Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालको राष्ट्रिय निकुन्जसम्बन्धी लोकसेवा सान्दर्भिक तथ्यहरू

  • Ajnabee Khadka
  • July 15, 2026
  • 282

नेपालको राष्ट्रिय निकुन्जसम्बन्धी लोकसेवा सान्दर्भिक तथ्यहरू

Public service relevant facts regarding national parks of nepal
  • पहिलो राष्ट्रिय निकुञ्ज: चितवन राष्ट्रिय निकुञ्ज (वि.सं. २०३० मा स्थापना भएको,)
  • नेपालको दोस्रो र हिमाली क्षेत्रमा स्थापना भएको पहिलो राष्ट्रिय निकुञ्ज: लाङटाङ राष्ट्रिय निकुञ्ज (वि.सं. २०३२/१२/०९ मा नेपाल राजपत्रमा यसको घोषणा सम्बन्धि सूचना प्रकाशन भएको,)
  • सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज: शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज (३,८८४ वर्ग किलोमिटर (मध्यवर्ती क्षेत्र सहित))
  • सबैभन्दा सानो राष्ट्रिय निकुञ्ज: रारा राष्ट्रिय निकुञ्ज (३०४ वर्ग किलोमिटर (मध्यवर्ती क्षेत्र सहित)) 
  • सबैभन्दा हालै घोषणा गरिएको राष्ट्रिय निकुञ्ज: छायाँनाथ राष्ट्रिय निकुञ्ज (नेपाल सरकार, मन्त्रिपरिषद्को वि.सं. २०८२ भदौ १३ गतेको निर्णयअनुसार शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जको मुगु जिल्लातर्फको भागलाई छुट्ट्याएर नेपालको १३ औँ राष्ट्रिय निकुञ्जका रूपमा छायाँनाथ राष्ट्रिय निकुञ्ज घोषणा गरिएको,)
  • युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत पहिलो राष्ट्रिय निकुञ्ज: सगरमाथा राष्ट्रिय निकुञ्ज (सन् १९७९ मा सुचिकृत गरिएको,) 
  • विश्वको सबैभन्दा उचाइमा रहेको निकुञ्ज: सगरमाथा राष्ट्रिय निकुञ्ज (२,८४५ मिटरदेखि विश्वको सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६ मि.) सम्म फैलिएको,)
  • तराई क्षेत्रमा अवस्थित सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज: बर्दिया राष्ट्रिय निकुञ्ज (कूल क्षेत्रफल: ९६८ वर्ग किलोमिटर (मध्यवर्ती क्षेत्र सहित))
  • संरक्षित क्षेत्रहरूमध्ये सबैभन्दा धेरै पर्यटक भ्रमण गरिने क्षेत्र: चितवन राष्ट्रिय निकुञ्ज
  • काठमाडौँ उपत्यकाबाट सबैभन्दा नजिक पर्ने हिमाली राष्ट्रिय निकुञ्ज: लाङटाङ राष्ट्रिय निकुञ्ज (काठमाडौँबाट लाङटाङ राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार (स्याफ्रुबेँसी) सडकमार्गबाट लगभग १२० किलोमिटर उत्तरमा अवस्थित)
  • काठमाडौँ उपत्यकाबाट सबैभन्दा नजिक पर्ने राष्ट्रिय निकुञ्ज: शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज
  • एकसिंगे गैंडा (One horned Rhino) का लागि प्रसिद्ध राष्ट्रिय निकुञ्ज: चितवन राष्ट्रिय निकुञ्ज (सन् २०२१ को गणना अनुसार यहाँ ६९४ वटा एकसिंगे गैंडा रहेका,)
  • पाटेबाघ (Bengal Tiger) का लागि प्रसिद्ध राष्ट्रिय निकुञ्ज: बर्दिया राष्ट्रिय निकुञ्ज (सन् २०२२ को गणना अनुसार यहाँ बाघको संख्या १२५ पुगेको; सन् २०२२ को बाघ गणनामा बाघको संख्या दोब्बर भन्दा बढी बनाएको उपलक्ष्यमा विश्व वन्यजन्तु कोष (WWF) द्वारा बर्दिया राष्ट्रिय निकुञ्जलाई अन्तर्राष्ट्रिय "TX2 Award" प्रदान गरिएको,)
  • हिउँचितुवा (Snow Leopard) का लागि प्रसिद्ध राष्ट्रिय निकुञ्ज: सगरमाथा राष्ट्रिय निकुञ्ज
  • हाब्रे (Red Panda) का लागि प्रसिद्ध राष्ट्रिय निकुञ्ज: लाङटाङ राष्ट्रिय निकुञ्ज
  • सबैभन्दा धेरै परिस्थितिकीय प्रणाली भएको राष्ट्रिय निकुञ्ज: शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज (यहाँ २१ प्रकारको परिस्थितिकीय प्रणाली पाइन्छ,)
  • नेपालको एकमात्र हिमालपारि पारिस्थितिकीयीय प्रणाली (Trans-Himalayan Ecosystem) मा अवस्थित राष्ट्रिय निकुञ्ज: शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज
  • कृष्णसार (Black Buck) संरक्षणका लागि प्रसिद्ध राष्ट्रिय निकुञ्ज: बर्दिया राष्ट्रिय निकुञ्ज
  • बाह्रसिङ्गा (Swamp Deer) का लागि प्रसिद्ध राष्ट्रिय निकुञ्ज: शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज
  • विश्वकै सबैभन्दा उच्च स्थानमा उड्ने पुतली 'प्यारालासा नेपालाइका (Paralasa nepalica)' पाइने राष्ट्रिय निकुञ्ज: शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज
  • सोंस (Dolphin/Gangetic Dolphin) अवलोकनका लागि प्रसिद्ध मानिने राष्ट्रिय निकुञ्ज: बर्दिया राष्ट्रिय निकुञ्ज

नेपालका राष्ट्रिय निकुञ्जहरू र तिनको अवस्थिति जिल्लाहरू:

क्र.सं
राष्ट्रिय निकुञ्जको नाम
अवस्थिति जिल्ला (मुख्य क्षेत्र फैलिएको)
१.
चितवन राष्ट्रिय निकुञ्ज
चितवन, मकवानपुर, पर्सा र नवलपरासी (सुस्ता पूर्व)
२.
 सगरमाथा राष्ट्रिय निकुञ्ज
सोलुखुम्बु
३.
लाङटाङ राष्ट्रिय निकुञ्ज
रसुवा, नुवाकोट र सिन्धुपाल्चोक
४.
रारा राष्ट्रिय निकुञ्ज
मुगु र जुम्ला
५.
शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज
डोल्पा र मुगु
६.
खप्तड राष्ट्रिय निकुञ्ज
बझाङ, बाजुरा, डोटी र अछाम
७.
बर्दिया राष्ट्रिय निकुञ्ज
बर्दिया
८.
मकालु वरुण राष्ट्रिय निकुञ्ज
संखुवासभा र सोलुखुम्बु
९.
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज
काठमाडौं, नुवाकोट, धादिङ र सिन्धुपाल्चोक
१०.
बाँके राष्ट्रिय निकुञ्ज
बाँके, सल्यान र दाङ
११.
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज
कञ्चनपुर
१२.
पर्सा राष्ट्रिय निकुञ्ज
पर्सा, बारा र मकवानपुर
१३.
छायाँनाथ राष्ट्रिय निकुञ्ज
मुगु

नेपालका राष्ट्रिय निकुञ्जहरूलाई तिनको मुख्य क्षेत्र (Core Area) को क्षेत्रफलका आधारमा ठूलोबाट सानो क्रम:

क्र.सं
राष्ट्रिय निकुञ्जको नाम
क्षेत्रफल (मुख्य क्षेत्र - वर्ग कि.मी.)
१.
शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज
२,७१२
२.
लाङटाङ राष्ट्रिय निकुञ्ज
१,७१०
३.
मकालु वरुण राष्ट्रिय निकुञ्ज
१,५००
४.
सगरमाथा राष्ट्रिय निकुञ्ज
१,१४८
५.
बर्दिया राष्ट्रिय निकुञ्ज
९६८
६.
चितवन राष्ट्रिय निकुञ्ज
९५२
७.
छायाँनाथ राष्ट्रिय निकुञ्ज
८४३
८.
पर्सा राष्ट्रिय निकुञ्ज
६२७
९.
बाँके राष्ट्रिय निकुञ्ज
५५०
१०.
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज
३०५
११.
खप्तड राष्ट्रिय निकुञ्ज
२२५
१२.
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज
१५९
१३.
रारा राष्ट्रिय निकुञ्ज
१०६

नेपालका राष्ट्रिय निकुञ्जहरू र तिनको स्थापना (राष्ट्रिय निकुञ्ज घोषणा) को आधारमा क्रमबद्ध तालिका:

राष्ट्रिय निकुञ्जको नाम
स्थापना / घोषणा वर्ष (वि.सं.)
चितवन राष्ट्रिय निकुञ्ज
२०३०
सगरमाथा राष्ट्रिय निकुञ्ज
२०३२
लाङटाङ राष्ट्रिय निकुञ्ज
२०३२
रारा राष्ट्रिय निकुञ्ज
२०३२
शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज
२०४१
बर्दिया राष्ट्रिय निकुञ्ज
२०४१
खप्तड राष्ट्रिय निकुञ्ज
२०४२
मकालु वरुण राष्ट्रिय निकुञ्ज
२०४९
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज
२०५८
बाँके राष्ट्रिय निकुञ्ज
२०६७
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज
२०७३
पर्सा राष्ट्रिय निकुञ्ज
२०७४
छायाँनाथ राष्ट्रिय निकुञ्ज
२०८२

 

Categories

  • Current Affairs 743
  • Gorkhapatra 333
  • Others 1139
  • Vacancy 1
  • Past Questions 123
  • Nepal Police 8

Latest Blogs

Collection of National and International Records (2083 BS)
Current Affairs

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कीर्तिमान संगालो (वि.सं. २०८३)

  • Aug 14, 2026
  • 339
Current affair events of Asar 2083
Current Affairs

असार २०८३ का समसामयिक घटनाक्रमहरू

  • Aug 14, 2026
  • 401
World Calligraphy Day, 2026
Current Affairs

विश्व सुलेखन दिवस, २०२६

  • Aug 14, 2026
  • 100
Geographical records of Nepal
Others

नेपालको भौगोलिक कीर्तिमान

  • Aug 14, 2026
  • 123
Deserts of the world
Others

विश्वका मरुभूमिहरु

  • Aug 12, 2026
  • 130
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA