भूकम्प (Earthquake)
- वैज्ञानिक परिभाषा: पृथ्वीको स्थलमण्डल (Lithosphere) मा रहेका टेक्टोनिक प्लेटहरू (Tectonic Plates) को गतिशीलता, घर्षण वा विस्थापनका कारण पृथ्वीको गर्भमा सञ्चित ऊर्जा अचानक विसर्जन हुँदा उत्पन्न हुने भूकम्पीय तरङ्ग (Seismic Waves) का कारण सतह कम्पन हुने प्रक्रिया
- एकदम साधारण परिभाषा: पृथ्वीको आन्तरिक हलचलका कारण जमिनको सतह अचानक थर्कने वा काँप्ने प्राकृतिक प्रक्रिया
- भूकम्प र भूकम्पीय लहरहरूको वैज्ञानिक अध्ययन गर्ने शास्त्र: Seismology
भूकम्प सम्बन्धि प्रमुख शब्दावलीहरू:
|
शब्दावली
|
परिभाषा/विवरण
|
|---|---|
|
भूकम्प (Earthquake)
|
पृथ्वीको भित्री भागमा अचानक ऊर्जा निस्कँदा पृथ्वीको सतह थर्कने वा हल्लिने प्रक्रिया
|
|
भूकम्प विज्ञान (Seismology)
|
भूकम्प र भूकम्पीय लहरहरूको वैज्ञानिक अध्ययन गर्ने शास्त्र
|
|
सिज्मोोग्राफ (Seismograph)
|
भूकम्पीय लहरहरूको रेकर्ड राख्ने वा मापन गर्ने यन्त्र
|
|
केन्द्रविन्दु (Focus/Hypocentre)
|
भूकम्पीय लहरहरू उत्पन्न हुने पृथ्वीको गर्भभित्रको केन्द्रीय बिन्दु
|
|
अधिकेन्द्र (Epicentre)
|
केन्द्रीय बिन्दुको ठीक माथि पृथ्वीको सतहमा पर्ने बिन्दु, जहाँ भूकम्पको झट्का सबैभन्दा पहिले महसुस गरिन्छ,
|
|
भूकम्पीय लहर (Seismic Waves)
|
भूकम्प जाँदा केन्द्रविन्दुबाट चारैतिर फैलने ऊर्जाका लहरहरू
|
|
परिमाण (Magnitude)
|
भूकम्पको केन्द्रबाट कति ऊर्जा निस्कियो भन्ने मापन, जसलाई रेक्टर स्केलमा देखाइन्छ,
|
|
रेक्टर स्केल (Richter Scale)
|
भूकम्पको परिमाण (Magnitude) मापन गर्ने १ देखि १० सम्मको एउटा 'लघुगणक (Logarithm)' स्केल
|
|
तीव्रता (Intensity)
|
भूकम्पले पुर्याएको क्षति र मानिसले गरेको महसुसको मापन, जसलाई मर्काली स्केलमा देखाइन्छ,
|
|
मर्काली स्केल (Mercalli Scale)
|
भूकम्पको तीव्रता (Intensity) मापन गर्ने I देखि XII सम्मको रोमन अङ्क भएको स्केल
|
|
समभूकम्पीय रेखा (Isoseismal Lines)
|
नक्सामा भूकम्पको समान तीव्रता महसुस गरिएका स्थानहरूलाई जोडेर खिचिएको काल्पनिक रेखा
|
|
छाँया क्षेत्र (Shadow Zone)
|
सिज्मोोग्राफमा भूकम्पीय लहरहरू रेकर्ड नहुने विशिष्ट क्षेत्र (अधिकेन्द्रबाट १०५° देखि १४५° सम्म)
|
|
पराकम्पन (Aftershock)
|
मुख्य भूकम्पपछि आउने साना खालका भूकम्पका झट्काहरू
|
|
सुनामी (Tsunami)
|
समुद्री पिँधमा भूकम्प जाँदा उत्पन्न हुने विनाशकारी विशाल समुद्री छालहरू
|
|
दरार (Fault Line)
|
पृथ्वीको सतहमुनिको चट्टानमा पर्ने चिरा वा दरार जहाँबाट ऊर्जा निस्कन्छ र भूकम्प जान्छ,
|
भूकम्पका कारणहरू:
| क्रम | प्रकार | कारणहरुको विवरण |
| १. | प्राकृतिक कारणहरू (Natural Causes) |
|
| २. |
मानवीय कारणहरू (Man-made Causes) — मानवीय कारणले उत्पन्न हुने भूकम्पलाई Anthropogenic earthquakes पनि भनिन्छ, |
|
भूकम्पीय तरङ्गहरू (Seismic Waves)
- भूकम्प जाँदा वा भूमिगत आणविक परीक्षणहरू गर्दा पृथ्वीको भित्री भागबाट उत्पन्न भई चारैतिर फैलिने ऊर्जाका लहरहरूलाई भूकम्पीय लहर (Seismic Waves) भनिन्छ,
- यी लहरहरू पृथ्वीको गर्भभित्रको निश्चित बिन्दु, जसलाई केन्द्रविन्दु (Focus/Hypocentre) भनिन्छ, त्यहाँबाट ऊर्जा निस्कँदा सिर्जना हुन्छन् र सबै दिशामा यात्रा गर्छन्,
- भूकम्पीय लहरहरूको मुख्य वर्गीकरण:
१.) गर्भ तरङ्ग (Body Waves) — यी लहरहरुको प्राथमिक तरङ्ग (P-waves) र द्वितीयक तरङ्ग (S-waves) गरी दुई उप-प्रकारहरु हुन्छ,
२.) सतही तरङ्ग (Surface Waves)
| क्रम | मुख्य वर्गीकरण | विवरण |
| १. | गर्भ तरङ्ग (Body Waves) |
१.) प्राथमिक लहर (P-waves)
२.) द्वितीयक तरङ्ग (S-waves)
|
| २. | सतही लहर (Surface Waves) |
|
भूकम्पको मापन (Measurement of Earthquake)
- भूकम्पको मापन मुख्यतया दुईवटा आधारमा गरिन्छ; परिमाण (Magnitude) र तीव्रता (Intensity) — परिमाण (Magnitude) लाई वैज्ञानिक रूपमा 'रेक्टर स्केल (Richter Scale)' मा मापन गरिन्छ र तीव्रता (Intensity) लाई वैज्ञानिक रूपमा 'मर्कली स्केल (Mercalli Scale) मा मापन गरिन्छ,
- भूकम्प कत्रो थियो अर्थात् त्यसको परिमाण (Magnitude) र कति खतरनाक थियो अर्थात् त्यसको तीव्रता (Intensity) भनेर मुख्यतया दुईवटा मापदण्डको आधारमा गरिन्छ; परिमाण (Magnitude) लाई वैज्ञानिक रूपमा 'रेक्टर स्केल (Richter Scale)' मा मापन गरिन्छ र तीव्रता (Intensity) लाई वैज्ञानिक रूपमा 'मर्कली स्केल (Mercalli Scale) मा
| क्रम | मापदण्ड | विवरण |
| १. | रेक्टर स्केल (Richter Scale) |
|
| २. | मर्काली स्केल (Mercalli Scale) |
|
विश्वका प्रमुख भूकम्पीय पेटीहरू (Seismic Belts)
|
क्र.सं.
|
भूकम्पीय पेटीको नाम
|
विवरण
|
|---|---|---|
|
१.
|
प्रशान्त महासागरीय पेटी (Circum-Pacific Belt)
|
|
|
२.
|
मध्य-महाद्वीपीय पेटी (Mid-Continental Belt)
|
|
|
३.
|
मध्य-आन्ध्र पेटी (Mid-Atlantic Belt)
|
|
नेपालको भू-गर्भीय अवस्थिति र भूकम्पीय जोखिम:
- नेपाल कुन टेकटोनिक प्लेट माथि अवस्थित छ? इन्डियन प्लेट (Indian Plate) र युरेसियन प्लेट (Eurasian Plate) को आपसी टकराव हुने सिमाना (Continental Collision Zone) मा अवस्थित
- भूकम्पीय जोखिमको आधारमा नेपालको विश्वव्यापी स्थान: ११ औँ स्थानमा
- नेपालको क्षेत्रीय पेटी: नेपाल विश्वको दोस्रो ठूलो भूकम्पीय क्षेत्र मध्य-महाद्वीपीय पेटी (Alpine-Himalayan Earthquake Belt) मा अवस्थित
- नेपालमा गएका ऐतिहासिक र हालैका प्रमुख भूकम्पहरू:
- वि.सं. १२८० असार शुक्ल नवमीको भूकम्प: काठमाडौँ उपत्यकालाई केन्द्रविन्दु बनाएर गएको नेपालको इतिहासमा अभिलेख गरिएको पहिलो भूकम्प, जसमा राजा अभय मल्लको मृत्यु भएको,
- वि.सं. १९९० अर्थात् नब्बे सालको भूकम्प: वि.सं. १९९० माघ २ गते संखुवासभालाई केन्द्रविन्दु बनाएर गएको ८.४ म्याग्निच्युडको नेपालको इतिहासकै सबैभन्दा ठुलो र विनाशकारी भूकम्प; यसै दिनको सम्झनामा हरेक वर्ष माघ २ गते 'राष्ट्रिय भूकम्प सुरक्षा दिवस' मनाइन्छ,
- वि.सं. २०४५ अर्थात् पैंतालीस सालको भूकम्प: २०४५ भदौ ५ गते उदयपुर लाई केन्द्रविन्दु बनाएर गएको ६.९ म्याग्निच्युडको भूकम्प
- वि.सं. २०७२ अर्थात् बहत्तर सालको भूकम्प: वि.सं. २०७२ वैशाख १२ गते गोरखाको बारपाक गाउँलाई केन्द्रविन्दु बनाएर गएको ७.९ म्याग्निच्युडको नेपालको आधुनिक इतिहासको सबैभन्दा ठुलो र विनाशकारी भूकम्प; यसपछि वैशाख २९ गते ७.३ म्याग्निच्युडको ठूलो परकम्प (केन्द्रविन्दु: सिन्धुपाल्चोक) गएको,
- २०८० कात्तिक १७ गते: वि.सं. २०७२ पश्च्यात रामीडाँडा, जाजरकोटलाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको,
विश्व इतिहासका प्रमुख भूकम्पहरू:
- विश्व इतिहासकै सबैभन्दा ठुलो अर्थात् शक्तिशाली (Most Powerful) अभिलेख गरिएको भूकम्प: भ्याल्डिभिया भूकम्प (Valdivia earthquake)
- मिति: सन् १९६० मे २२
- परिमाण: ९.५ म्याग्निच्युड
- यसलाई 'चिलीको महान भूकम्प (Great Chilean earthquake)' भनेर पनि चिनिन्छ,
- विशेषता: यस भूकम्पले प्रशान्त महासागरमा २५ मिटरसम्म अग्लो सुनामी छाल पैदा गरेको थियो, जसको असर जापान र फिलिपिन्ससम्म पुगेको,
- एसिया महादेशको इतिहासमा अभिलेख गरिएको सबैभन्दा ठुलो (शक्तिशाली) भूकम्प: हिन्द महासागर भूकम्प
- मिति: सन् २००४ डिसेम्बर २६
- परिमाण: ९.३ म्याग्निच्युड
- केन्द्रविन्दु: इन्डोनेसियाको सुमात्रा टापुको पश्चिमी तट (समुद्रको पिँधमा)
- मुख्य विशेषता: यो आधुनिक अभिलिखित इतिहासमा विश्वकै दोस्रो र एसिया महादेशको इतिहासकै सबैभन्दा शक्तिशाली भूकम्प
- महाविनाशकारी सुनामी: समुद्रमुनि गएको यस भूकम्पले इतिहासकै सबैभन्दा घातक सुनामी (Tsunami) छाल — 'बक्सिंग डे सुनामी (Boxing Day Tsunami)' उत्पन्न गरेको,
- मानव इतिहासकै सबैभन्दा घातक भूकम्प (Deadliest by Death Toll): साङ्सी भूकम्प (Shaanxi Earthquake)
- मिति: सन् १५५६ जनवरी २३ (चीनको मिङ राजवंशको समयमा)
- मृत्यु संख्या: करिब ८,३०,००० (आठ लाख तीस हजार) जना
- अनुमानित परिमाण: यसको म्याग्निच्युड ८.० देखि ८.३ को वरपर रहेको अनुमान गरिन्छ,
- प्रभावित क्षेत्र: चीनको साङ्सी (Shaanxi) प्रान्त र यसको वरपरका ९ वटा प्रान्तहरूमा यसले पूर्ण विनाश निम्त्याएको,