Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

१६ औ योजना सम्बन्धी बिस्तृत जानकारीहरु

  • Susmita Shrestha
  • May 23, 2024
  • 1001

१६ औ योजना सम्बन्धी बिस्तृत जानकारीहरु

१६ औ योजना सम्बन्धी बिस्तृत जानकारीहरु

सोह्रौं योजना
२०८१/०८२ – २०८५/०८६

  • १६औं योजना पारित / स्वीकृत : वि.सं. २०८१ जेठ १ गते (मन्त्रिपरिषद्बारा )
  • १६ औं पञ्चवर्षिय योजनाको अवधि
  • सोच / नारा :  “सुशासन सामाजिक न्याय र समृद्धि”
  • अवधारणापत्र पारित योजना : विसं २०८० साउन १७ (राष्ट्रिय आयोगको पूर्ण बैठकले)
  • लक्ष्य : ४० ( सुशासनका १०, सामाजिक न्यायका १० र समृद्धिका २० गरी ४० लक्ष्य)
  • समष्टिगत रणनीति: ३ वटा
  • संरचनात्मक रुपान्तरणकारी प्रमुख क्षेत्र : १२ वटा
  • राष्ट्रिय योजना आयोगका अध्यक्ष : पुष्पकमल दाहाल प्रचण्ड
  • राष्ट्रिय योजना आयोगका उपाअध्यक्ष : मीन बहादुर श्रेष्ठ
  • सोह्रौँ पञ्चवर्षीय आवधिक योजनाले मुख्य प्राथमिकतामा राखेको विषय : डिजिटल डाटाबेस र ई-गभर्नेन्स (विद्युतीय सुशासन )
  • कुल अनुमानित लागत / लगानी : रु.१ सय ११ खर्ब ८४ अर्ब २३ करोड
  • कुन क्षेत्रबाट लगानी लक्ष्य कति ? सार्वजनिक : ३३ खर्ब ७७ अर्ब, निजी: ७५ खर्ब १५ अर्ब, सहकारी : २ अर्ब ९० अर्ब

सोंच : “सुशासन, सामाजिक न्याय र समृद्धि”

  •  “सुशासन, सामाजिक न्याय र समृद्धि” दीर्घकालीन सोच २१०० ले तय गरेका समृद्धि र सुखका मुलभूत तत्वहरूलाई आत्मसात गर्दै सोह्रौं योजनाले “सुशासन, सामाजिक न्याय र समृद्धि” को सोच राखेको छ । सुशासन मार्फत नै सामाजिक न्याय र समृद्धि हासिल गर्न सकिन्छ । सामाजिक न्याय सहितको समृद्धिमा समाजवादी विशेषता अन्तर्निहित भएको हुन्छ । सामाजिक न्याय स्थापित गर्दै हासिल भएको समृद्धि दिगो, समावेशी, समुन्नत एवम् अनुभूतियोग्य हुनेछ ।

उद्देश्य :

आम नागरिकको जीवनमा अनुभूतियोग्य सकारात्मक परिवर्तन ल्याउनु सोह्रौं योजनाको मूल उद्देश्य हो । यसका लागि योजनाले तय गरेको सोच बमोजिम क्षेत्रगत रूपमा योजनाको प्रमुख उद्देश्यहरू देहाय बमोजिम रहेका छन् :

(१) राजनीतिक, प्रशासनिक, न्यायिक, निजी तथा गैरसरकारी क्षेत्रमा सुशासन कायम गर्नु,

(२) स्वास्थ्य, शिक्षा, रोजगारी, आवास, सुरक्षा तथा सार्वजनिक सेवा प्रवाहमा सामाजिक न्याय स्थापित गर्नु,

(३) मानवीय जीवन र राष्ट्रिय अर्थतन्त्रमा समृद्धि हासिल गर्नु ।

समष्टिगत रणनीति :

विकासका सबै आयाममा देखिएका संरचनागत अवरोधहरूको पहिचान, सम्बोधन र निराकरण गर्दै संरचनागत रूपान्तरणमार्फत सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्नु नै सोह्रौं योजनाले अवलम्बन गर्ने मुख्य रणनीति हो । यस क्रममा संरचनागत रूपान्तरणकारी लागि पहिचान गरिएका हरेक क्षेत्रमा अवलम्बन गरीने समष्टिगत रणनीति निम्नानुसार रहेका छन् :

(१) योजना कार्यान्वयन सम्बन्धमा संघ, प्रदेश र स्थानीय तह गरी सबै तह र सरकारी, निजी, सहकारी तथा गैरसरकारी क्षेत्र एवम् विकास साझेदार गरी सबै पक्षमा सरोकारवाला अन्तरसम्बन्ध र कार्यात्मक क्षमतालाई मजबुत तुल्याउने ।

(२) अध्ययन, अनुसन्धान तथा तथ्यमा आधारित नीति निर्माण एवम् विकासका कार्यक्रम कार्यान्वयन गर्ने ।

(३) विकासका सबै आयाममा लैंगिक मूलप्रवाहीकरण, दिगो विकास तथा वातावरण संरक्षण र विपद जोखिम न्यूनीकरणलाई आन्तरिकीकरण गर्ने ।

दीर्घकालीन सोचका प्रमुख परिमाणात्मक लक्ष्यहरू र हालसम्मको प्रगति

क्र.सं राष्ट्रिय लक्ष्य, गन्तव्य र सूचक एकाइ आ.व.२०७५/७६ को स्थिति आ.व.२०८०/८१  को प्रगति आ.व. २१००/०१ को लक्ष्य
१. आर्थिक वृद्धिदर प्रतिशत ३.८ २.२
२. प्रतिव्यक्ति राष्ट्रिय आय अमेरिकी डलर १०४७ १४१० १२,१००
३. गरीबीको रेखामुनि रहेको जनसङ्ख्या (निरपेक्ष गरीबी) प्रतिशत १८.७ २०.३ ०
४. सम्पत्तिमा आधारित जिनी गुणक गुणक ०.३९० ०.२४० ०.२५०
५. श्रमशक्ति सहभागिता दर (१५ वर्ष माथि) प्रतिशत ३८.५ ३८.५ ७२
६. रोजगारीमा औपचारिक क्षेत्रको हिस्सा प्रतिशत ३६.५ ३६.५ ७०
७. विद्युत उत्पादन (जडित क्षमता) मेगावाट १२५० २८७७ ४०,०००
८. विद्युतमा पहुँच प्राप्त परिवार प्रतिशत ८८ ९५ १००
९. ३० मिनेट सम्मको दूरीमा यातायात पहुँच भएको परिवार प्रतिशत ८२ ८५ ९९
१०. राष्ट्रिय तथा प्रादेशिक लोकमार्ग कि.मि. ७८९० १४७५५ ३६०००
११. इन्टरनेटमा पहुँच प्राप्त जनसङ्ख्या प्रतिशत ६५.९ ६९.२ १००
१२. अपेक्षित आयु (जन्म हुँदाको) वर्ष ६९.७ ७९.७ ८०
१३. मातृ मृत्युदर (प्रति लाख जीवित जन्ममा) जना २३९ १५१ २०
१४. पाँच वर्ष मुनिको बाल मृत्युदर ( प्रतिहजार जीवित जन्ममा) जना ३९ ३३ ८
१५. साक्षरता दर (५ वर्ष माथि) प्रतिशत ६५.९ ६३.३ ९९
१६. उच्च शिक्षामा कुल भर्नादर प्रतिशत १२ ३२ ४०
१७. उच्च मध्यमस्तरको खानेपानी सुविधा  पुगेको जनसङ्ख्या प्रतिशत २१ २५.८ ९.५
१८. आधारभूत सामाजिक सुरक्षामा आबद्ध जनसङ्ख्या प्रतिशत १७ ३२ १००
१९. लैङ्गिक विकास सूचकाङ्क सूचकाङ्क ०.८९७ ०.८८५ ०.९९
२०. मानव विकास सूचकाङ्क सूचकाङ्क ०.५७९ ०.६०१ ०.७६०

१६ औं योजनाका लक्ष्य : ४०

  • सुशासनका १०,
  • सामाजिक न्यायका १० र
  • समृद्धिका २० गरी ४०

१. सुशासनका राष्ट्रिय लक्ष्यः १०

क्र.सं.  सूचक एकाइ आ.व. २०७९ / ८० को स्थिति आ.व.२०८५/८६ को लक्ष्य
१. भ्रष्टाचार न्यूनीकरण अनुभूति सूचकाङ्क  सूचकाङ्क ३५ ४३
२. विधिको शासन सुचकाङ्क  सूचकाङ्क ०.५२ ०.८०
३. विश्वव्यापी प्रतिस्पर्धी सूचकाङ्क  सूचकाङ्क ५२ ६५
४. निर्वाचनमा मतदाताको सहभागिता प्रतिशत ६२ ८५
५. अदालतमा दर्ता भएका मुद्दाको फछ्यौट अनुपात प्रतिशत ६४.०८ ७५
६. कुल विनियोजनमा खर्चको अनुपात प्रतिशत ८० ९०
७. बेरुजु (कुल गार्हस्थ्य उत्पादनको अनुपातमा) प्रतिशत १०.९ ५.०
८. विद्युतीय सरकार विकास सूचकाङ्क  सूचकाङ्क ०.५१२ ०.६००
९. राष्ट्रिय परिचयपत्र प्राप्त गरेका नेपाली नागरिक प्रतिशत ६३.४ ९०
१०. पाँच वर्षमुनिका बालबालिकाको जन्म दर्ता प्रतिशत ७४ १००

२. सामाजिक न्यायका राष्ट्रिय लक्ष्यः १०

क्र.सं. सूचक एकाइ आ.व. २०७९/८० को स्थिति  आ.व. २०८५/८६ को लक्ष्य
१. असमानता समायोजित मानव विकास सूचकाङ्क सूचकाङ्क ०.४२४ ०.६००
२. उपभोगमा आधारित गिनी गुणक गुणक ०.३०० ०.२८०
३. सम्पत्तिमा आधारित गिनी गुणक गुणक ०.२४ ०.२२
४. उच्च खाद्य असुरक्षाको स्थितिमा रहेका परिवार प्रतिशत १.३ १.०
५. आधारभूत सामाजिक सुरक्षामा आबद्ध जनसङ्ख्या प्रतिशत ३२ ४५
६. लैङ्गिक विकास सूचकाङ्क सूचकाङ्क ०.८८५ ०.९६७
७. लैङ्गिक असमानता सूचकाङ्क सूचकाङ्क ०.४९५ ०.२२५
८. रोजगारीमा महिला र पुरुषको सहभागिता  अनुपात  १:१.७ १:१.२
९. बाध्यकारी श्रमको दर (१५ वर्ष वा सोभन्दा माथि) प्रतिहजार १.२ ०
१०. महिलाको नाममा घर वा जग्गा वा घरजग्गा दर्ता गरेका परिवार प्रतिशत २३.८ ३५.०

३. समृद्धिका राष्ट्रिय लक्ष्य : २०

क्र.सं.  सूचक एकाइ आ.व. २०७९/८० को स्थिति आ.व. २०८५/८६ को  लक्ष्य
१. आर्थिक वृद्धिदर प्रतिशत २.२ ७.३
२. प्रतिव्यक्ति आय अमेरिकी डलर १४१० २४१३
३. गरिबीको रेखामुनि रहेको जनसङ्ख्या ( प्रतिशत निरपेक्ष गरिबी) प्रतिशत २०.३ १२.०
४. उपभोक्ता मुद्रास्फिति प्रतिशत ७.७ ५.०
५. मानव विकास सूचकाङ्क सूचकाङ्क ०.६०१ ०.६५०
६. मानव सम्पत्ति सूचकाङ्क (HAI) सूचकाङ्क ७६.३ ७८.०
७. आर्थिक तथा वातावरणीय जोखिम सूचकाङ्क (EVI) सूचकाङ्क २९.७ २४.०
८. अपेक्षित आयु (जन्म हुँदाको) वर्ष ७०.५ ७३.०
९. ३० मिनेटको दुरीमा स्वास्थ्य संस्थामा पहुँच भएको परिवार प्रतिशत ७७ ९०
१०. उच्च मध्यमस्तरको खानेपानीमा पहुँच प्रतिशत भएको घरपरिवार  प्रतिशत २५.८ ४५
११. साक्षरता दर (५ वर्ष माथि)  प्रतिशत ७३.२ ८५.०
१२. बेरोजगारी दर  प्रतिशत ११.४ ५.०
१३. श्रम उत्पादकत्व रू. हजारमा २४५ २७५
१४. सडक घनत्व कि.मि. प्रति व.कि.मि. ०.६३ ०.७७
१५. विद्युत उत्पादन (जलविद्युत तथा वैकल्पिक उर्जा जडित क्षमता) मेगावाट २,९३२ ११,७६९
१६. प्रतिव्यक्ति विद्युत उपभोग किलोवाट घण्टा ३८० ७००
१७. विद्युतमा पहुँच पुगेको जनसङ्ख्या  प्रतिशत ९६.७ १००
१८. इन्टरनेटमा पहुँच पुगेको जनसङ्ख्या  प्रतिशत ६९.२ ९०.०
१९. कृषि वस्तुको औसत उत्पादकत्व (प्रमुख मे.ट. प्रति बाली) मे.ट. प्रति हेक्टर ३.३ ३.७
२०. बैङ्क तथा वित्तीय संस्थामा पहुँच पुगेको परिवार  प्रतिशत ६३ ८५

कुल गार्हस्थ्य उत्पादनको क्षेत्रगत संरचना

क्र.सं.  परिसूचक एकाइ २०७५ / ८०  को अवस्था २०८०/८१ को अनुमान २०८५/८६ को लक्ष्य
१ आर्थिक वृद्धिदर (आधार मूल्यमा ) प्रतिशत २.२ ४.७ ७.३
१.१ कृषि प्रतिशत २.८ ३.३ ३.८
१.२ गैर कृषि प्रतिशत ७.१ ४.५ ४.६
२ कुल गार्हस्थ्य उत्पादनको संरचना
१.१ कृषि प्रतिशत २४.६ २३.९ २०.९
१.२ गैर कृषि प्रतिशत ७५.५ ७६.१ ७९.१
३ प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन अमेरिकी डलर १३९९ १४९५ २३८१
४ प्रतिव्यक्ति आय अमेरिकी डलर १४१० १५१८ २४१३

बाहय क्षेत्र सम्बन्धी प्रभाव सूचकहरू

क्र.सं.  परिसूचक एकाइ  २०७९/८० को अवस्था २०८०/८१को अनुमान  २०८५/८६ को लक्ष्य
१ कुल गार्हस्थ्य उत्पादनको अनुपातमा व्यापार घाटा प्रतिशत २७.० २६.० २३.०
२ कुल गार्हस्थ्य उत्पादनको अनुपातमा निर्यात प्रतिशत ३.५ ४.५ ६.०
३ कुल गार्हस्थ्य उत्पादनको अनुपातमा आयात प्रतिशत ३४. ५ ३०.५ २९.०
४ चालु खाता सन्तुलन (+रू. अर्बमा) रु.अर्ब -७२ +१५० +१७०
५ शोधानान्तर स्थिति (रू. अर्बमा) रु.अर्ब २९० ३०० २००
६ विदेशी विनिमय सञ्चिति पर्याप्तता महिना १० ११ ७

उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्र

क्र.सं.  परिसूचक एकाइ २०७९/८० को अवस्था २०८५/८६ को लक्ष्य
१ प्राथमिक क्षेत्रको योगदान प्रतिशत २४.६ २१.६
२ द्वितीय क्षेत्रको योगदान प्रतिशत १२.९ १४.८
३ सेवा क्षेत्रको योगदान प्रतिशत ६२.४ ६३.७
४ कार्यस्थलमा आधारित रोजगारमूलक तालिम प्रतिशत १५३ १५०००
५ कुल गार्हस्थ्य उत्पादनमा वस्तु तथा सेवाको आयात अनुपात प्रतिशत ३४.५ २९
६ कुल गार्हस्थ्य उत्पादनमा वस्तु तथा सेवाको निर्यात अनुपात प्रतिशत ३.५ ६.०
७ आन्तरिक व्यापारको ट्रेड मार्जिन सङ्ख्या ११.६ १०
८ निर्यात आयात अनुपात सङ्ख्या १:१०.३ १:७.०

संस्कृति, पर्यटन तथा नागरिक उ यन क्षेत्र

क्र.सं. परिसूचक एकाइ  २०७९/८० को अवस्था २०८५/७६ को लक्ष्य
१ वार्षिक पर्यटन आगमन सङ्ख्या लाखमा ८.१६ २५
२ पर्यटकको औसत बसाइ अवधि  दिन १३.१ १५
३ प्रति पर्यटक प्रतिदिन औसत खर्च अमेरिकी डलर ४०.५ ८०
४ कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको प्रतिशत योगदान प्रतिशत १.९८ ५
५ भ्रमण तथा पर्यटन प्रतिस्पर्धी सूचकाङ्क सूचकाङ्क ३.३ ४
६ द्विपक्षीय हवाई सेवा सम्झौता भएका मुलुक सङ्ख्या सङ्ख्या ४० ४८

 

Categories

  • Current Affairs 801
  • Gorkhapatra 345
  • Others 1189
  • Vacancy 1
  • Past Questions 148
  • Nepal Police 9

Latest Blogs

International Sign Language Day, 2026
Current Affairs

अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस, २०२६

  • Sep 23, 2026
  • 88
The number of countries with which Nepal has established diplomatic relations has reached 186
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८६ पुगेको

  • Sep 23, 2026
  • 122
Promoting Social Justice in Federalism: Thematic Q&A (20 October 2004, Wednesday)
Gorkhapatra

सङ्घीयतामा सामाजिक न्याय प्रवर्धन : विषयगत प्रश्नोत्तर (७ असोज २०८३, बुधबार)

  • Sep 23, 2026
  • 36
Public Service Preparation Special: Objective Question and Answer (7 Asoj 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (७ असोज २०८३, बुधबार)

  • Sep 23, 2026
  • 143
Nepal and the Non-Aligned Movement (NAM)
Others

नेपाल र असंलग्न आन्दोलन (NAM)

  • Sep 22, 2026
  • 78
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA