Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालको निशान छाप

  • Ajnabee Khadka
  • October 30, 2026
  • 62

नेपालको निशान छाप

National Emblem of Nepal

संवैधानिक तथा कानूनी व्यवस्थाहरू

  • नेपालको संविधानको भाग–१, धारा ९ को उपधारा (२) मा नेपालको निशान छाप सम्बन्धी संवैधानिक व्यवस्था गरिएको,
  • निशान छापको ढाँचा तथा रूपरेखा संविधानको अनुसूची–३ मा विस्तृत रूपमा उल्लेख गरिएको,
  • दोस्रो संविधान संशोधन: लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको चुच्चे नक्सा निशान छापमा अद्यावधिक गर्न 'नेपालको संविधान (दोस्रो संशोधन), २०७७' मिति २०७७/०३/०४ मा प्रमाणीकरण र प्रकाशन गरिएको,

संरचना तथा मुख्य प्रतीकहरू:

  • शीर्ष भागको प्रतीक: सबैभन्दा माथिल्लो भागमा नेपालको राष्ट्रिय झण्डा (द्वि-त्रिभुजाकार) अङ्कित
  • भौगोलिक पहिचान र नक्सा: केन्द्रमा नेपालको सेतो नक्सा र पृष्ठभूमिका रूपमा सर्वोच्च शिखर सगरमाथा तथा हिमाली र पहाडी भू-बनोट समेटिएको,
  • राष्ट्रिय फूलको सजावट: दायाँ-बायाँ दुवै किनारामा नेपालको राष्ट्रिय फूल लालीगुराँसको माला अङ्कित
  • कृषिको प्रतीक: तल्लो भागमा नेपालको कृषिप्रधानता र समृद्धिको प्रतीकका रूपमा धानको बाला राखिएको,
  • लैङ्गिक समानता र सहकार्य: धानको बालाको माथिल्लो भागमा महिला र पुरुषले हात मिलाएको चित्र अङ्कित छ, जसले लैङ्गिक समानता र सामाजिक सद्भाव दर्शाउँछ,
  • मूल मन्त्र (मोटो): निशान छापको पिँधमा रहेको रातो रिबन (Ribbon) मा संस्कृत भाषामा "जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी (आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् छन्)" लेखिएको,

जानी राखौं है!:

  • गणतन्त्रात्मक नेपालको पहिलो निसान छापको डिजाइनहरु: नविन्द्रराज भण्डारी, हिमालय गौतम र कृष्ण श्रेष्ठ
  • लोकतन्त्रात्मक व्यवस्था अनुरूप परिमार्जन गरिएको निसान छाप लागू भएको ऐतिहासिक मिति: वि.सं. २०६३ साल पुस १५ गतेदेखि

Categories

  • Current Affairs 849
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 46
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 61
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 241
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 351
Development of the Citizen/Public Charter in Nepal
Others

नेपालमा नागरिक/सार्वजनिक बडापत्रको विकासक्रम

  • Oct 29, 2026
  • 446
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA