ष्य अनुसार कुल गार्हस्थ उत्पादनमा उत्पादनमूलक क्षेत्रको हिस्सा सन् २०३० सम्ममा २५ प्रतिशत पु¥याउने, औद्योगिक क्षेत्रबाट वार्षिक डेढ लाख रोजगारी सिर्जना गर्ने र पाँच वर्षभित्र वार्षिक निर्यात ४.६ अर्ब अमेरिकी डलर पु¥याउने लक्ष्यसहित मेक इन नेपाल अभियान सञ्चालनमा ल्याइएको हो ।

३६. प्रा. कृष्ण गौतम, कवि मञ्चु काँचुली र कथाकार किशोर पहाडी, मधुपर्क सम्मान–२०८१ बाट सम्मानित हुनु भएका छन्। (वि.सं. २०८१ जेठ ३० गते अर्पण गरिनेछ)

  • गोरखापत्र राष्ट्रिय दैनिकको सहप्रकाशन मधुपर्कले २०५९ सालदेखि यो सम्मान प्रदान गर्दै आएको छ ।
  • सो सम्मानको राशि जनही ५० हजार रुपियाँ रहेको छ ।

३७. लेखक प्रगति राई र पत्रकार प्रकाश गुरागाईंलाई पहिचान पुरस्कार–२०८१ प्रधान गरियो। (वि.सं. २०८१, वैसाख २२)

  • पहिचान पुरस्कार कोषले राई र गुरागाईंलाई नगद चार लाख रुपियाँसहित २०८१ वैशाख २२ मा सम्मान गरेको हो ।
  • महिलाको वंश अधिकारमाथि लेखिएको राईको नयाँ उपन्यास याङ्ग्रा र गुरागाईंको कृति जङ्क्सन पिपलबोटलाई कोषले संयुक्त रूपमा सम्मान गरेको हो ।

३८. गण्डकी प्रज्ञा–प्रतिष्ठानले गण्डकी प्रज्ञा साहित्य सम्मानबाट भूपिन व्याकुललाई सम्मानित गरेको छ। (वि.सं. २०८१, वैसाख २९)

✪प्रतिष्ठानले सात सर्जकलाई सम्मानित गरेको छ :

➤गण्डकी प्रज्ञा साहित्य सम्मान : भूपिन व्याकुल (बागलुङ)

➤गण्डकी प्रज्ञा संस्कृति सम्मान : खगराज शर्मा (कास्की)

➤गण्डकी प्रज्ञा सङ्गीत सम्मान : पुरुषोत्तम न्यौपाने (स्याङ्जा)

➤गण्डकी प्रज्ञा कला सम्मान : गोपाल श्रेष्ठ (कास्की)

➤गण्डकी प्रज्ञा प्रतिष्ठान नारी सम्मान : सरस्वती प्रतीक्षा (तनहुँ)

➤गण्डकी प्रज्ञा युवा सम्मान : रविन गुरुङ (स्याङ्जा र छिरिङ फोन्जो (मुस्ताङ)

  • सुरुका चार सम्मानको राशि जनही एक लाख, नारी सम्मानको राशि ५० हजार र प्रज्ञा युवा सम्मानको राशि जनही २५ हजार रुपियाँ रहेको छ ।
  • गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, साहित्यकार सरुभक्त, कलाकार दुर्गा बराल वात्स्यायन लगायतद्वारा सर्जकलाई सम्मान प्रदान गरियो ।

३९. नेपाल सरकारले एक सय रुपियाँको नोटमा चुच्चे नक्सा समावेश गरी जारी गर्ने निर्णय – वि.सं. २०८१ वैशाख २०

  • हाल चलनचल्तीमा रहेको रुपियाँ एक सय दरको बैङ्क नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नक्साको सट्टा नेपालको नयाँ नक्सा राखी डिजाइन परिमार्जन गर्न स्वीकृति प्रदान गर्ने निर्णय मन्त्रीपरिषद्ले गरेको छ ।
  • नेपालले २०७७ जेठ ७ गते नयाँ चुच्चे नक्सा सार्वजनिक गरेको थियो ।
  • नेपालले सुगौली सन्धि अनुसार काली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा लागु गरेको हो । ती भूभाग यसअघि प्रचलनमा रहेको नेपालको नक्सामा थिएनन् ।
  • नेपालको नयाँ नक्सामा लिम्पियाधुरा माथिबाट बग्ने काली नदीपूर्वको गुन्जी, नाभी, कुटीलगायतका भूभाग समेटिएको छ ।

४०. रोशन शेरचनलाई वि.सं. २०८१ सालको उत्तम शान्ति पुरस्कारबाट सम्मानित गरिएको छ। (वि.सं. २०८१, वैसाख ३०)

  • उत्तम शान्ति पुरस्कार गुठीले रोशन शेरचनको निबन्ध सङ्ग्रह ‘गल्ली संसार’ लाई सो पुरस्कार प्रदान गर्ने निर्णय (वि.सं. २०८१, वैशाख ३०) गरेको छ ।
  • पुरस्कारको राशि एक लाख रुपियाँ तथा ताम्रपत्र रहेको छ ।

४१. ग्लोबल आइएमई बैङ्क, ग्लोबल फाइनान्स म्यागेजिनको बेस्ट बैङ्क अवार्ड–२०२४ बाट सम्मानित नेपाली बैङ्क भएको छ। (वि.सं. २०८१, बैशाख ३१ )

  • ग्लोबल आइएमई ग्लोबल फाइनान्सको यो अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैङ्क हो ।
  • म्यागेजिनले अफ्रिका, एसिया प्यासिफिक, क्यारेबियन, मध्य अमेरिका, ल्याटिन अमेरिका, मध्य र पूर्वी युरोप, मध्यपूर्व, उत्तर अमेरिका र पश्चिम युरोप क्षेत्रका उत्कृष्ट बैङ्कहरूलाई सम्मान गरेको हो ।

४२. नेपाल र गणतन्त्र कोरियाका आरोही सम्मिलित आरोहण टोलीद्वारा जुगल–१ हिमालको आरोहण – वि.सं. २०८१, वैशाख ७

  • नेपाल र गणतन्त्र कोरियाबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसर पारी सो आरोहण गरिएको हो ।
  • सो हिमालको उचाइ ६५९१ मिटर रहेको छ ।
  • जुगल हिमालमा विदेशी पर्वतारोहीले औपचारिक आरोहण गरेको यो पहिलो पटक हो ।
  • यसअघि २०७५ चैत २६ गते सगरमाथा आरोही माया गुरुङको नेतृत्वमा जुगल हिमशृङ्खला अन्तर्गतको ६,१२६ मिटर अग्लो ग्याल्जेन पिक र २०७७ कात्तिक ४ गते सगरमाथा आरोही शर्मिला लामाको नेतृत्वमा सात जनाको टोलीले ६,१५१ मिटर अग्लो जुगल हिमाल आरोहण गरेका थिए ।

४३. नेपालको पहिलो महिला सचिव चन्द्रकला किरणको निधन – वि.सं. २०८१ वैशाख २० (९४ वर्षको उमेरमा)

  • २०४१ सालमा सचिव बनेकी किरणले विभिन्न मन्त्रालयको सचिवका रूपमा काम गर्नुभएको थियो ।
  • उहाँ २०४६ सालमा सेवा निवृत्त हुनुभएको थियो ।

४४. देवेन्द्र भट्टराई र मातृका दाहाललाई बारबरा फाउन्डेसनले खोजमूलक पत्रकारिता पुरस्कार–२०८१ प्रदान गरेको छ।

  • द्वितीय पुरस्कार : दीपा दाहाल (राशि : रु. छ लाख)
  • तृतीय पुरस्कार : रमेश कुमार (राशि : रु. तीन लाख)
  • फाउन्डेसनले खोजमूलक रिपोर्ट प्रकाशित गर्ने चार जना पत्रकारलाई सो पुरस्कार प्रदान गरेको हो ।
  • २०७९ वैशाखदेखि २०८० चैतसम्म प्रकाशन/प्रसारणमा आएका अनुसन्धानपरक समाचार सामग्रीमध्येबाट उक्त पुरस्कार दिइएको फाउन्डेसनले जनाएको छ ।

४५. पर्सा पूर्ण खोपयुक्त जिल्ला घोषणा – वि.सं. २०८१, वैशाख ३

  • पर्सामा पूर्ण खोपयुक्त कार्यक्रम २०७३ वैशाखबाट थालिएको थियो ।
  • अब मधेश प्रदेशका आठमध्ये रौतहट, धनुषा र महोत्तरी पूर्ण खोपयुक्त जिल्ला घोषणा हुन बाँकी छन् ।

४६. प्रतिनिधि सभा र प्रदेशसभा उपनिर्वाचन २०८१ सम्पन्न – वि.सं. २०८१ बैशाख १५

  • निर्वाचन भएको क्षेत्र : इलाम – २ (प्रतिनिधिसभा) र बझाङ १ (क) ( प्रदेशसभा)
  • इलाम- २ मा एमालेबाट निर्वाचित सुवासचन्द्र नेम्बाङ र बझाङ – १ मा कांग्रेसबाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएपछि ति स्थान रिक्त रहेका थिए।
  • सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री समेत रहेका सिंहको २०८० असार ५ मा सडक दर्घटनामा परी निधन भएको थियो।
  • संविधानसभाका अध्यक्ष समेत रहेका इलामका नेम्बाङको २०८० भदौ २६ मा निधन भएको थियो ।

✪इलाम २:

  • विजयी उम्मेदवार : सुहाङ नेम्वाङ (नेकपा एमाले, २७,७७२ मत) निकटतम प्रतिद्वन्दी : डम्बर खड्का ( नेपाली कांग्रेस, २१, ९४२ मत )

✪बझाङ १:

  • विजयी उम्मेदवार : दमनबहादुर भण्डारी (नेकपा एमाले, ११,६१३ मत ) निकटम प्रतिद्वन्दी : अभिषेक सिंह ( नेपाली कांग्रेस, ११,३४६ मत)

४७. ट्वान्टी-२० विश्वकप क्रिकेटका लागि नेपाली टोली घोषणा – वि.सं. २०८१, बैशाख १९

  • नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा १५ सदस्स्यीय टोली घोषणा गरेको हो।

४८. ‘ह्विट्ली अवार्डबाट नेपाली संरक्षणकर्मी पुरस्कृत – राजु आचार्य (सन् २०२४, मे २ / वि.सं. २०८१ बैशाख २०)

  • पुरस्कार प्राप्त गर्ने व्यक्ति : राजु आचार्य (लाटोकोसेरो संरक्षण परियोजनाका लागि )
  • पुरस्कार प्रदान गर्ने निकाय : हिट्ली फन्ड फर नेचर (बेलायत)
  • पुरस्कार राशि : ५० हजार पाउण्ड

४९. युएईले एसीसी ट्वान्टी – २० प्रिमियर कप क्रिकेटको उपाधि जितेको छ। (सन् २०२४, अप्रिल २३)

  • फाइनल खेल : २०२४ अप्रिल २३
  • विजेता : युएई
  • उप-विजेता : ओमान
  • जित संगै युएई एसियाकपमा प्रवेश गरेको छ।
  • यो प्रतियोगितामा नेपाल सेमिफाइनलमा युएई संग पराजित भएको थियो भने तेस्रो स्थानको खेलमा हंगकंग संग पराजित भएको थियो।

५०. महालेखा परीक्षकमा तोयम राया नियुक्त – वि.सं. २०८१, बैशाख ६

  • राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानका धारा २४० को उपधारा (२) बमाेजिम रायालाई महालेखा परीक्षकमा नियुक्त गरेका हुन्।
  • तोयम राया यस अघि अर्थ सचिव र प्रमुख तथ्यांक अधिकारीको रुपमा काम गरिसकेका छन्।
  • २०८० जेठ ८ गते टंकमणि शर्मा सेवानिवृत्त भएपछि यो पद रिक्त रहेको थियो ।
  • महालेखापरीक्षकको कार्यकाल ६ बर्षको रहन्छ।

Categories

  • Current Affairs 640
  • Gorkhapatra 310
  • Others 1031
  • Vacancy 1
  • Past Questions 78
  • GK Loksewa Past Question Collection 0
  • Nepal Police 4

Latest Blogs

Nepal's Provincial Gross Domestic Product Estimates, 2082/83
Current Affairs

नेपालको प्रादेशिक कुल गार्हस्थ उत्पादन अनुमान, २०८२/८३

  • May 27, 2026
  • 101
Major records set during the spring Everest climbing season of 2083 BS
Current Affairs

वि.सं. २०८३ को वसन्तकालीन सगरमाथा आरोहण सिजनमा कायम भएका प्रमुख कीर्तिमानहरू

  • May 27, 2026
  • 128
The concept of a common national market: thematic questions and answers (13 Jestha 2083, Wednesday)
Gorkhapatra

साझा राष्ट्रिय बजारको अवधारणा : विषयगत प्रश्नोत्तर (१३ जेठ २०८३, बुधबार)

  • May 27, 2026
  • 17
Public Service Preparation Special: Objective Questions and Answers (13 Jestha 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१३ जेठ २०८३, बुधबार)

  • May 27, 2026
  • 106
Development of Constitutional Bodies in Nepal's Constitutional History
Others

नेपालको संवैधानिक इतिहासमा संवैधानिक निकायहरूको विकास

  • May 26, 2026
  • 72
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA