महाकाली सन्धि
- महाकाली सन्धि (Mahakali Treaty) नेपाल र भारतबीच महाकाली नदीको पानी र बिजुली बाँडफाँड तथा एकीकृत विकासका लागि गरिएको एक ऐतिहासिक र विवादास्पद सम्झौता
- सन्धि पूर्ण नाम: शारदा बाँध, टनकपुर बाँध तथा पञ्चेश्वर परियोजना समेत महाकाली नदीको एकीकृत विकास सम्बन्धी सन्धि
हस्ताक्षर र अनुमोदनका महत्वपूर्ण मितिहरू:
| शिर्षक | विवरण |
| प्रारूप (Draft) मा हस्ताक्षर | वि.सं. २०५२ माघ १५ गते काठमाडौँमा |
| प्रारूप (Draft) मा हस्ताक्षर गर्ने व्यक्तित्वहरु |
|
| सन्धिमा अन्तिम हस्ताक्षर |
वि.सं. २०५२ माघ २९ गते नयाँ दिल्लीमा |
| सन्धिमा अन्तिममा हस्ताक्षर गर्ने व्यक्तित्वहरु |
|
| संसद्बाट अनुमोदन |
वि.सं. २०५३ असोज ४ गते (दुवै सदनको संयुक्त बैठकको दुई तिहाइ बहुमतबाट) |
- सन्धिका मुख्य तीन पक्षहरू (Projects)
१.) शारदा बाँध (Sarada Barrage): सन् १९२० मा गरिएको जग्गा सट्टापट्टा सम्बन्धी सम्झौतालाई यसै सन्धिमा एकीकृत गरिएको,
२.) टनकपुर बाँध (Tanakpur Barrage): सन् १९९१ (२०४८ साल) मा गिरिजाप्रसाद कोइरालाको पालामा भएको टनकपुर विवादलाई यसै सन्धिमार्फत टुङ्ग्याइएको दाबी गरिएको,
३.) पञ्चेश्वर बहुउद्देश्यीय परियोजना (Pancheshwar Project): महाकाली नदीलाई सीमा नदी मानी दुवै देशको बराबर लगानी र बराबर लाभका आधारमा विकास गर्ने योजना - सन्धिमा रहेका प्रमुख प्रावधान र सुविधाहरू:
- पानीको बाँडफाँड: महाकाली नदीको पानीमा दुवै देशको समान हक हुने र पानी "आधा-आधा" बाँड्ने सिद्धान्त स्वीकार गरिएको,
- बिजुली: टनकपुर बाँधबाट नेपालले वार्षिक ७ करोड किलोवाट घण्टा (७० मेगावाट यूनिट) बिजुली निःशुल्क प्राप्त गर्ने व्यवस्था (सुरुमा गिरिजाप्रसाद कोइरालाको पालामा यो २ करोड यूनिट मात्र रहेको,)
- सिँचाइ: टनकपुरबाट नेपालले वर्षायाममा १००० क्यु.सेक र हिउँदमा ३०० क्यु.सेक पानी प्राप्त गर्ने उल्लेख
- समान सहभागिता: पञ्चेश्वर परियोजनामा दुवै देशको समान क्षमताका विद्युत गृह हुने र लाभका आधारमा लागत बेहोर्ने व्यवस्था
- अवधि: यो सन्धिको अवधि ७५ वर्ष तोकिएको छ र प्रत्येक १० वर्षमा पुनरावलोकन गर्न सकिने प्रावधान
- सन्धि हुँदाका नेपालका प्रमुख व्यक्तिहरू
- राजा: राजा वीरेन्द्र वीर बिक्रम शाह
- तत्कालीन प्रधानमन्त्री: शेरबहादुर देउवा
- प्रमुख प्रतिपक्षी दलका नेता: माधवकुमार नेपाल
- जलस्रोतमन्त्री: पशुपति शमशेर ज.ब.रा
- सभामुख: रामचन्द्र पौडेल
- सन्धि अध्ययन कार्यदल संयोजक: केपी शर्मा ओली (एमालेको तर्फबाट)
-
विवाद र चर्चाका विषयहरू
- सीमा नदीको परिभाषा: सन्धिको प्रस्तावनामा महाकाली नदीलाई "अधिकांश भागमा सीमा नदी" भनिएकाले लिम्पियाधुरा-कालापानी क्षेत्रको मुहान विवाद ओझेलमा परेको भन्दै आलोचना हुने गरेको,
- राष्ट्रिय अखण्डता: सुगौली सन्धिको धारा ५ अनुसार महाकाली नदी पूरै नेपालको हुनुपर्नेमा सीमा नदी मानिनु राष्ट्रघाती भएको तर्क केही पक्षको रहेको,
- एमालेको विभाजन: यही सन्धिलाई समर्थन गर्ने (के.पी ओली, माधव कु. नेपाल समूह) र विरोध गर्ने (वामदेव गौतम समूह) बीचको विवादले गर्दा नेकपा एमाले फुटेर नेकपा माले बनेको,
- कार्यान्वयनमा ढिलाइ: सन्धि भएको २८ वर्षभन्दा बढी समय बितिसक्दा पनि पञ्चेश्वर परियोजनाको डिपिआर (DPR) र निर्माण कार्य अघि बढ्न नसकेको,