Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

संयुक्त राष्ट्रसङ्घले नेपालका लागि गरेका सहयोगहरू

  • Bijeta Kunwar
  • July 27, 2023
  • 567

संयुक्त राष्ट्रसङ्घले नेपालका लागि गरेका सहयोगहरू

संयुक्त राष्ट्रसङ्घले नेपालका लागि गरेका सहयोगहरू

संयुक्त राष्ट्रसङ्घले नेपालका लागि गरेका सहयोगहरू

हामीलाई थाहा छ विभिन्न सङ्घ संस्थाले आफ्ना सदस्यहरूको व्यक्तित्व विकासमा सहयोग पच्याउँछ । त्यसैगरी संयुक्त राष्ट्रसङ्घले पनि नेपालका लागि ललितपुर जिल्लाको पुल्चोकमा रहेको आफ्नो कार्यालयबाट विविध प्रकारका कार्यक्रमहरू सञ्चालन गरी निम्नलिखित सहयोग पुस्याउँदै आएको छ ।

  • नेपालको विकास, लोकतन्त्र एवम्‌ शान्ति सुव्यवस्थामा संयुक्त राष्ट्र सङ्घले महत्त्वपूर्ण योगदान पुग्याएको छ।
  • नेपालमा महिला सशक्तीकरण, बालकल्याण, मानव अधिकारको संरक्षण संवर्धनमा संयुक्त राष्ट्र सङ्घले आफ्नो विभिन्न विशिष्टीकृत संस्थाहरूमार्फत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
  • नेपालमा दश वर्षदेखि चल्दै आएको माओवादी द्वन्द्वको अन्त्य गर्न नेपाल सरकारको अनुरोधमा संयुक्त राष्ट्रसङ्घीय नियोग (अनमिन) ले कार्य गरेको थियो ।

संयुक्त राष्ट्रसङ्घमा नेपालले लागि गरेका कार्यहरु

  • नेपालले सन्‌ १९६५-६९ र १९८८-८९, दुई वर्षका लागि सुरक्षा परिषद्का सदस्य राष्ट्र भई काम गरिसकेको छ। त्यसैगरी नेपाल संयुक्त राष्ट्रसङघ महासभाको उपसभापतिको रूपमा नौ पटक (सन्‌ १९५८, १९६०, १९७०, १९७४, १९७५, १९८३, १९८४, १९८८ र २००१. निर्वाचित भई काम गरिसकेको छ। नेपालले संयुक्त राष्ट्र ४ सङ्घको सक्रिय सदस्यका रूपमा विश्वमा रङ्गभेद विरुद्धको विशेष प्रतिवेदन (१९६६) पारित गर्न महत्त्वपूर्ण भूमिका खेलेको थियो । सन्‌ १९६८-१९६९ सुरक्षा परिषद्का सदस्य राष्ट्र भएका बखत निशस्त्रीकरण तथा आणविक हतियार प्रतीव्रन्धसम्बन्धी प्रतिवेदन पारित गर्न महत्त्वपूर्ण भूमिका खेलेको थियो । संयुक्त राष्ट्र सङ्घमा क्षेत्रीय शक्ति सन्तुलनका निम्ति चीनको स्थायी सदस्यता तथा महासङ्घमा भूपरिवेष्ठित राष्ट्रको हक अधिकारका सम्बन्धमा भूमिका निर्वाह गरेको छ । वर्तमान सन्दर्भमा जलवायु परिवर्तन तथा समसामयिक चुनौती समाधान गर्न संयुक्त राष्ट्रसङ्घले चालेको कदमहरूमा सक्रिय चासो र सहभागिता रहेको छ ।
  • नेपालले संयुक्त राष्ट्र सङ्घको शान्ति सेनामा सन्‌ १९५८ मा पहिलो पटक पर्यवेक्षकको रूपमा सहभागिता जनाएको थियो । सन्‌ १९७८ मा लेवनानको शान्ति सेनामा मिसनमा आफ्नो सेना पठाएर नेपालले संयुक्त राष्ट्र सङ्घको शान्ति सेनामा सहभागी पहिलो पटक जनाएको हो । त्यसपछि यसले विश्वका विभिन्न देशहरू जस्तै : इजिप्ट, क्रोसिया, हैटी, सोमालिया, कम्बोडिया, पुर्बी टिमोर र सेरालोनामा आफ्नो सेना र प्रहरी पठाई शान्ति स्थापना गर्न सहयोग पुच्याउँदै आएको छ । ती देशहरूमा नेपाली शान्ति सेना तथा प्रहरीका जवानहरूले शान्ति र सुरक्षा कायम गरी अन्तर्राष्ट्रिय जगत्‌को प्रशंसा समेत बटुलेका छन्‌ ।
  • नेपालले संयुक्त राष्ट्र सङ्घका विशिष्टीकृत संस्थाहरू जस्तै विश्व खाद्य सङ्गठन (FAO), अन्तर्राष्ट्रिय श्रमिक सङ्गठन (ILO), संयुक्त राष्ट्र सङ्घीय बालकोष (UNICEF), संयुक्त राष्ट्र विकास कार्यक्रम (UNDP), संयुक्त राष्ट्र सङ्घीय शैक्षिक,वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (UNESCO), विश्व स्वास्थ्य सङ्गठन (WHO), संयुक्त राष्टसङ्घीय जनसङ्ख्या कोष (UNFPA) आदिको सदस्य भई विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । सयुक्त राष्ट्र सङ्घका तत्कालीन महासचिव ड्याग हयामरसोल्डको सन्‌ १९६१ मा विमान दुघर्टनामा परी मत्यु हुँदा त्यस घटनाको छानबिन गर्ने आयोगका अध्यक्ष तत्कालीन नेपाली स्थायी प्रतिनिधि क्रषिकेष शाह नै थिए । यसरी नेपालले अन्तर्राष्ट्रिय स्तरमा सक्दो सहयोग गरेको छ ।

Categories

  • Current Affairs 731
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 112
  • Nepal Police 8

Latest Blogs

Miss Nepal, 2026
Current Affairs

मिस नेपाल, २०२६

  • Aug 01, 2026
  • 106
Gandaki Province, H.A. (H.A.), Fifth - 2083
Past Questions

गण्डकी प्रदेश, एच.ए. (H.A.), पाँचौ - २०८३

  • Aug 01, 2026
  • 94
Second National Millet Day, 2083
Current Affairs

दोस्रो राष्ट्रिय कोदो दिवस, २०८३

  • Aug 01, 2026
  • 84
Nepal Health Service, A.H.W., Fourth - 2083/04/14
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.हे.व., चौथो - २०८३/०४/१४

  • Jul 31, 2026
  • 34
International Day Against Trafficking in Persons, 2026
Current Affairs

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस, २०२६

  • Jul 31, 2026
  • 158
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA