Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Ajnabee Khadka
  • October 30, 2026
  • 29

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
विषय / घटनाक्रम
लोकसेवा सान्दर्भिक प्रमुख तथ्य तथा विवरण
नेपाल प्रिमियर लिग (NPL) को तेस्रो संस्करण (२०२६/२०८३) को मुख्य तथ्यहरू
  • प्रतियोगिता र स्थान: क्यान (CAN) को आयोजनामा वि.सं. २०८३ कात्तिक ९ देखि मङ्सिर ५ गतेसम्म (अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म) त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा ३२ खेल हुने
  • प्रायोजक: सिद्धार्थ बैंक मुख्य प्रायोजक र नेपाल टेलिकम आधिकारिक टेलिकम साझेदार
  • आधिकारिक मान्यता: ICC द्वारा स्वीकृत, सबै खेलहरूलाई 'लिस्ट ए टी–२०' को आधिकारिक मान्यता
  • नयाँ नियम र प्रविधि: ICC को नियमअनुसार टोलीमा बढीमा ८ जना विदेशी खेलाडी राख्न पाइने। पहिलोपटक DRS (Decision Review System) लागू गरिने
  • प्रमुख विदेशी खेलाडी र प्रशिक्षक:
    • विराटनगर किङ्स: आन्द्रे रसेल (वेस्ट इन्डिज)
    • काठमाडौँ गुर्खाज: डेविड वार्नर (अस्ट्रेलिया), स्मित पटेल (अमेरिका)
    • पोखरा एभेन्जर्स: शकिब अल हसन (बंगलादेश), धनञ्जय लक्षण (श्रीलंका)
    • कर्णाली याक्स: डेविड मिलर (दक्षिण अफ्रिका), हुसेन तलात (पाकिस्तान)
    • सुदूरपश्चिम रोयल्स: शेर्फाने रदरफोर्ड (वेस्ट इन्डिज)
    • मुख्य प्रशिक्षक र सद्भावना दूत: मिसबाह उल हक (सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षक) र इरफान पठान (पोखरा एभेन्जर्सको क्रिकेट सद्भावना दूत)

संयुक्त राष्ट्रसंघ दिवस, २०२६ (United Nations Day, 2026)

  • दिवस र सप्ताह: हरेक वर्ष अक्टोबर २४ मा UN दिवस (१९४८ देखि) र अक्टोबर २०–२६ सम्म UN सप्ताह मनाइन्छ। सन् १९७१ देखि यस दिन सदस्य राष्ट्रहरूमा सार्वजनिक बिदा दिनुपर्ने प्रस्ताव पारित भएको,
  • स्थापना र बडापत्र: सन् १९४५ जुन २६ मा ५० राष्ट्रले बडापत्रमा हस्ताक्षर गरे (पछि पोल्यान्ड थपिँदा ५१ संस्थापक राष्ट्र) र अक्टोबर २४, १९४५ मा बडापत्र लागू भई स्थापना भयो। सन् २०२६ मा यसको ८१ औँ वर्षगाँठ मनाइएको,
  • पूर्वाधार र नेपालको सदस्यता: UN को पूर्ववर्ती संस्था राष्ट्र संघ (League of Nations) हो। नेपालले सन् १९५५ डिसेम्बर १४ (वि.सं. २०१२ मंसिर २९) मा UN को सदस्यता पाएको,
  • अन्य कोशेढुङ्गा (२०२६): न्युजिल्यान्डको UNA NZ र WFUNA स्थापनाको ८० औँ वर्षगाँठ परेको,
विश्व विकास सूचना दिवस, २०२६ (World Development Information Day)
  • स्थापना र सुरुवात: UN महासभाको प्रस्ताव ३०३८ (XXVII) बमोजिम १९७२ डिसेम्बर १९ मा घोषित भई १९७३ अक्टोबर २४ देखि मनाउन थालिएको,
  • मिति चयनको आधार: १९७० अक्टोबर २४ मा दोस्रो संयुक्त राष्ट्र विकास दशकका लागि 'अन्तर्राष्ट्रिय विकास रणनीति' पारित भएको सम्झनास्वरूप अक्टोबर २४ रोजिएको,
  • मूल उद्देश्य: सूचना विस्तार र जनमत परिचालनमार्फत विकासका चुनौती समाधान गर्न अन्तर्राष्ट्रिय सहयोग सुदृढ गर्नु,
  • संस्करण र नारा (२०२६): २०२६ अक्टोबर २४ मा ५३ औँ संस्करण मनाइएको, जसको नारा "Informed Communities, Shared Progress: Information for Development"  रहेको,
प्रतिभा पुरस्कार तथा सम्मान, २०८३
  • पुरस्कार प्रधान मिति: वि.सं. २०८३, कार्तिक ७ गते
  • विशिष्ट प्रतिभा सम्मान, २०८३ पाउने स्रष्टा: वरिष्ठ गीतकार शिवशंकर थापा मगर— ‘तिमी आकाशको जून भयौ’, ‘भन्थिन् मेरी उनी मेरो पाइला नटेकिदिनू’, ‘हावासँग बगूँ भन्छ’ र ‘मेरो रहर ब्युँझिएर’ उहाँका चर्चित गीतहरु हुन्,
  • प्रतिभा पुरस्कार, २०८३ पाउने स्रष्टा: प्रसिद्ध कवि तथा कलाकार चन्द्र रानाहँछा— ‘चौबन्दी किनिदिउँला’ (गीति एल्बम), ‘मनमा आँधी चलेपछि’ (गीत तथा कवितासङ्ग्रह), ‘भाउजु लडेको भीर’ (कथासङ्ग्रह) र ‘थिबिया चराको गीत’ (कवितासङ्ग्रह) हुन्,
  • पुरस्कार राशि: दुवै विधाका लागि जनही रु. १ लाख (एक लाख रुपैयाँ), साथै सम्मानपत्र, दोसल्ला र माला
  • नेपाली प्रतिभा प्रतिष्ठानको स्थापना: नेपाली भाषा, साहित्य, संगीत र कलाको संरक्षणका लागि सन् २००८ मा बेलायत (UK) मा यो संस्था स्थापना भएको,
१३ औँ अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवस (International Snow Leopard, 2026)
  • दिवस, सुरुवात र नारा: अक्टोबर २३ मा मनाइने यो दिवस २०१३ को विष्केक घोषणापत्र बमोजिम २०१४ देखि सुरु भएको हो। सन् २०२६ मा यसको १३ औँ संस्करण मनाइएको छ। यस वर्षको नारा "Conservation of Snow Leopard, the Protector of High Himalayan Ecosystem" रहेको,
  • वैज्ञानिक परिचय र उपनाम: वैज्ञानिक नाम Panthera uncia हो। दुर्लभ र विरलै देखिने भएकाले यसलाई 'हिमालको भूत (Ghosts of the mountains)' पनि भनिन्छ,
  • अन्तर्राष्ट्रिय मान्यता र श्रेणी: UN महासभाले सन् २०२४ मा यसलाई आधिकारिक दिवस घोषणा गरेको हो। यो CITES र CMS को अनुसूची-१ मा समावेश छ भने IUCN Red List मा "असुरक्षित (Vulnerable)" श्रेणीमा सूचीकृत
  • ग्लोबल तथ्यांक र बासस्थान: विश्वका १२ देशहरूमा मात्र पाइने हिउँ चितुवाको कुल संख्या ४,००० देखि ७,००० अनुमानित
  • नेपालको स्थिति र योगदान:
    • नेपालमा हिउँ चितुवाको संख्या ३९७ रहेको,
    • नेपालले विश्वको कुल बासस्थानको २ प्रतिशत (३०,५०० वर्ग कि.मी.) ओगटेको छ भने विश्वका कुल हिउँ चितुवामध्ये १० प्रतिशत नेपालमै पाइन्छन्,
    • नेपालले 'हिउँ चितुवा संरक्षण कार्ययोजना २०२४-२०३०' लागू गरेको,
विश्व आर्थिक परिदृश्य, २०२६ (World Economic Outlook)
  • प्रकाशन र शीर्षक: IMF द्वारा प्रकाशित World Economic Outlook 2026: Resilience Under Strain, Urgent Choices प्रतिवेदन। (मुख्य कारक: भू-राजनीतिक द्वन्द्व र AI लगानी)
  • विश्वव्यापी परिदृश्य (२०२६ अनुमान):
    • आर्थिक वृद्धिदर: ३.१% (२०२५ मा ३.५%, २०२७ मा ३.४%)
    • मुद्रास्फीति: ४.७% (विकसित: ३.१%, उदयमान/विकासोन्मुख: ५.७%)
  • उच्च र निम्न वृद्धिदर भएका देशहरू (२०२६):
    • शीर्ष ५ उच्च वृद्धिदर: गुयाना (२२.३%), ताइवान (१०.७%), दक्षिण सुडान (१०.५%), इथियोपिया (९.२%), किर्गिज गणतन्त्र (९.०%)
    • निम्न (ऋणात्मक) वृद्धिदर: कुवेत (–१६.७%), इराक (–१६.०%), कतार (–१५.६%), बहराइन (–११.३%), इरान (–७.६%)
  • मुद्रास्फीतिका चरम अवस्था: सबैभन्दा उच्च भेनेजुएला (४६७.९%) र सबैभन्दा कम कोस्टा रिका (–०.८%)
  • नेपाल सम्बन्धी विशेष: वृद्धिदर ३.६% (दक्षिण एसियामा बंगलादेश र पाकिस्तानसँगै संयुक्त चौथो स्थान) र चालू खाता सन्तुलन GDP को १३.९% बचत रहने अनुमान
बेष्ट बैंक अवार्ड, २०२६ (Best Bank Award)
  • पुरस्कृत बैंक: ग्लोबल आइएमई बैंक लिमिटेड (लगातार तेस्रो वर्ष—२०२४, २०२५ र २०२६)। यो अवार्ड जित्ने पहिलो नेपाली बैंक
  • पुरस्कार वितरण र आयोजक: USA को प्रतिष्ठित पत्रिका Global Finance Magazine (३३ औँ संस्करण) द्वारा सन् २०२६ अक्टोबर २४ (२०८३ कात्तिक ७) मा थाइल्यान्डको बैंककमा प्रदान
  • प्रतिनिधित्व: बैंकका नायव प्रमुख कार्यकारी अधिकृतद्वय सुमन पोखरेल र दिपचन्द्र रेग्मीद्वारा पुरस्कार ग्रहण
  • छनोटका आधारहरू: वित्तीय स्रोत परिचालन, संस्थागत विश्वसनीयता, डिजिटल पहुँच, AI को प्रयोग, दिगो कर्जा र जोखिम व्यवस्थापन
  • विशेषता: नेपालका सबै ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने पहिलो निजी क्षेत्रको वाणिज्य बैंक
चलचित्र विकास बोर्डको नवनियुक्त अध्यक्ष मनीष पण्डित
  • पदभार ग्रहण मिति: वि.सं. २०८३ कात्तिक ९ गते
  • नियुक्ति गर्ने निर्णय: वि.सं. २०८३ असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले
  • खुला प्रतिस्पर्धाका लागि परेका १२ जनाको आवेदनमध्ये मन्त्रालयले मनीष पण्डित, नरेशकुमार पौडेल र निशा अधिकारीलाई अन्तिम तीनको सर्टलिस्टमा छनोट गरेको,
  • उनी यसअघि चलचित्र विकास बोर्डमा बक्स अफिस प्रणाली तथा ई-टिकटिङ लागू गर्ने प्रक्रियामा प्राविधिक सल्लाहकार/विज्ञका रूपमा संलग्न रहेका,
  • उनले सन् २०१७ मा प्रदर्शन भएको नेपाली चलचित्र 'ग्याङस्टार ब्लुज' मा कार्यकारी निर्माता र 'जायरा' मा एसोसिएट निर्माताका रूपमा काम गरेका,
नेपालमा पहिलो पटक निर्णय पुनरावलोकन प्रणाली (DRS - Decision Review System) प्रविधिको प्रयोग
  • कुन खेलमा प्रयोग भएको?: साबिक विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सबीचको नेपाल प्रिमियर लिग (Nepal Premier League - NPL) को तेस्रो संस्करणको उद्घाटन खेलमा
  • प्रविधि प्रयोग भएको मिति: वि.सं. २०८३ कार्तिक ९ गते (सन् २०२६ अक्टोबर २६)
बैलन डी'ओर, २०२६ (Ballon d'Or 2026)
  • समारोह र विशेषता: ७० औँ संस्करणको यो पुरस्कार समारोह सन् २०२६ अक्टोबर २६ (२०८३ कात्तिक ९) मा फ्रान्स बाहिर पहिलोपटक लन्डनको 'लन्डन प्यालेडियम'मा आयोजना भएको थियो (आयोजक: France Football)
  • विधागत विजेताहरू (२०२६):
    • पुरुष बैलन डी'ओर & उत्कृष्ट पुरुष स्ट्राइकर: ह्यारी केन (Bayern Munich/England)
    • महिला बैलन डी'ओर: एलेक्सिया पुटेलास (Barcelona/London City Lionesses/Spain)
    • उत्कृष्ट महिला स्ट्राइकर: शार्लिन कोराल (CF Pachuca/Mexico)
    • उत्कृष्ट युवा खेलाडी (कोपा ट्रफी): लामिन यमाल (पुरुष) र भिकी लोपेज (महिला)
    • उत्कृष्ट गोलकिपर (याशिन ट्रफी): उनाई सिमोन (पुरुष) र काटा कोल (महिला)
    • उत्कृष्ट क्लब: पेरिस सेन्ट-जर्मेन (पुरुष) र बार्सिलोना (महिला)
    • उत्कृष्ट प्रशिक्षक: लुइस दे ला फुएन्टे (पुरुष) र पेरे रोमेउ (महिला)
    • सोक्रेटिस अवार्ड: बुकायो साका (Arsenal/England)
  • अघिल्लो वर्ष (२०२५) का विजेताहरू: ओसमान डेम्बेले (पुरुष) र एइताना बोनमाटी (महिला)
विश्व नवप्रवर्तन सूचकांक, २०२६ (Global Innovation Index (GII))
  • प्रकाशन र नारा: WIPO द्वारा प्रकाशित १९ औँ संस्करण, जसको नारा "Powering entrepreneurs at the frontier of science" रहेको,
  • ढाँचा: १३९ देश/अर्थतन्त्रहरूलाई ७ स्तम्भ र ७९ सूचकका आधारमा मूल्याङ्कन गरिएको,
  • शीर्ष ५ देशहरू:
    1. स्विट्जरल्यान्ड (६६.७ अंक - लगातार १६ औँ पटक पहिलो) 
    2. स्वीडेन (६३.२ अंक) 
    3. संयुक्त राज्य अमेरिका (६२.३ अंक) 
    4. दक्षिण कोरिया (६१.४ अंक) 
    5. सिंगापुर (६१.० अंक)
  • पुछारका देशहरू: चाड (१३९ औँ - ९.५ अंक) सबैभन्दा अन्तिममा, त्यसअघि नाइजर (१३८ औँ) र डीआर कङ्गो (१३७ औँ) रहेका,
  • नेपालको स्थिति:
    • समग्र स्थान: १०४ औँ (प्राप्ताङ्क: २२.३ अंक)
    • वर्ग तथा क्षेत्र: निम्न-मध्यम आय समूहमा १९ औँ र मध्य तथा दक्षिण एसियामा ९ औँ स्थान
    • स्तम्भगत स्थिति: बजार सूक्ष्मतामा सबैभन्दा राम्रो (७२ औँ) र व्यावसायिक सूक्ष्मतामा सबैभन्दा पछाडि (१२० औँ)

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 28
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 123
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 103
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 249
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 355
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA