नेपाल जीवनस्तर सर्वेक्षण (आ.व. २०७९/८०) को संक्षिप्त नतिजा
➥नेपालमा हालसम्म कतिचोटी जीवनस्तर सर्वेक्षण भएका छन्? ४ चोटी
➥आ.व. २०७९/८० मा भएको जीवनस्तर सर्वेक्षण आफ्नो प्रकारको चौथो रहेको। (पहिलो वि.सं. २०५२/५३, दोस्रो वि.सं. २०६०/६१ र तेस्रो वि.सं. २०६६/६७)
➥आ.व. २०७९/८० मा सर्वेक्षणमा देशभारको प्रतिनिदत्व हुने गरी छनोट गरिएको घरपरिवार – ९,६०० घरपरिवार
➥सर्वेक्षण अवधि – वि.सं. २०७९ (असार) देखि वि.सं. २०८० (जेष्ठ)
➥तेस्रोदेखि चौथो सर्वेक्षणसम्मको अन्तरालमा उपभोक्ता मूल्य सूचकांकको आधारमा समायोजन गरिएको प्रतिव्यक्ति औसत वार्षिक उपभोग खर्चमा वृद्धि – ६६ प्रतिशत (हालको मूल्यमा तुलना गर्दा वि.सं. २०६६/६७ मा औसत प्रतिव्यक्ति उपभोग खर्च ७५,९०२ रुपैयाँ रहेकोमा हाल १,२६,१७२ रुपैयाँ पुगेको देखिन्छ।)
➥तेस्रो देखि चौथो सर्वेक्षण सम्मको अवधिमा जम्मा उपभोग खर्चमा गैरखाद्य खर्चको वृद्धि – ४७ प्रतिशत (तेस्रो जीवनस्तर सर्वेक्षणमा ३८ प्रतिशत रहेको,)
➥चौथो जीवनस्तर सर्वेक्षणबाट प्राप्त जनसांख्यिक विवरण अनुसार प्रतिव्यक्ति प्रतिदिन २२३६ किलोक्यालोरी आवश्यक पर्ने देखिएको छ।
➥विश्लेषणात्मक क्षेत्रअनुसार औसत प्रतिव्यक्ति वार्षिक उपभोग खर्च (प्रचलित मूल्यमा ) सबैभन्दा बढी – काठमाडौँ उपत्यका शहरी क्षेत्र (२ लाख ६३ हजार ३ सय १८ रुपैयाँ)
➥विश्लेषणात्मक क्षेत्रअनुसार औसत प्रतिव्यक्ति वार्षिक उपभोग खर्च (प्रचलित मूल्यमा ) सबैभन्दा बढी कम – मधेश प्रदेशको ग्रामीण क्षेत्र (७१ हजार ८ सय २८ रुपैयाँ)
➥गरिबीको रेखामुनी रहेको जनसंख्या – २०.२७ प्रतिशत (शहरी क्षेत्रमा गरिबीको दर १८.३४ प्रतिशत र ग्रामिण क्षेत्रमा २४.६६ प्रतिशत रहेको छ।)
➥सात प्रदेश मध्ये गरिबी दर राष्ट्रिय गरिबीको दर भन्दा बढी – मधेश, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश ((२६.६९ प्रतिशत), लुम्बिनी प्रदेशमा (२४.३५ प्रतिशत) र मधेश प्रदेशमा (२२.५३ प्रतिशत))
➥सात प्रदेश मध्ये गरिबी दर राष्ट्रिय गरिबीको दर भन्दा कम – गण्डकी, बागमती र कोशी प्रदेश (गरिबी दर क्रमशः ११.८८, १२.५९ र १७.१९ प्रतिशत)
➥नेपालको गरिबीको बिषमता सूचक – ४.५२ प्रतिशत (ग्रामीण क्षेत्रमा गरिबीको विषमता सूचक ५.६४ र शहरी क्षेत्रमा ४.०३ प्रतिशत रहेको छ।)
➥नेपालको गिनी सूचकांक – ०.३० प्रतिशत (ग्रामीण क्षेत्रको मान ०.२८७ र शहरी क्षेत्रको मान ०.३०३ रहेको छ।)